News Portal

पोर्नस्टार मिया खलीफा को सँग विवाह गर्दैछिन् ?

हिमाली संचार संवाददाता
५०४ पटक

एजेन्सी : चर्चित पोर्नस्टार मिया खलीफाले आफ्नो प्रेमी रोवर्ट स्याण्डवर्गसँग लगनगाँठो कसेको खबर समाजिक सञ्जालमा शेयर गरेकी छिन् । उनको यो घोषणाले उनका धेरै प्रशंसकहरु अचम्मितमा परेका छन् । धेरैले मियाले विवाह गर्ने घोषणा गरेकी व्यक्तिबारे जिज्ञासा राखिरहेका छन् ।

मियासँग विवाह गर्न लागेका रोवर्ट पेसाले सेफ हुन् । रोवर्टलाई सानैदेखि खाना बनाउने रुची थियो । उनको समाजिक सञ्जालमा खाना पकाइरहेका कयैन तस्बिरहरु देख्न सकिन्छ । रोवर्टको खाना पकाउने सीपको लागि पुरस्कार पनि पाएको बताइन्छ ।

रोवर्ट र मिया लामो समयदेखि डेट गरिरहेका थिए । दुवैले एकअर्कालाई स्वीकार गरेको बताएका छन् । दुवैले समाजिक सञ्जालमा एक अर्कासँग आत्मिय रुपले खिचाएका तस्विरहरु पोस्ट गर्ने गर्छन् ।

रोवर्टले समाजिक सञ्जालमा सिकागोमा डिनरमा गएको बेला मियालाई विवाहको प्रस्ताव राखेको लेखेका छन् । मिया लेबनानमा जन्मिएकी अरबी मुलकी अमेरिकी नागरिक हुन् । सन् १९९३ मा जन्मिएकी मिया सन् २००१ मा अमेरिका सरेकी थिइन् ।

हिजाब लगाएर फिल्माकंन गरिएका पोर्न भिडियोहरुमा इन्टरनेटमा आएपछि उनको विश्वव्यापी रुपमा चर्चा भएको थियो । उनले भने आफू सन् २०१४ को अन्त्य र सन् २०१५ को प्रारम्भका तीन महिनामात्र वयस्क भिडियोमा खेलेको बताएकी छिन् । त्यसपछि सामान्य जीवनमा फर्किएको उनको दावी छ ।

उनको कार्यप्रति क्रुद्ध हुँदै लेबनानमा रहेका उनका अभिभावकले उनीसँग सम्बन्ध टुटाएका थिए । साथै उनी पोर्नमा सक्रिय हुँदाका दिन इराक र सिरियामा बलियो पकड बनाएको आइएसले मुसलमानहरुको अपमान गरेको भन्दै उनलाई मार्ने धम्की दिएको थियो ।

प्रतिकृया दिनुहोस्

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्।...