News Portal

संग्रौलाले धरानका मेयर राईलाई खानेपानीका लागि आर्थिक संकलन नगर्न दिइन् सल्लाह

हिमालीसंचार संवाददाता
६८१४ पटक

धरान – धरान उपमहानगरपालिका धरानका मेयर हर्कराज राई (साम्पाङ) लाई सामाजिक अभियन्ता ज्वाला संग्रौलाले सामाजिक संजाल फेसबुक मार्फत हरेकपल आफ्नो धारणा सार्वजनिक गरिरहेका मेयर राईलाई फेसबुकमा समय खर्च नगर्न आग्रह गर्दै खानेपानीको लागि आर्थिक संकलन नगरी कसैको दबाब र प्रभावमा नपरी धराने जनताको काम गर्न साल्लाह दिएकी छिन्। 

उनले लामो फेसबुक स्टाटस लेख्दै हर्कराज राई (साम्पाङ) को विजयले सिंगो देशको मन जितेको उल्लेख गर्दै ठुला पार्टीका नेताहरु जलेर धुवा निस्कीरहेको, कम्जोरी खोजी रहेको अबस्थामा खानेपानीको आपुर्तीका लागि आर्थिक संकलन गरी विवादमा नपर्न सुझाव दिएकी छिन्। हिजोसम्म अभियन्ता हुनुहुन्थ्यो, जनताको न्यायको लागि सडकमा भोकै तिर्खै कुद्नु भो, पुसिलको लाठी र बुट खानु भो, अपमान सहनु भो। तपाईको ईमानदारिता र सदाचारिताको कदर गरेर काम गर्ने ठाउमा पुर्याएका छन् र उनीहरुलाई तपाईबाट निक्कै आशा छ। भनेकी छिन्। 

ज्वाला संग्रौला लेख्छन् :“धराने जनता मात्र होईन सिंगो देशका जनताको मन जितेका स्वच्छ छबि, सरल स्वभाव र इमानदारिताका प्रतिमूर्ति आदरणीय हर्क साम्पाङ राई ज्यु मेयरमा निर्बाचित भएपछि धेरैको मस्तिस्कमा आशाको दियो बलेको छ । यो दियोलाई निभ्न नदिन अब मेयर ज्युले फाट्टफुट्ट फेसबुक स्टाटसहरुमा आफ्नो समय खर्च नगरी आफ्ना काम कर्तब्य तिर ध्यान दिन मेरो बिनम्र आग्रह छ । 

त्यसै त मेयर जितेकोमा केहि ठूला पार्टीका नेता भनाउदाहरुको दिल जलेर धुंवा निस्किएको छ। यिनीहरुले तपाईका राम्रा पक्ष होईन। कमजोरीहरु खोजी खोजी खोतल्न जिउ छाडेर लागि परेका छन् । हिजोसम्म अभियन्ता हुनुहुन्थ्यो, जनताको न्यायको लागि सडकमा भोकै तिर्खै कुद्नु भो, पुसिलको लाठी र बुट खानु भो, अपमान सहनु भो। तर आज जनताले तपाईको ईमानदारिता र सदाचारिताको कदर गरेर काम गर्ने ठाउमा पुर्याएका छन् र उनीहरुलाई तपाईबाट निक्कै आशा छ । हामी सबैलाई आशाा छ र तपाईले काम गर्न पनि सक्नु हुन्छ । 

आफ्नो अधिकार क्षेत्रभित्र रहेर कसैको दबाब र प्रभाबमा नपरी काम गर्नु होला । र, एउटा भन्नै पर्ने कुरो, धराने जनतालाई पानी खुवाउन सरकारी खाता नम्बर दिएर आर्थिक संकलन गर्ने भन्ने मनसायको तपाईको छोटो स्टाटस पढेकी थिए, कृपया त्यो काम चाहि बिल्कुल नगर्नु होला। किनकी धराने जनताले पानी पिउन पाउने पुरा बजेट राज्यको ढुकुटीबाट बिनियोजन गर्न लगाएर काम गर्नु पर्छ । राज्यले आफ्ना नागरिकलाई पानी खुवाउने दायित्वबाट भाग्न पाउदैन। 

बजेट पुग्दैन पैसा छैन भन्न सरकारले कदापी पाउदैन किनकी यहॅा पानी पिउने जो सवाल छ जुन हाम्रो अति आवश्यक प्राथमिक मुद्दा हो। एउटा अभियन्ता भएर सानोतिनो सहयोगको लागि नागरिकसंग पहल गर्नु ठीकै हो तर जनप्रतिनिधि भएपछि तपाई आफैमा सरकार हो। तसर्थ नागरिकहरुबाट आर्थिक सहयोग लिनु उचित अलि हुदैन । पछि यहि कुरालाई लिएर बादबिबाद र लफडा हुन्छ । अनि अर्को कुरा अन्य जनप्रतिनिधिहरुले पनि बजेटले भ्याएन बिकाश गर्ने पैसा दिनुस् भन्दै नागरिक संग सहयोग माग्न थाले भने मुलुकमा झन् भ्रस्टाचारको खेती मौलाएर जान्छ र राज्यसत्ताको पैसा बडे बडे नेताहरुले आफ्नो घर घडेरी, गाडी, घोडा, बंगला र श्रीमतिका गरगहनामा लगेर खन्याउछन्। 

तसर्थ राज्यबाटै बजेट तान्ने हो र काम गर्ने हो। यो मेरो सानो सुझाब मात्र हो।हर्कको अभियानमा सहयोग गर्छु भन्दै आउनेहरु धेरै हुन सक्छन्। उनीहरुलाई धन्यबाद दिनुस् र धमाधम राज्यको पैसाले विकास गर्नुस्। हामीले दुख गरेर खाई नखाई तिरेको करको बिटो मुठ्याएर अनि ५० डिग्रीको तापक्रममुनी खाडिमा पिल्सिएर रेमिट्यान्स पठाउने दाजुभाईको पसिनाको पोखरीमा भ्रस्टाचारको नांगो माछो पौडी खेलाएर सरकारले बिकासका काममा बाधा पुर्याउन र ढुकुटीमा पैसा छैन भन्न एक पाउदैन, दुई पाउदैन, तीन पाउदैन। #जयदेश, जयहर्क !! उनले लेखेकी छिन् । 

प्रतिकृया दिनुहोस्

अस्पतालका निःशुल्क बेड अब अनलाइनमार्फत हेर्न मिल्ने

काठमाडौं, वैशाख ३ – सरकारले देशभरका अस्पतालमा विपन्न र असहाय बिरामीका लागि छुट्याइएको १० प्रतिशत...

आज २०८३ साल वैशाख ३ गतेको राशिफल

आज वैशाख ३, २०८३ ( अप्रिल १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

राजनीति जब निर्ममतामा उत्रीन्छ

– कमला थापा २०८३ वैशाख २ गते। पुराना राजनैतिक दलहरु फाल्गुन २१ को निर्वाचन पछि...

ताजपुरिया र राजवंशी समुदायले मनाए सिरुवा पर्व

रबिन्द्र बराल मोरङ, -रतुवामाई नगरपालिका–३ स्थित हनुमान चोक नजिक ताजपुरिया र राजवंशी समुदायले आफ्नो परम्परागत...

आज २०८३ वैशाख २ गतेको राशिफल

आज वैशाख २, २०८३ ( अप्रिल १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...