News Portal

गणतन्त्र हो कि लुटतन्त्र ?

कर्ण बहादुर अधिकारी
३९९ पटक

फाल्गुन २२, काठमाडौं। गणतन्त्र सिनो गन्हाएझैं गन्हाएको हो त? गणतन्त्र हो कि गाणतन्त्र बुझ्नै गाह्रो भयो, महोदय ! के-के न होला भनेर ल्याएको गणतन्त्र आज देश र जनतालाई नै पासो साबित भइ रहँदा, गणतन्त्रको विकल्प भनेकै राजतन्त्र हो कि जस्तो आभास भएको छ।

तर, आम नागरिकहरूका लागि विवशता छ—राजतन्त्र यति सजिलै फर्कन सक्ला त? देशलाई समृद्ध र सुसंस्कृत बनाउने कसम खाएका गणतन्त्रका हिमायतीहरूबाट अब आशाको त्यान्द्रो पनि समाप्त भइसकेको छ। विदेशी दलालहरूको इसारामा नाचेर देशलाई कंगाल बनाइसकेकाहरूबाट हामी के नै आशा गर्न सक्छौँ र?

२३७ वर्षसम्म शासन सम्हालेको राजपरिवारले पनि यी मनुवाहरूबाट केही त होला कि भनेर २०६४ सालमा राजगद्दी त्यागी सामान्य नागरिक बने। तर, आज १७ वर्षमै यो गणतन्त्र सिनोजस्तै डुङडुङ्ती गन्हाइरहेको छ। त्यसैले केही लेख्न बाध्य भएँ।

एक सार्वभौम सम्पन्न राष्ट्रमाथि विदेशी दलालहरूको कुदृष्टिको अन्त्यका लागि गणतन्त्रको सट्टा राजतन्त्र आवश्यक भइसकेको छ। त्यसैले अब नेपाली जनता कुनै पार्टीको झण्डामुनि होइन, राष्ट्रको झण्डामुनि एकताबद्ध हुन जरुरी छ। चारैतिरबाट “राजा आऊ, देश बचाऊ” भन्ने दिन सुरु भइसकेको छ। अब यो सिनोजस्तो गन्हाएको गणतन्त्रको अन्त्य जरुरी देख्छु। यहाँ कांग्रेसी वा कम्युनिस्ट भन्ने होइन, अब हामी सबै पहिले नेपाली हौँ भन्ने भावना सिर्जना हुनुपर्छ।

देश रहेन भने हामी पनि रहँदैनौँ, त्यसैले यी दुई कौडीका भातमाराहरूलाई लखेट्न आवश्यक छ। तपाईंहरूले सामाजिक सञ्जाल र अनलाइन पोर्टलहरूमा अमेरिकी राष्ट्रपति र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीचको भेटवार्ता देख्नुभएकै होला। यदि गणतन्त्र यसरी नै रहिरह्यो भने, हाम्रो देशको अवस्था पनि उस्तै हुने छ।

युरोपियन युनियन र अमेरिकाले नेपालको धर्म, संस्कृति, र आपसी सद्भाव भाँड्न कति पैसा खर्चिएका रहेछन् भन्ने कुरा प्रस्टै देखियो। त्यसैले यस्ता दलालहरूलाई हामीले कहिल्यै विश्वास गर्न हुँदैन। गणतन्त्र आएपछि देशको अर्थतन्त्र कसरी खस्कियो, जनता कसरी दुःख पाए, भन्ने कुरा हामी सबै सामु ज्वलन्त रूपमा छ। भ्रष्टाचारीहरूले दिनदहाडै भ्रष्टाचार गरे, प्रदेशको नाममा लुटतन्त्र मच्चाए। एउटा नेपालीको थाप्लोमा १७ वर्षको अन्तरालमा १ लाखभन्दा बढी ऋण थपिएको छ।

२/४ जना लुकिछिपी बसेका लौकेहरूले हटाएको राजा र राजतन्त्रको पुनः उदय निश्चित भइसकेको छ। त्यसैले अब हातमा हात, साथमा साथ दिएर राजतन्त्रको पक्षमा जुट्नु आवश्यक छ।

म नेपाली कांग्रेसको कार्यकर्ता हुँ। “तर किन राजतन्त्रको पक्षमा वकालत गर्यो होला ?” भन्ने लाग्न सक्छ। तर, कुरा त्यस्तो होइन। कांग्रेस राजासहितको प्रजातन्त्रमा विश्वास राख्ने पार्टी हो। कांग्रेसभित्र गिरीजाबाबु जस्ता एक-दुई जना धमिराहरूले राजतन्त्र हटाए भन्दैमा हाम्रो मन-मस्तिष्कबाट राजा हट्ने हो र ? राजा कहिल्यै पूर्वराजा हुँदैन, राजा राजा नै हो। हिन्दू सम्राटलाई साथ दिन आवश्यक छ।

जय नेपाल! जय देश! जय नरेश!

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...