News Portal

नारी दिवसको ईतिहास !

सिमा शाही ठकुरी
६०७ पटक

विश्व नारी दिवसको ईतिहास १०९ बर्ष पुरानो छ। प्रत्येक मार्च ८ को दिनमा नारीहरुको सम्मान, जागरण, हक, अधिकारको सुनिश्चित गर्दै संसार भर नारी दिवस मनाईन्छ। नारीहरुको आफ्नो कुनै अस्तित्व थिएन। न्युजील्याण्ड र ईङ्ग्लैण्ड दुई राष्ट्र बाहेक विश्वको कुनै पनि देशमा महिलालाई मतदान दिन पाउने अधिकार समेत थिएन। महिला र पुरुषले एउटै काममा पनि पाउने तलब फरक थियो।

महिला भएकै कारण मानव अधिकारबाट बन्चित हुन्थे र अझै पनि छन् नारीहरु त्यसैले उत्तरी अमेरिकाबाट शुरु भएको नारी आवाजले सन् १९१० मा जर्मनीको कोपनहेगनमा १७ देशका १०० महिलाको सम्मेलनले १९११ देखि अन्तरराष्ट्रिय नारी दिवस मनाउँने निर्णय गरे।

लाखौ लाख महिला पुरुषले भाग लिए त्यस रयालीमा जसले संसारमा परिबर्तन ल्यायो। आधा आकाश ढाकेको नारीलाई घर, समाज र राष्ट्र निर्माणको हरेक कृयाकलापमा जबसम्म पुरुष सरह अवशर पाउदैन तबसम्म देश बिकाश हुन सक्दैन।

एउटा असल घरले समाज, समाजले बलियो राष्ट्रको निर्माण हुन्छ। त्यसको लागि घरको जग बलियो हुन अति आवश्यक छ। आमा नै मानिसको जीवनको जग हो। त्यसका लागि नारी अधिकार हासिल गर्न अथक लड़ाई लड्न पर्दों रहेछ। त्यों कुरा हामीलाई इतिहासको लडाईले अबगत गराएको छ।

अाज अाएर हामीले यस दिवसको अवशरमा आफ्नो बिकास साथै अधिकारको लागि बोल्न पाएका छौं। नारी दिबस के का लागी भन्दा -सामाजिक,अार्थिक,र राजनैतिक अधिकार बराबरीका लागी। नारी दिबस किन भन्दा-नारीहरुको हौसला र सम्मानका लागी, नारी विज्ञानको लागी, नारीको जनचेतनाका लागी, यही अादि इत्यादि कुराले गर्दा अाज अाएर संसार भरी सरकारी ग़ैरसरकारी संघ संस्थाले मान्यता दिएर हाम्रो अावाज संसार भरी सुनेका छन।

यो पनि पढ्नुहोस।

नारी दिवसको अवसरमा महिला सञ्जालद्वारा बजार परिक्रमा

http://himalisanchar.com/2019/03/10986

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...