
देश बिषम परिस्थिबाट गुर्जिरहेको अबस्थालाई मध्यनजर गर्दै सहाराबिहिन नागरिकहरु आफ्ना उर्जासिल समय, बर्ष सबै खेर गएको। गणतन्त्रका सरकार, पार्टिहरुले देशलाई कंगाल बनाउदै भ्रष्टाचार, लुटतन्त्रको खेती गरेको। सुशासनका नाउमा लुटतन्त्रको आतंक, न्यायबिहिन जनता बिकल्प खोज्दै राजा श्री ५ ज्ञानेन्द्र शाहसंग गुहार माग्न पुगे। न्याय नपाए गोर्खा जानु भन्ने राष्ट्र नायक श्री ५ पृथ्वीनारायण शाहको दिव्य उपदेशलाई स्मरण गर्दै राजा गुहार्नु पुगेका जनतासंग अर्को विकल्प थिएन।
“देशलाई कालो सूचीमा पारी बिदेशी सेना भित्र्याउने प्रपन्च यो सरकार रच्दै छ। किनकि यिनिहरुलाई देश चाहिएको छैन। यो राजनीतिक दलहरुको चरम आतंकबादि सोच हो। जस्को जन्म आतंकबादबाटै भएको थियो। सरकार जति दमनमा उत्रन्छ, जनता त्यतिनै मजबुत हुनेछन्। आक्रोशीत जनता सडकमा उत्रिसके त्यो रोकिनेवाला छैन।”
विकल्प बिहिन जनताको उदारका लागि देश, जनता बचाउन नागरिकको भावना बुझ्दै देशदर्सनमा निस्किएका राजालाई जनताले भब्य स्वागत गरे। “राजा आउ देश बचाउ” जनताको अकल्पनिय उपस्थिबाट आएको कोलाहललाई आत्मसाथ गर्नु सिवाय राजासंग अर्को बिकल्प थिएन। राजा जहां जान्छन, त्यहि जनसागरको भिडले राजालाई स्वागत गर्यो। त्यो जनसागर देखेर अताल्लिएको सरकार, भ्रष्ट लुटेरा पार्टिहरुको सातो गयो। त्यसैले राजाको मानमर्दन गर्दै गालिगलोजमा उत्रिएका सरकार पार्टिहरु राजालाई नजर बन्द गर्ने, पक्रिनेसम्मका धम्कि दिदै छन्। उनिहरुलाई थाहा छ। त्यति गरेमा जनता चुप लाग्ने छन्। बिदेशीले हामिलाई सहयोग गर्नेछन्। त्यस्तो अबस्य हुने छैन, उनिहरुको योजना देशलाई कालो सूचीमा पारी बिदेशी सेना भित्र्याउने प्रपन्च यो सरकार रच्दै छ। किनकि यिनिहरुलाई देश चाहिएको छैन। यो राजनीतिक दलहरुको चरम आतंकबादि सोच हो। जस्को जन्म आतंकबादबाटै भएको थियो। सरकार जति दमनमा उत्रन्छ, जनता त्यतिनै मजबुत हुनेछन्। आक्रोशीत जनता सडकमा उत्रिसके त्यो रोकिनेवाला छैन।
“प्रधानमन्त्री र उर्जामन्त्री दिपक खडकाको ठाडो हस्तक्षेपबाट गरिएको थियो। यो सरकार सांच्चै नै जनता मारा हो। १७ बर्षमा १६ ओटा प्रधानमन्त्री फेरिए, तर तिनको काम भ्रष्टाचार, माफिया, तस्कर, भू-माफिया, सुन तस्कर जोगाउनु, बिदेशी कमिसनमा रमाउनु, विदेशमा पैसा पुर्याउनु बाहेक अरु केही भएन। बिदेशी राष्ट्रहरुले समेत ठग, फ्रड् भनिसकेको अबस्थामा पनि बेसरम सरकार, दलहरुलाई अब केही भन्नु भन्दा जिति सकेको जाडो जरैदेखि उखाल्नुको बिकल्प छैन।”
निरंकुश चरित्र बोकेको सरकार देशमा आतंक मच्चाउदै छ। एकपछि अर्को गलत निर्णय गर्नु यो गठबन्धन सरकारको पर्यायवाची भैसक्यो। कहिले VIP र VVIP हरुको तलब भत्ता, सुबिधा बढाउन त कहिले राम्रो कामगर्ने कर्मचारीलाई सख्त कारवाही गर्दै पदबाट हटाउन। मन्त्रीपरिषदको हिजोको निर्णयले जनतालाई लोडसेडिङबाट मुक्त गर्दै उज्यालो प्रदान गर्न सफल भएका बिधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अपदस्त गर्यो। उनि सर्वोच्च जादैछन्। त्यसको बिरुद्धमा जनता सडकमा उत्रिसके। उक्त निर्णय प्रधानमन्त्री र उर्जामन्त्री दिपक खडकाको ठाडो हस्तक्षेपबाट गरिएको थियो। यो सरकार सांच्चै नै जनता मारा हो। १७ बर्षमा १६ ओटा प्रधानमन्त्री फेरिए, तर तिनको काम भ्रष्टाचार, माफिया, तस्कर, भू-माफिया, सुन तस्कर जोगाउनु, बिदेशी कमिसनमा रमाउनु, विदेशमा पैसा पुर्याउनु बाहेक अरु केही भएन। बिदेशी राष्ट्रहरुले समेत ठग, फ्रड् भनिसकेको अबस्थामा पनि बेसरम सरकार, दलहरुलाई अब केही भन्नु भन्दा जिति सकेको जाडो जरैदेखि उखाल्नुको बिकल्प छैन।
“देउवाले कांग्रेस डुबाईसके अब यसको नाम श्रीमान, श्रीमती देउवा कांग्रेस राखे हुन्छ। कमसेकम कांग्रेस बदनामबाट त जोगिएला ! देउवाले यतिसम्म पार्टीको दुरुपयोग गरिरहदा पनि टुलुटुलु हेरेर समर्थन गरिरहने कार्यकर्तालाई के भन्ने ? उर्जामन्त्री उनै हुन जस्लाई कमिसनका लागि शशांकले नै बनाएका हुन्। आन्दोलनमा उत्रिएका जनता मार्न १५ करोड दिने कांग्रेस आफ्नै कार्यकर्ताको पैसा फिर्ता नगरेको आज ११ बर्ष भयो।”
आगामी चैत्र १५ गतेदेखि आन्दोलनमा उत्रन लागेका जनतालाई दमन गर्न सत्तारुढ दलहरुनै सडकमा उत्रिदै छन्। जस्को लागि सरकारले गृहमन्त्री मार्फत माधब कुमार नेपाल र प्रचण्डलाई १५ करोड रुपैयाँ दिएको कुरा बाहिर आएको छ। १५ गतेको आन्दोलनमा जनता रोक्नको लागि गृहमन्त्रीको ठाडो आदेशमा आजैदेखी धरपकड र घरबाट ननिस्कन चेतावनी जिल्लाजिल्लामा दिन थालिएको छ। सत्ता र शक्तिको यो चरम दुरुपयोग अब सैह्य हुदैन। नेपाली कांग्रेसलाई जनताले प्रजातान्त्रिक पार्टि भनेर बिश्वास र भरोसा गर्दै आएका थिए तर त्यो पार्टि कम्निस्टहरुको संगत र जुठो खान पुगेकोले उनिहरु जस्तै भ्रष्ट, लुटेरा हुन पुग्यो। नेपाली कांग्रेसले महामानव विपी कोइरालाले स्थापना गरेको कांग्रेसको बदनाम गरेको छ। यस्तो नेपाली कांग्रेस हुन्छ ? देउवाले कांग्रेस डुबाईसके अब यसको नाम श्रीमान, श्रीमती देउवा कांग्रेस राखे हुन्छ। कमसेकम कांग्रेस बदनामबाट त जोगिएला ! देउवाले यतिसम्म पार्टीको दुरुपयोग गरिरहदा पनि टुलुटुलु हेरेर समर्थन गरिरहने कार्यकर्तालाई के भन्ने ? उर्जामन्त्री उनै हुन जस्लाई कमिसनका लागि शशांकले नै बनाएका हुन्। आन्दोलनमा उत्रिएका जनता मार्न १५ करोड दिने कांग्रेस आफ्नै कार्यकर्ताको पैसा फिर्ता नगरेको आज ११ बर्ष भयो।
२०४७ को संबिधानले ब्यबस्था गरेको संबैधानिक राजतन्त्र बहुदलीय प्रजातन्त्रको मागगर्दै आन्दोलनमा उत्रिएका जनतालाई दवाउन अब जतिनै खर्च गरेपनि सम्भव हुनेछैन। भर्खरै देल्लीबाट फर्केर आउदै गर्दा बिमान स्थलमा परराष्ट्रमन्त्रीले दिएको सन्देश सुन्दा लाज मर्दो छ। “यो सरकार बदल्ने भारतको तत्काल कुनै योजना नभएको” खुलासा गरिन्। नेपालको सरकार नेपालीले बनाउने हो की ? भारतले ? परराष्ट्रमन्त्रीको यतिसम्म निर्लज्जताले नेपाली कांग्रेसका तमाम् कार्यकर्ताहरु र नेपाली जनता लज्जित हुनु परेको छ। तै पनि नेताहरुलाई स्वागत गरेर ताली बजाउने ? धिक्कार छ दास कार्यकर्ताहरुलाई। बेलैमा सद्बुद्धि पलावस अन्यथा भोली लुक्ने ठाउँ पाउन पनि……… श्री पशुपतिनाथले यो देश र जनताको रक्षा गरुन।
जय नेपाल।
