News Portal

  • नारी दिवसको ईतिहास !

    सिमा शाही ठकुरी
    ४९९ पटक

    विश्व नारी दिवसको ईतिहास १०९ बर्ष पुरानो छ। प्रत्येक मार्च ८ को दिनमा नारीहरुको सम्मान, जागरण, हक, अधिकारको सुनिश्चित गर्दै संसार भर नारी दिवस मनाईन्छ। नारीहरुको आफ्नो कुनै अस्तित्व थिएन। न्युजील्याण्ड र ईङ्ग्लैण्ड दुई राष्ट्र बाहेक विश्वको कुनै पनि देशमा महिलालाई मतदान दिन पाउने अधिकार समेत थिएन। महिला र पुरुषले एउटै काममा पनि पाउने तलब फरक थियो।

    महिला भएकै कारण मानव अधिकारबाट बन्चित हुन्थे र अझै पनि छन् नारीहरु त्यसैले उत्तरी अमेरिकाबाट शुरु भएको नारी आवाजले सन् १९१० मा जर्मनीको कोपनहेगनमा १७ देशका १०० महिलाको सम्मेलनले १९११ देखि अन्तरराष्ट्रिय नारी दिवस मनाउँने निर्णय गरे।

    लाखौ लाख महिला पुरुषले भाग लिए त्यस रयालीमा जसले संसारमा परिबर्तन ल्यायो। आधा आकाश ढाकेको नारीलाई घर, समाज र राष्ट्र निर्माणको हरेक कृयाकलापमा जबसम्म पुरुष सरह अवशर पाउदैन तबसम्म देश बिकाश हुन सक्दैन।

    एउटा असल घरले समाज, समाजले बलियो राष्ट्रको निर्माण हुन्छ। त्यसको लागि घरको जग बलियो हुन अति आवश्यक छ। आमा नै मानिसको जीवनको जग हो। त्यसका लागि नारी अधिकार हासिल गर्न अथक लड़ाई लड्न पर्दों रहेछ। त्यों कुरा हामीलाई इतिहासको लडाईले अबगत गराएको छ।

    अाज अाएर हामीले यस दिवसको अवशरमा आफ्नो बिकास साथै अधिकारको लागि बोल्न पाएका छौं। नारी दिबस के का लागी भन्दा -सामाजिक,अार्थिक,र राजनैतिक अधिकार बराबरीका लागी। नारी दिबस किन भन्दा-नारीहरुको हौसला र सम्मानका लागी, नारी विज्ञानको लागी, नारीको जनचेतनाका लागी, यही अादि इत्यादि कुराले गर्दा अाज अाएर संसार भरी सरकारी ग़ैरसरकारी संघ संस्थाले मान्यता दिएर हाम्रो अावाज संसार भरी सुनेका छन।

    यो पनि पढ्नुहोस।

    नारी दिवसको अवसरमा महिला सञ्जालद्वारा बजार परिक्रमा

    http://himalisanchar.com/2019/03/10986

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कुवेतमा विषाक्त मदिरा प्रकरण : १३ नेपालीसहित २३ जनाको मृत्यु

    काठमाडौं, भदौ ९ – कुवेतमा विषाक्त मदिरा सेवन गर्दा १३ जना नेपालीसहित २३ आप्रवासी श्रमिकको...

    लोकन्थलीमा सडक कुकुरको बहादुरी, चोरी रोक्दै ज्यान जोखिममा

    भक्तपुर, भदौ ९ – भक्तपुरको लोकन्थलीमा एक सडक कुकुरले चोरीको प्रयास रोक्दा आफ्नो ज्यान जोखिममा...

    विद्यालय शिक्षा विधेयकमा विरोध, शिक्षक महासङ्घको आन्दोलन सुरु

    काठमाडौं, भदौ ९ – नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा विधेयक २०८० का सम्बन्धमा आफ्ना माग...

    रुबी हत्या प्रकरण : सुटकेसबाट फेला पर्‍यो महत्त्वपूर्ण प्रमाण, प्रहरी अनुसन्धान तीव्र

    रौतहट, भदौ ९ – रौतहटमा हत्या गरेर सुटकेसभित्र फ्यालिएकी २६ वर्षीया रुबीकुमारी साह सुडीको प्रकरणमा...

    भारत–चीन सम्झौताले सार्वभौमिकतामाथि आघात, सरकारलाई तत्काल पहल गर्न एमालेको माग

    दार्चुला, भदौ ९ – लिपुलेक–कालापानी हुँदै भारत र चीनबीच भएको भनिएको व्यापारिक सहमतिप्रति नेकपा (एमाले)...