News Portal

फुटसल प्रतियोगितामा ४ विद्यालय क्वाटरफाईनलमा

हिमाली संचार संवाददाता
६८१ पटक

काठमाडौं – प्रथम ओप्स अन्तर बिद्यालय फुटसल प्रतियोगितामा सामाखुसी बोडिङ स्कुल (सेब) राजन मेमोरियल, लालिगुरास र प्रगती स्कुल क्वाटर फाईनलमा प्रबेश गरेका छन् ।

आईतवार भएको समूह B को लिग खेलबाट अपराजित रहदै सेबले ३ खेलबाट ९ अंक बनाएको छ । एक खेल खेल्न बाँकी सेबले समूह बिजोताको रुपमा क्वाटर फाईनलमा स्थान बनाएको हो । त्यस्तै समूह बीबाटै राजन मेमोरियल ३ जित र एक हार सहित ९ अंकका साथ उपबिजेताको रुपमा क्वाटर फाईनलमा स्थान बनाएको छ । समूह ए बाट लालिगुरासले ४ खेल र प्रगती स्कुलले ३ खेलबाट समान ७ अंक बनाउदै क्वाटर फाईनलमा स्थान सुरक्षित गरेका छन् ।

पहिलो खेलमा सेबले न्युटनलाई ५–१ गोल अन्तरले हराउदा उमेश बिक र सुबाष तिमल्सिनाले समान दुई–दुई गोलको योगदान दिएका थिए । दोस्रो खेलमा सेबले मन्जरी स्कुललाई ४–१ गोल अन्तरले हराउदा उमेश बिकले ह्याट्रिक पुरा गरेका थिए । तेस्रो खेलमा सेबले राजन मेमोरियललाई ३–२ गोल अन्तरले हराउदा उमेश बिकले नै २ गोलको योगदान दिएका थिए ।

राजन मेमोरियलले मन्जरीलाई ६–१ गोल अन्तरले हराउदा रुजल गुरुङले २ गोल गरेका थिए । न्युटनलाई ५–० गोलले हराउदा प्रसान्त खड्काले २ गोलको योगदान गरेका थिए । त्यस्तै राजन मेमोरियलले ध्रुबतारालाई ६–० गोलले हराउदा रुजल, प्रसान्त र बिक्रन सिंहले समान दुई–दुई गोलको योगदान दिएका थिए ।

एन्जल हार्ट स्कुलको ब्यवस्थापनमा सञ्चालन भएको प्रतियोगितामा समूह ए को लिग खेलमा लाली गुरासले ४ खेलबाट २ जित, १ बराबरी र १ हारका साथ ७ अंक जोड्दै क्वाटर फाईनलमा स्थान बनाएको छ । प्रगती स्कुलले ३ खेलबाट २ जित र १ बराबरी खेल्दै ७ अंकका साथ क्वाटर फाईनलमा स्थान बनाएको छ । (नेस)

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...