
काठमाण्डौं। राजसंस्थालाई निरंकुश भन्नेहरु असली निरंकुश चरित्र बोकेका नेताहरु लोकतन्त्रमा देखियो। लोकतन्त्रको नाममा नकाव पोष धारी सरकार तिन ठूला पार्टि यसैका ५ नेताहरु पो रहेछन्। यस्को पुष्टि चैत्र १५ गते नागरिकहरुको शान्तिपूर्ण आन्दोलनमा गरिएको दमनबाट प्रष्ट देखियो। केही पार्टिहरुको जन्म नै अपराध कर्मबाटै भएको हो। ०६२/६३ को आन्दोलनपछि नेपाली जनता बास्तवमै भ्रम पालेर बसेका रहेछन्। हामी सार्बभौम सम्पन्न छौ ! बास्तवमा जनता सार्वभौमसत्ता सम्पन्न भएकै रहेनछन्। सरकारले यहि १५ गते जनतामाथि गरेको वरवर दमन अत्याचारबाट पुष्टी हुन्छ।
“प्रधानमन्त्री केपी शर्मा ओलीको घमण्डले चरम सिमा नाघिसकेको थियो। प्रतिसोधको भावनाबाट ग्रसित प्रधानमन्त्री, दलहरुबाट देशले मुक्ति खोजेकै हो। समस्याको सामाधान सम्बादबाट खोजिनुपर्छ। दमनबाट हैन। सरकार, राजनैतिक दलहरुले सम्बादको ढोका खोलुन्। तितो जवाफले हैन, अस्ति मात्रै प्राधिकरणका निर्देशक किन निकालियो त्यस्को जवाफ प्रधानमन्त्रीले संसदलाई दिनुपर्यो भन्ने माग गरिरहदा। प्रधानमन्त्रीको जवाफ सुनियो। एउटालाई निकाल्यो अर्को नियुक्त भैसक्यो केको जवाफ, दिदैन प्रधानमन्त्रीले जवाफ, सक्यो भन्नु भयो। के त्यो संसदिय मर्यादा हो ? यस्ता सयौं घटना छन्।”
जनता आन्दोलित राजसंस्था फर्काउनका लागि मात्र थिएनन। देशमा बढ्दै गएको व्याप्त भ्रष्टाचार, माफिया, तस्करहरुको बिगबिगी, दिनदिनै ओरालो लागेको अर्थतन्त्र, भू-माफियाले सिध्याएको सरकारी जमिन, खोलानाला, नेताहरुले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति बिदेशी बैंकमा थुपारीएको पैसाले जनता आजित भैसकेका थिए। त्यो कुशासनको बिरुद्धमा थियो। देशको झण्डै आधी जनसख्या बिदेश पलायन भैसकेका छन्। रोजगारीको अभावमा घरको दैनिकी चल्नै नसक्ने अबस्था, बालबच्चाको पठनपाठन, शिक्षा, स्वास्थदेखि गाँसबाँस, कपासका लागि खाडि मुलुकको ५० बिग्रिको तापक्रममा आफ्नो श्रम बेच्न बाध्य भए। बांकी जनतालाई यो निरंकुश ब्यबस्थाले सिध्याउदै छ। जनताले यस्तो दर्दनाक अवस्थाको बारेमा आवाज उठाउदै गए तर कुनैपनी सरकारले जनताको आवाज प्रति गम्भिर नै भयन। बर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको घमण्डले चरम सिमा नाघिसकेको थियो। प्रतिसोधको भावनाबाट ग्रसित प्रधानमन्त्री, दलहरुबाट देशले मुक्ति खोजेकै हो। समस्याको सामाधान सम्बादबाट खोजिनुपर्छ। दमनबाट हैन। सरकार, राजनैतिक दलहरुले सम्बादको ढोका खोलुन्। तितो जवाफले हैन, अस्ति मात्रै प्राधिकरणका निर्देशक किन निकालियो त्यस्को जवाफ प्रधानमन्त्रीले संसदलाई दिनुपर्यो भन्ने माग गरिरहदा। प्रधानमन्त्रीको जवाफ सुनियो। एउटालाई निकाल्यो अर्को नियुक्त भैसक्यो केको जवाफ, दिदैन प्रधानमन्त्रीले जवाफ, सक्यो भन्नु भयो। के त्यो संसदिय मर्यादा हो ? यस्ता सयौं घटना छन्।
“जनतामाथि राज्यशक्ति खनियो र जनताको घरमा लुकाएर राखिएका सादा पोसाकधारीहरुबाट घटना घटाइयो। कार्यक्रम सुरु गर्न राष्ट्रिय गान बज्न नपाउँदै अश्रुग्यास र गोली चलाइयो। श्रब्य दृश्य प्रसारण गरिरहेका एभिन्युज टेलिभिजनका पत्रकारलाई घरभित्रै थुनेर जलाईयो। अर्को यूवालाई गोलीद्वारा दुई होनाहार यूवाको अनाहकमा ज्यान लिइयो। आन्दोलनकारिहरुलाई उत्तेजनामा ल्याउने काम प्रचण्डको घुसपैठ र सरकारको लापर्वाहीले गरेको देखिन्छ। जनता सडकमा छन्। घरको एक तला माथिबाट आगो लागेको छ। प्रत्यक्षदर्शी लगायत सोहि घर पछाडिका छिमेकीले पत्रकारलाई बताईरहेका छन्। अन्य प्रत्यक्षदर्शी उपस्थित नागरीक “दशरथ भण्डारी” लगायतले भनिरहेका छन्। त्यहाँ चारैतिर सिसिटिभी जडान छ हेर्न सकिन्छ। अनी जनता र राजालाई दोष लगाउने ? यहि हो गणतन्त्रले दिएको वाक स्वतन्त्रता ? कहाँ छ वाक स्वतन्त्रता ? राज्यआतंकले सिमा नाघ्यो।”
फाल्गुन २५ गते राजाको सवारीमा उत्रिएको जनसागरबाट सरकार, ठूला पार्टिहरु त्रसित भैईसकेका थिए। त्यसलाई कसरी निस्तेज गर्ने भन्ने षडयन्त्रका तानावाना बुन्दै थिए। त्यसैको लागि प्रचण्ड तराईको कार्यक्रम छोट्याएर काठमाण्डौं आए। श्रृंखलाबद्ध रुपमा राजालाई जथाभावी बोल्न थाले। त्यो आन्दोलन दबाउन समाजवादिको कार्यक्रम राखे दिनभरि राजसंस्थाप्रति बिषबवन गरेको सुनयो। त्यो कार्यक्रमको मुख्य उद्देश्य नै नागरिक आन्दोलन असफल गराउनु र सत्ता जोगाउनु थियो। हामी असफल भयौ भने जेल जानुपर्छ। यो दरिद्र भावना हो। यदि राम्रो कम गरेको भए केको डर ?
यहि अबस्थाबाट उकुसमुकुस भएका जनता शान्तिपूर्ण आन्दोलनमा उत्रिए। तिनै जनतामाथि राज्यशक्ति खनियो र जनताको घरमा लुकाएर राखिएका सादा पोसाकधारीहरुबाट घटना घटाइयो। कार्यक्रम सुरु गर्न राष्ट्रिय गान बज्न नपाउँदै अश्रुग्यास र गोली चलाइयो। श्रब्य दृश्य प्रसारण गरिरहेका एभिन्युज टेलिभिजनका पत्रकारलाई घरभित्रै थुनेर जलाईयो। अर्को यूवालाई गोलीद्वारा दुई होनाहार यूवाको अनाहकमा ज्यान लिइयो। आन्दोलनकारिहरुलाई उत्तेजनामा ल्याउने काम प्रचण्डको घुसपैठ र सरकारको लापर्वाहीले गरेको देखिन्छ। जनता सडकमा छन्। घरको एक तला माथिबाट आगो लागेको छ। प्रत्यक्षदर्शी लगायत सोहि घर पछाडिका छिमेकीले पत्रकारलाई बताईरहेका छन्। अन्य प्रत्यक्षदर्शी उपस्थित नागरीक “दशरथ भण्डारी” लगायतले भनिरहेका छन्। त्यहाँ चारैतिर सिसिटिभी जडान छ हेर्न सकिन्छ। अनी जनता र राजालाई दोष लगाउने ? यहि हो गणतन्त्रले दिएको वाक स्वतन्त्रता ? कहाँ छ वाक स्वतन्त्रता ? राज्यआतंकले सिमा नाघ्यो। यस्तो अत्याचारको बिरुद्ध कुनै नेता बोल्दैनन। लोकतन्त्रमा जनता अतिनै असुरक्षित भएको महसूस जनतामा बढ्दो छ। जनताको लागि बोलिदिने कोहि छैन। सबैलाई आफ्नो ओहोदा कुर्सी प्यारो छ। निहत्था जनतामाथि राज्यले संगठित अपराध लगाउदै छ। यो घोर आपत्तिजनक कुरा हो।
“भृकुटीमण्डपमा भएको समाजबादी मोर्चाको कार्यक्रममा प्रचण्डलगायतका नेताहरुले राजा ज्ञानेन्द्र शाहलाई उत्तेजक रुपमा दिनभरि गालि गरेरै बिताए। प्रचण्ड तराईको कार्यक्रम स्थगित गरेर किन फर्किए ? त्यसपछि उनले लगातार रुपमा राजालाई अनर्गल गालिको श्रृंखला जारि राखे। आन्दोलन कुनै हालतमा सफल हुन दिँदैनौं भन्नु। तिनकुनेमा करिव २/३ बजेतिर आगो लागेको देखिन्छ तर प्रचण्डले बिहान ९ बजेदेखि नै आगो लाग्यो भनेर कसरी थाहा पाए ? सरकारले यसलाई गम्भिरतापूर्वक अनुसन्धान गर्नुपर्छ। कतै प्रचण्ड सरकार फेल गराउन र नागरिक आन्दोलन दवाउन एउटा तिरले दुई सिकार त गरिरहेका छैनन् ? त्यहाँ घुसपैठ उनको नहोला भन्न सकिन्छ ? जनताको धनजन र मानविय क्षति भएको छ। त्यो खेदपूर्ण छ। आन्दोलनका कमाण्डर दुर्गा प्रसाईलाई कोटेश्वर कट्दा नकटदै सुचना आयो रे तपाईं कुनै हालतमा मन्चमा नजानुहोला ठूलो खतरा छ। त्यसैले उनी गाडि तुफानमा चलाउँदै संसद भवन तिर लागेको भन्ने। यसमा राजाको नाम जोडनुको के सम्बन्ध छ। घटनाको निश्पक्ष छानबिन हुनैपर्छ। पूर्व या बहालवाला न्यायाधीशको उपस्थितिमा आयोग बनाइयोस्।”
गणतन्त्र आएको १८ बर्ष भयो, सत्य तथा निरुपण बेपत्ता आयोग बनेको १७ बर्ष भयो। यो १७ बर्षमा १५ ओटा प्रधानमन्त्री फेरिए। आजसम्म (टि.आर.सी) बिधेयक अगाडी बढेन ! दण्ड हिनताले समाज आक्रान्त बनिरह्यो। जनता न्यायबिहिन भए। न्यायलयदेखी संबैधानिक अंगहरु भागबण्डा र सेटिङ, बिक्रिमा चलाईयो। यिनै यावत कुराहरुले जनता आक्रोशित थिए। सरकार, राजनितिक दलहरुलाई सचेत हुन आग्रह गरिरहे तर नेताहरुले कानमा बतास हालेनन्। त्यसको परिणाम जनता सडकमा उत्रिए। अभिभावक बिहिन जनता राजा गुहार्न पुगे। त्यो कुनै अपराध होईन। हिजो राजसंस्था कालमा गणतन्त्र माग्न पाउने, तर आज गणतन्त्र, लुटतन्त्रमा परिणत हूदां राजसंस्था माग्न नपाउने ? ४/४ पटक ६ पटक प्रधानमन्त्री भैसकेका नेताले आफु र आफन्त, माफियाहरुको उपकार बाहेक केहि गरेनन्। जनतालाई गरिविको रेखामुनी पुर्याए। यो देश तिनै राजाका पुर्खाले आर्जेको मूलुक हो। अहिलेको जस्तो राज्यआतंक कि त द्वापर यूगमा कंसको सुनियो कि अहिले गणतन्त्रमा। कृष्णले पनि आफ्नै फुपुका छोरा सिसुपालको अत्याचार, अपशब्द बढ्दै गयो। उनले फुपुलाई भने “फुपु म तपाइको छोराको अपराध ९९ सम्म सहन्छु ” जब १०० पुग्छ म सहन्न मलाई माफ गर्नु होला भनेर गन्ति गर्दै गए। जब १०० पुग्यो आफ्नो सुदर्शन चक्रले सिसुपालको सीर छिनालिदिए। भृकुटीमण्डपमा भएको समाजबादी मोर्चाको कार्यक्रममा प्रचण्डलगायतका नेताहरुले राजा ज्ञानेन्द्र शाहलाई उत्तेजक रुपमा दिनभरि गालि गरेरै बिताए। प्रचण्ड तराईको कार्यक्रम स्थगित गरेर किन फर्किए ? त्यसपछि उनले लगातार रुपमा राजालाई अनर्गल गालिको श्रृंखला जारि राखे। आन्दोलन कुनै हालतमा सफल हुन दिँदैनौं भन्नु। तिनकुनेमा करिव २/३ बजेतिर आगो लागेको देखिन्छ तर प्रचण्डले बिहान ९ बजेदेखि नै आगो लाग्यो भनेर कसरी थाहा पाए ? सरकारले यसलाई गम्भिरतापूर्वक अनुसन्धान गर्नुपर्छ। कतै प्रचण्ड सरकार फेल गराउन र नागरिक आन्दोलन दवाउन एउटा तिरले दुई सिकार त गरिरहेका छैनन् ? त्यहाँ घुसपैठ उनको नहोला भन्न सकिन्छ ? जनताको धनजन र मानविय क्षति भएको छ। त्यो खेदपूर्ण छ। आन्दोलनका कमाण्डर दुर्गा प्रसाईलाई कोटेश्वर कट्दा नकटदै सुचना आयो रे तपाईं कुनै हालतमा मन्चमा नजानुहोला ठूलो खतरा छ। त्यसैले उनी गाडि तुफानमा चलाउँदै संसद भवन तिर लागेको भन्ने। यसमा राजाको नाम जोडनुको के सम्बन्ध छ। घटनाको निश्पक्ष छानबिन हुनैपर्छ। पूर्व या बहालवाला न्यायाधीशको उपस्थितिमा आयोग बनाइयोस्।
“कामनपाले पनि फोहरको जरिवाना राजालाई गरेको छ। कुन आधारमा गरेको हो ? यदि गर्ने हो भने आयोजकलाई गर्ने हो। राजालाई किन ? त्यसैले देश अहिले बिषम परिस्थितिमा छ। जनतामाथि राज्यआतंक मच्चाईएको छ। सरकारको लापर्वाहीले घटेको घटनाप्रति सरकारले जिम्मा लिनुपर्छ। यस्तो निन्दनिय कार्यको सबैले बिरोध गरौं। अहिले देश रोएको छ। हामी नेपालीहरु देश बिदेश जहाँ, जसरी छौ, आ-आफ्नो स्थानबाट देशको लागि एकदिन बोलौं, सहयोग गरौं। जनताको बिरोध जारी छ। राष्ट्रिय शक्ति नेपालले हिजो जारि गरेको बिज्ञप्तिको स्वागत गर्दै सबैले एक्यवद्धता जनाऊ। बिदेशमा रहनु भएका मित्रहरुसंग पनि सादर अनुरोध गर्दछौं। समय बलवान छ। समयको गतिलाई कसैले रोक्न सक्दैन।”
सनातन बैदिक हिन्दू राष्ट्र र शनातन बैदिक शक्तिको बिधि विधानले बनेको राजसंस्थाको नासो फिर्ता गर्न चाहने जनतामाथि अत्याचार नगरियोस सत्ता र शक्ति सधै प्राप्त भैईरहदैन। यसको सदुपयोग गरौं, दुरुपयोग हैन ! जनता मारेर हैन जनताको उचित कदर गर्न सकेको अबस्थामा मात्र सत्ता पाईएला ! कामनपाले पनि फोहरको जरिवाना राजालाई गरेको छ। कुन आधारमा गरेको हो ? यदि गर्ने हो भने आयोजकलाई गर्ने हो। राजालाई किन ? त्यसैले देश अहिले बिषम परिस्थितिमा छ। जनतामाथि राज्यआतंक मच्चाईएको छ। सरकारको लापर्वाहीले घटेको घटनाप्रति सरकारले जिम्मा लिनुपर्छ। यस्तो निन्दनिय कार्यको सबैले बिरोध गरौं। अहिले देश रोएको छ। हामी नेपालीहरु देश बिदेश जहाँ, जसरी छौ, आ-आफ्नो स्थानबाट देशको लागि एकदिन बोलौं, सहयोग गरौं। जनताको बिरोध जारी छ। राष्ट्रिय शक्ति नेपालले हिजो जारि गरेको बिज्ञप्तिको स्वागत गर्दै सबैले एक्यवद्धता जनाऊ। बिदेशमा रहनु भएका मित्रहरुसंग पनि सादर अनुरोध गर्दछौं। समय बलवान छ। समयको गतिलाई कसैले रोक्न सक्दैन। सबैको कल्याण होस्। बांकी श्री पशुपतिनाथले सबैको रक्षा गरुन। जय नेपाल।
