
वि.सं.२०४६ सालको झल्को स्मरण गराउदै ०८१ फाल्गुन २५ गते नेपाली जनताले फाल्गुन ७ गते प्रजातन्त्र दिवसको उपलक्षमा राजा ज्ञानेन्द्र शाह सरकारबाट आएको सन्देश जनताले अनुमोदन गरिदिए। गणतन्त्रको अत्याचारबाट पिडित जनताले आफ्नो शक्ति देखाइदिए। देश प्रेमको यो अपार स्नेह, आफ्ना राजा, राजसंस्था प्रतिको विश्वासले भ्रष्ट लुटेराहरुको मुटु हल्लिएको छ। यो बिश्वास अनन्तकाल यूगयूगसम्म रहिरहोस्। देश भनेको जनता हुन। जनताको एकतामा नै राष्ट्र सुरक्षित हुन्छ। देश सुरक्षित राख्न स्थायी संस्थाको आवश्यकता हुन्छ। त्यसैले जनताले राजसंस्थाको अपरिहार्यता महसुस गरे। राजाको एक सन्देशलाई सम्मान गर्दै स्वस्फुर्त रुपमा निस्कियका जनता राजाले जनताको भरोसामा सुम्पिएको नासो, राजालाई फिर्ता दिन तयार भएको यो दिन नेपालको इतिहांसमा स्वार्णिम अक्षरले लेखिने छ। त्यसको लागि नेपाली जनता बास्तबमै सम्मानका पात्र हुन। जस्ले संबैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रमै आफ्नो भबिष्य देखे।
“राजाले ब्यूताईदिएको संसदलाई बिना निर्वाचन टिका लगाएर ८३ जना सांसद बनाउने अधिकार प्रधानमन्त्रीलाई कुन संम्बिधानले दिएको थियो ? हेक्का रहोस् नेताज्यूहरु त्यो असाधारण परिस्थिबाट उत्पन्न रक्तपात रोक्ने “राजनैतिक” सम्झौता थियो। अन्यथा तपाईहरु होल्लेरिमै सक्कि सक्नु भएको हुन्थ्यो। त्यो रोक्ने को थिए ? राजा बिरेन्द्र र उनलाई सल्लाह दिने राजा ज्ञानेन्द्र शाह थिए। जोसंग सैन्य शक्ति थियो। त्यसैले अलि आफ्नो मुखमा ब्रेक लगाउनु होस र जनताको कदर गर्न सिक्नुहोस्।”
०६२/६३ को आन्दोलन गणतन्त्र ल्याउनका लागि थिएन। मात्र बिघटित संसदको पुनर्स्थापना थियो। यो बारम्बार उठाइएको कुरा हो। माओवादीहरुलाई शान्ति प्रकृयामा ल्याउने नाममा बिभिन्न बिदेशीका पालनपोषणमा हुर्किएका र उनैले हालिदिएको चारा, जुठो पुरा र हुन्डि खाएर बाँचेका, अहिलेसम्म पनि खादै आएका लम्पसारबादि तत्वहरुको कुटिल खेलमा देशको धर्म संस्कृतिदेखि जनतालाई नक्कली भुटानी बनाएर बेच्नेसम्मको कार्य भयो। आफु र आफन्त, माफिया, तस्करहरुको सम्रक्षकहरुको साम्राज्यले जनता हैरान भैसकेका थिए। यसको समाप्तिका लागि प्रतिक्षामा रहेका जनताले धेरै अन्याय अत्याचारको सामना गर्नु पर्यो। फाल्गुन २५ गतेको जनसागर ले गणतन्त्रको अत्याचारको अन्त्य निश्चित गरेको छ। यसको लागि सबै तह र तप्काका जनता, संघसंस्था ब्यापारी, उद्योगपति, सहकारी, मिटर ब्याजबाट पिडित जनताले केही दिन अझै बिश्राम लिनुहुँदैन। जबसम्म यो लुटतन्त्र पूर्ण रुपमा समाप्त हुदैन।
फाल्गुन ७ गते मौसुफ सरकारबाट आएको सन्देश प्रजातन्त्र अन्त्य गर्नु नभई, दिगो प्रजातन्त्रको सम्रक्षेण, सम्बर्द्धन र शान्तिको सन्देश थियो। राष्ट्रिय शक्तिहरुको एकतालाई मजबुत गर्नुमा जोड दिईनु भएको कुरामा दुईमत छैन। उक्त सन्देशलाई लिएर दलका नेताहरुबाट आएका अभिब्यक्ति देशद्रोहिपूर्ण छ। यस्ता अभिब्यक्ति दिनेहरुलाई त्यो दिनको हेक्का अबस्य होला। के ०४७ को संबिधानले १७ हजार निरिह जनता मार्ने अधिकार दिएको थियो ? संबिधान उलंघन कस्ले गरेको थियो ? साथै राजाले ब्यूताईदिएको संसदलाई बिना निर्वाचन टिका लगाएर ८३ जना सांसद बनाउने अधिकार प्रधानमन्त्रीलाई कुन संम्बिधानले दिएको थियो ? हेक्का रहोस् नेताज्यूहरु त्यो असाधारण परिस्थिबाट उत्पन्न रक्तपात रोक्ने “राजनैतिक” सम्झौता थियो। अन्यथा तपाईहरु होल्लेरिमै सक्कि सक्नु भएको हुन्थ्यो। त्यो रोक्ने को थिए ? राजा बिरेन्द्र र उनलाई सल्लाह दिने राजा ज्ञानेन्द्र शाह थिए। जोसंग सैन्य शक्ति थियो। त्यसैले अलि आफ्नो मुखमा ब्रेक लगाउनु होस र जनताको कदर गर्न सिक्नुहोस्। अब तपाईहरुको जंगली राज चल्दैन यो देश तपाईहरुको पुर्खाको बिर्ता होईन।
“संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र जुन नेपाली कांग्रेसको बटम लाइन हो। देशका सबै शक्तिहरुको एकताबाट मात्र देशको रक्षा हुन सक्ने बिश्वास सन्देशमा उल्लेख छ। आज नेता, प्रधानमन्त्री जहाँ जान्छन मूर्दावादको नारा, कालो झण्डा देखाउनेदेखि ढुंगामुडा प्रहारसम्मका घटना भोग्नु परेको छ। राजाको स्वागतमा उर्लिएको जनसागर आफैमा सुरक्षित र मर्यादित थियो। सुरक्षाको खासै प्रबन्ध देखिएन। अराजक घुस पैठ हुनसक्ने सम्भावनाका लागि जनता आफै सचेत र सम्यम थिए।”
अहिले सबै पार्टिहरुका कुरा सुन्दा “महाभारतका दुर्योधनको सम्झना दिलाउछ। बिराट राजाको सल्लाहमा श्री कृष्णले पांच पाण्डबको शान्ति प्रस्ताव लिएर श्री कृष्ण हस्तिनापुर गए। जुन सभामा भिष्म पितामंह, गुरु कृपाचार्य, आचार्य द्रोणाचार्य, महात्मा बिदुर जस्ता बिद्वान प्रधानमन्त्री थिए। उक्त भारी सभामा श्री कृष्णले राजा धृतराष्ट्रलाई प्रस्ताव सुनाउन मात्र लाग्दा मूर्ख दुर्योधनले आफ्ना सैनिकलाई निर्देशन दियो ! श्री कृष्णलाई बन्दि बनाउने, कृष्णले आफ्नो बिराट स्वरुपमा प्रकट हुनुपर्यो। श्री कृष्णको बिराट स्वरुपबाट सबै मूर्छित हुनपुगे, मात्र भिष्म पितामह र गुरु द्रोणाचार्यले मात्र श्री कृष्णको बिराट स्वरुपको दर्शन पाए। कतै त्यस्तो नहोस्” ! समयलाई बुझ्ने कोशिस गरेको राम्रो अन्यथा जब जनतानै पार्टिहरुको बिरुद्धमा उत्रिसकेपछि के हुन्छ ? सायद बताई रहनु पर्दैन होला।
सर्वप्रथम विपी जस्तो दुरदृष्टि नेताले निर्माण गरेको पार्टि नेपाली कांग्रेसले बुझ्न जरुरि छ। कम्निष्ट जस्तो भागं खाएर हैन जनताको मतको कदर गरेर बोल्नु उपयुक्त होला। जस्लाई भोलि पनि जनतामा जानु छ। किनकि राजाले विपिकै मार्ग अपनाएका छन्। संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र जुन नेपाली कांग्रेसको बटम लाइन हो। देशका सबै शक्तिहरुको एकताबाट मात्र देशको रक्षा हुन सक्ने बिश्वास सन्देशमा उल्लेख छ। आज नेता, प्रधानमन्त्री जहाँ जान्छन मूर्दावादको नारा, कालो झण्डा देखाउनेदेखि ढुंगामुडा प्रहारसम्मका घटना भोग्नु परेको छ। राजाको स्वागतमा उर्लिएको जनसागर आफैमा सुरक्षित र मर्यादित थियो। सुरक्षाको खासै प्रबन्ध देखिएन। अराजक घुस पैठ हुनसक्ने सम्भावनाका लागि जनता आफै सचेत र सम्यम थिए।
“दुईदुई ठाउँबाट हारेका नेपाल, गिरिजाबाबुको कृपाबाट प्रधानमन्त्री भए जस्तो सजिलो नहोला १ लाख जनता सडकमा उतार्न। त्यस्तो धम्की जनतालाई नदिएकै राम्रो जनता कसैका दास होइनन्। यो देश तपाईहरुको बाजेको बिर्ता पनि होईन। लुटतन्त्रले मुलुक आर्थिक, सामाजिक, राजनैतिक रुपमै सिथिल भैसकेको छ। लुटतन्त्रको साम्राज्य टोडदै जनता अगाडी बढिसकेका छन्। अब रोकिनेवाला छैनन्। त्यसैले त भनिन्छ म्यानबाट निस्किएको तरवार, ब्यारिकबाट निस्किएको सेना र सडकमा निस्किसकेका जनता आफ्नो लक्ष प्राप्त नगरि फर्कदैनन्। शरणमा गएका जनता र देशको रक्षा गर्नु राजाको धर्म हो।”
नेपाली नेताहरूदेखि आजित भएका छिमेकीदेखी अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रड, ठग भनिसक्दा पनि शरम नमान्ने नेताहरुलाई दैवले जोगाउन। भू-राजनितिको समर्थन अबस्य पनि नेपाली जनतालाई हुनुपर्छ। पार्टिहरुले त्यो गुमाई सकेका छन्। जनतालाई जिस्काउने काम कहि कतैबाट नगर्नुमै कल्याण होला। अन्यथा जनसागरको बाढिले क-कसलाई बगाउछ, थाहा छैन। दुईदुई ठाउँबाट हारेका नेपाल, गिरिजाबाबुको कृपाबाट प्रधानमन्त्री भए जस्तो सजिलो नहोला १ लाख जनता सडकमा उतार्न। त्यस्तो धम्की जनतालाई नदिएकै राम्रो जनता कसैका दास होइनन्। यो देश तपाईहरुको बाजेको बिर्ता पनि होईन। लुटतन्त्रले मुलुक आर्थिक, सामाजिक, राजनैतिक रुपमै सिथिल भैसकेको छ। लुटतन्त्रको साम्राज्य टोडदै जनता अगाडी बढिसकेका छन्। अब रोकिनेवाला छैनन्। त्यसैले त भनिन्छ म्यानबाट निस्किएको तरवार, ब्यारिकबाट निस्किएको सेना र सडकमा निस्किसकेका जनता आफ्नो लक्ष प्राप्त नगरि फर्कदैनन्। शरणमा गएका जनता र देशको रक्षा गर्नु राजाको धर्म हो। तपाईहरुले १७ हजार जनता मारेर ल्याएको लुटतन्त्रको माया लग्छ भने के राजालाई ३ सय बर्ष पुरानो राजसंस्थाको माया लाग्दैन ? त्यसैले बोल्दा राष्ट्रपिता पृथ्वीनारायण शाहले गरेको एकिकरणको जगमा उभिएर बोल्नु उत्तम होला। श्री पशुपतिनाथले सबैको रक्षा गरुन।
जय नेपाल
