News Portal

  • संग्रौलाले धरानका मेयर राईलाई खानेपानीका लागि आर्थिक संकलन नगर्न दिइन् सल्लाह

    हिमालीसंचार संवाददाता
    ६६५२ पटक

    धरान – धरान उपमहानगरपालिका धरानका मेयर हर्कराज राई (साम्पाङ) लाई सामाजिक अभियन्ता ज्वाला संग्रौलाले सामाजिक संजाल फेसबुक मार्फत हरेकपल आफ्नो धारणा सार्वजनिक गरिरहेका मेयर राईलाई फेसबुकमा समय खर्च नगर्न आग्रह गर्दै खानेपानीको लागि आर्थिक संकलन नगरी कसैको दबाब र प्रभावमा नपरी धराने जनताको काम गर्न साल्लाह दिएकी छिन्। 

    उनले लामो फेसबुक स्टाटस लेख्दै हर्कराज राई (साम्पाङ) को विजयले सिंगो देशको मन जितेको उल्लेख गर्दै ठुला पार्टीका नेताहरु जलेर धुवा निस्कीरहेको, कम्जोरी खोजी रहेको अबस्थामा खानेपानीको आपुर्तीका लागि आर्थिक संकलन गरी विवादमा नपर्न सुझाव दिएकी छिन्। हिजोसम्म अभियन्ता हुनुहुन्थ्यो, जनताको न्यायको लागि सडकमा भोकै तिर्खै कुद्नु भो, पुसिलको लाठी र बुट खानु भो, अपमान सहनु भो। तपाईको ईमानदारिता र सदाचारिताको कदर गरेर काम गर्ने ठाउमा पुर्याएका छन् र उनीहरुलाई तपाईबाट निक्कै आशा छ। भनेकी छिन्। 

    ज्वाला संग्रौला लेख्छन् :“धराने जनता मात्र होईन सिंगो देशका जनताको मन जितेका स्वच्छ छबि, सरल स्वभाव र इमानदारिताका प्रतिमूर्ति आदरणीय हर्क साम्पाङ राई ज्यु मेयरमा निर्बाचित भएपछि धेरैको मस्तिस्कमा आशाको दियो बलेको छ । यो दियोलाई निभ्न नदिन अब मेयर ज्युले फाट्टफुट्ट फेसबुक स्टाटसहरुमा आफ्नो समय खर्च नगरी आफ्ना काम कर्तब्य तिर ध्यान दिन मेरो बिनम्र आग्रह छ । 

    त्यसै त मेयर जितेकोमा केहि ठूला पार्टीका नेता भनाउदाहरुको दिल जलेर धुंवा निस्किएको छ। यिनीहरुले तपाईका राम्रा पक्ष होईन। कमजोरीहरु खोजी खोजी खोतल्न जिउ छाडेर लागि परेका छन् । हिजोसम्म अभियन्ता हुनुहुन्थ्यो, जनताको न्यायको लागि सडकमा भोकै तिर्खै कुद्नु भो, पुसिलको लाठी र बुट खानु भो, अपमान सहनु भो। तर आज जनताले तपाईको ईमानदारिता र सदाचारिताको कदर गरेर काम गर्ने ठाउमा पुर्याएका छन् र उनीहरुलाई तपाईबाट निक्कै आशा छ । हामी सबैलाई आशाा छ र तपाईले काम गर्न पनि सक्नु हुन्छ । 

    आफ्नो अधिकार क्षेत्रभित्र रहेर कसैको दबाब र प्रभाबमा नपरी काम गर्नु होला । र, एउटा भन्नै पर्ने कुरो, धराने जनतालाई पानी खुवाउन सरकारी खाता नम्बर दिएर आर्थिक संकलन गर्ने भन्ने मनसायको तपाईको छोटो स्टाटस पढेकी थिए, कृपया त्यो काम चाहि बिल्कुल नगर्नु होला। किनकी धराने जनताले पानी पिउन पाउने पुरा बजेट राज्यको ढुकुटीबाट बिनियोजन गर्न लगाएर काम गर्नु पर्छ । राज्यले आफ्ना नागरिकलाई पानी खुवाउने दायित्वबाट भाग्न पाउदैन। 

    बजेट पुग्दैन पैसा छैन भन्न सरकारले कदापी पाउदैन किनकी यहॅा पानी पिउने जो सवाल छ जुन हाम्रो अति आवश्यक प्राथमिक मुद्दा हो। एउटा अभियन्ता भएर सानोतिनो सहयोगको लागि नागरिकसंग पहल गर्नु ठीकै हो तर जनप्रतिनिधि भएपछि तपाई आफैमा सरकार हो। तसर्थ नागरिकहरुबाट आर्थिक सहयोग लिनु उचित अलि हुदैन । पछि यहि कुरालाई लिएर बादबिबाद र लफडा हुन्छ । अनि अर्को कुरा अन्य जनप्रतिनिधिहरुले पनि बजेटले भ्याएन बिकाश गर्ने पैसा दिनुस् भन्दै नागरिक संग सहयोग माग्न थाले भने मुलुकमा झन् भ्रस्टाचारको खेती मौलाएर जान्छ र राज्यसत्ताको पैसा बडे बडे नेताहरुले आफ्नो घर घडेरी, गाडी, घोडा, बंगला र श्रीमतिका गरगहनामा लगेर खन्याउछन्। 

    तसर्थ राज्यबाटै बजेट तान्ने हो र काम गर्ने हो। यो मेरो सानो सुझाब मात्र हो।हर्कको अभियानमा सहयोग गर्छु भन्दै आउनेहरु धेरै हुन सक्छन्। उनीहरुलाई धन्यबाद दिनुस् र धमाधम राज्यको पैसाले विकास गर्नुस्। हामीले दुख गरेर खाई नखाई तिरेको करको बिटो मुठ्याएर अनि ५० डिग्रीको तापक्रममुनी खाडिमा पिल्सिएर रेमिट्यान्स पठाउने दाजुभाईको पसिनाको पोखरीमा भ्रस्टाचारको नांगो माछो पौडी खेलाएर सरकारले बिकासका काममा बाधा पुर्याउन र ढुकुटीमा पैसा छैन भन्न एक पाउदैन, दुई पाउदैन, तीन पाउदैन। #जयदेश, जयहर्क !! उनले लेखेकी छिन् । 

    प्रतिकृया दिनुहोस्

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal