News Portal

  • सरकारी कार्यालय नै बिचौलियाको घेराबन्दीमा परेपछि…

    हिमालीसंचार संवाददाता
    १३१ पटक

    बाँके। बाँकेको नेपालगन्जस्थित यातायात व्यवस्था कार्यालय दलालहरुको अखडा बनेको छ । मानौं कार्यालय नै दलालको कब्जा छ । दलालहरुको रजाइँ चलेको छ । कार्यालयमा दलालबिना कुनै काम गर्न असम्भव जस्तै छ । दलालमार्फत दैनिक सेवाग्राही ठगिरहँदा कार्यालयका कर्मचारी उल्टै दलाललाई नै सघाइरहेका हुन्छन् ।

    कार्यालयका साना तथा ठूला सवारी र चालक अनुमति पत्र (लाइसेन्स) फाँटमा दलालमार्फत काम हुन्छ, दलालले काम गरिदिएवापत सेवाग्राहीसँग मोटो रकम असुल्छन् । दलालले सेवाग्राहीबाट असुलेको मोटो रकमको हिस्सा यातायात कार्यालयमा कार्यरत तल्लो तहका कर्मचारीदेखि हाकिमसम्म पुग्ने गरेको एक जना कर्मचारी बताउँछन् ।

    कर्मचारीले ढिलासुस्ती गर्ने भन्दै दलालले प्रतिव्यक्ति २०० देखि ५०० रुपैयाँसम्म लिएर सवारी दर्ता, नामसारी, अञ्चलीकरण र सरुवाको सिफारिसजस्ता काम गर्दै आएका छन् । नेपालगन्जमा रहेको यातायात कार्यालयको सवारी दर्ता शाखाका सबै फाँटमा दलालहरु कर्मचारीका कुर्सीमै बसेर सेवाग्राहीसँग रकम असुल्दै आएका छन् ।

    दलालले सेवाग्राहीको काम गरेवापत मंहगो शुल्क लिने र उक्त रकम कर्मचारीसँग भागवण्डा लगाएर खाने गरेका छन् । यातायात कार्यालयको साना तथा ठूला सवारी फाँटमा दलाल प्रवेश गरी निर्वाधरुपमा सेवाग्राहीलाई ठगिरहेका हुन्छन् । कर्मचारीले काम छिटो नगरेको भन्दै दलाल कार्यालय प्रवेश गरी सेवाग्राहीका काम गरेवापत प्रतिव्यक्ति ५०० रुपैयाँ लिन्छन् ।

    मोटरसाइकल पास गर्न आएका एक जना सेवाग्राहीले भने, ‘खुलेआम सर्वसाधारणलाई ठगी गर्दा समेत यातायात कार्यालयका कर्मचारीहरु ‘हो मा हो’ मिलाएर दलाललाई हौस्याइरहेका हुन्छन् । दलालमार्फत नजाने हो भने कर्मचारीले फिटिक्कै कामै गर्दैनन् ।’ अझ लाइनमा बसेका सेवाग्राहीले सहजै सेवा पाउन मुस्किल रहेको उनको भनाई छ ।

    सेवाग्राही लालमणी अधिकारीले सवारी चालक अनुमति पत्रको फर्म भर्दा र बायोमेट्रिक गर्दा दलाल र कर्मचारी मिलेर २५ सय रुपैयाँ कमिशन मागेको बताए । उनले भने, ‘मैले काम छिटो हुन्छ भने तिर्न तयार रहेको बताएपछि १० मिनेटमै बायोमेट्रिक सकियो । २५ सय रुपैयाँ नतिरेको भए मलाई दुई–तीन घण्टा लाइनमै बस्नुपथ्र्यो । दिनभरको काम बर्वाद हुनेथियो ।’

    यातायातका कर्मचारीलाई दलालमार्फत घुस रकम बुझ्न पनि सहज भएको छ । कर्मचारीहरु दलालमार्फत घुस बुझ्दै आएका छन् । सेवाग्राहीले डिस्काउण्ट माग्दा दलालहरुले बनाउने भए बनाउ नभए जाउ भनेर जवाफ दिने गरेका छन् । त्यसो त दलालहरुले सेवाग्राहीलाई चक्का अनुसारको दाम सुनाउने गरेको अर्का सेवाग्राही विकास शाहीले बताए ।

    यातायात कार्यालयका कर्मचारीसँगको सेटिङ्गमा बाहिर पसलमा बार्गेनिङ गर्ने दलालहरुले चक्के अनुसारको मूल्य तोक्ने गरेको पनि शाहीको दावी छ । ‘फरक–फरक सवारी अनुसार मुल्यसूची तोकेरै ‘घुस’ रकम असुलिँदो रहेछ,’ उनले भने, ‘घुस नदिएर कामै हुँदैन, मैले पनि एक जना दलालीलाई ३५ सय रुपैयाँ दिएर काम गरेर घर फर्किँदैछु ।’

    कार्यालयमा कतिपय पुराना फाइलहरु समेत कर्मचारीले सहजै भेट्टाउने अवस्था छैन । तर, कार्यालयका पुराना फाइल र ढड्डाहरु कहाँ छन् भन्ने दलाललाई पुरै थाहा छैन । यातायात कार्यालय दलालमय छ, दलालले नै कार्यालय कब्जा गरेका छन् । कर्मचारीकै मिलेमतोमा दलालले दैनिक सयौं सेवाग्राहीलाई ठगिरहेका छन् ।

    ‘सेवाग्राहीलाई सास्ती, बिचौलियालाई मस्ती’

    यातायात व्यवस्था कार्यालय बाँके बिचौलियाको घेराबन्दीबाट अझै उम्किन सकेको छैन । बिचौलियाबाटै बार्गेनिङ हुने भएपछि कर्मचारीलाई टाउको दुःखाइको विषय छैन । कार्यालयको प्रवेशद्वारमै ‘छिटो लाइसेन्स निकालिदिन्छु, लाइन बस्नुपर्दैन, लिखित र ट्रायलमा पास गराइदिन्छु’ भन्नेहरूको तानातानमा पर्छन् सेवाग्राही ।

    सीधा बाटो गएर काम बन्ने अवस्था भेटिँदैन । अनि सेवाग्राही बाध्य हुन्छन् दलालको सहयोग लिन । सेवाग्राही जब दलालको सहयोग लिन्छन् अनि उनीहरू लाइन बस्नुपर्दैन, सीधै काउन्टरमा प्रवेश पाउँछन् । दलालको सहयोग नलिने सेवाग्राहीहरुले सास्ती भोग्नुपर्छ । कार्यालय खुल्ने समय अगावै कार्यालयमा सेवाग्राहीको भीड लाग्ने गर्छ ।

    लाम बस्न नपर्ने वातावरण बनाउने काम बिचौलियाले गर्छन् । सर्वसाधारणले प्रक्रियागत रूपमा काम गर्न सक्ने अवस्था यातायात व्यवस्था कार्यालयमा हुँदैन । सेवाग्राहीको सुविधालाई चासो दिएर कार्यालयको व्यवस्थापन छैन । सवारी सम्बन्धी प्रमाण तथा कागजातहरु खोज्न पनि बिचौलिया दलालहरुकै भर पर्नुपर्ने अवस्था रहेको एक जना सेवाग्राही बताउँछन् ।

    प्रवेशद्वारमा बसेर सेवाग्राहीलाई लामो समयदेखि सहयोग गर्दै आएको बताउँदै एक जना दलाल भन्छन्, ‘मान्छेले छिटो काम बनाउन चाहन्छन् । धेरै समय लाइन बस्न चाहँदैनन् । एउटै काममा पटकपटक धाइरहन पनि चाहँदैनन् । बरु दुई चार सय रुपैयाँ खर्च गरेरै भए पनि छिटो काम बनोस् भन्ने चाहन्छन्, त्यस्ता व्यक्तिलाई हामीले सहयोग गरेका हौँ ।’

    कार्यालयमा कर्मचारीभन्दा बिचौलियाको सङ्ख्या धेरै छ, जो माथिल्लो तहका कर्मचारीसँगको सेटिङमा सक्रिय हुने गरेको सेवाग्राहीको गुनासो छ । कार्यालयमा यस्तो गतिविधि खुला देख्न सकिन्छ । अनेक सास्तीबीच यातायात व्यवस्था कार्यालयबाट लाइसेन्स परीक्षा उत्तीर्ण भएपछि सेवाग्राहीले अर्को सास्ती भोग्नुपर्छ ।

    लाइसेन्स उत्तीर्ण भएको डेढ वर्षसम्म लाइसेन्स नपाउने समस्या वर्षौंदेखि उस्तै छ । यातायात व्यवस्था कार्यालयले अहिले पनि छ लाखभन्दा बढी सेवाग्राहीको लाइसेन्स दिन सकिरहेको छैन । सेवाग्राहीले डेढ वर्षसम्म लाइसेन्स कुर्नुपर्ने बाध्यता छ । ट्रायल पास भएका सेवाग्राहीहरुले रातो कागज मात्र पाउँछन् । वर्ष दिनभित्र पनि पाउँदैनन् स्मार्ट लाइसेन्स ।

    आफ्नो मान्छे हुनेले यातायात व्यवस्था विभागबाटै स्मार्ट लाइसेन्स निकाल्छन् । नहुनेहरुले एक वर्षभन्दा माथि कुर्नुपर्छ । यातायात कार्यालय परिसरमा भएका प्रायः पसलेहरु पनि सेटिङमा काम गरिरहेका छन् । यातायात कार्यालय ‘बिचौलिया र दलालमुक्त’ कहिले हुन्छ भनेर सोध्न खोज्दा कार्यालयका कर्मचारी फोन किन उठ्दैन ? आखिर सेवाग्राहीका पीडा कसले बुझ्ने ?

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-१५ गते शनिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १५ गते शनिबार इश्वी सन २०२४ अप्रिल २७...

    यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न परिपत्र

    काठमाडौं। गृहमन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले पनि कानूनी...

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal