News Portal

  • धनी बन्न विदेश जानै पर्दैन, घुस खानै पर्दैन’

    हिमाली संचार संवाददाता
    २७७ पटक

    काठमाडौँ – नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले धनी बन्न विदेश जानु नपर्ने र घुस पनि खानु नपर्ने बताएका छन् ।

    यहाँ आज आयोजित ‘असल अर्थशास्त्र’ पुस्तक विमोचन कार्यक्रममा उनले भने, ‘देशभित्रै व्यापार व्यवसायका लागि प्रशस्त सम्भावना रहेकाले धनी बन्नका लागि विदेश जानै पर्दैन, घुस खानै पर्दैन ।’

    गभर्नर डा. नेपालले जागिरमा मात्रै ध्यान गएकाले नेपालीहरुमा उद्यमी बन्ने सोच अझै विकसित हुन नसकेको उल्लेख गर्दै अरुलाई जागिर दिने मान्छे बन्नुपर्ने आजको आवश्यकता रहेको बताए ।

    ‘व्यापार भनेको नयाँ अन्वेषण र योजना हो’, उनले भने, ‘व्यापार गर्नेको तीक्ष्ण दिमाग हुन्छ, त्यसैले अब घरबाटै आविष्कारीय र व्यापारिक योजना शुरु गर्नुपर्छ ।’

    गभर्नर डा. नेपालले मुलुक विभिन्न कानून निर्माणका चरणमा रहेका बेला व्यापार गर्ने वातावरण झन सजिलो रहेको उल्लेख गर्दै सबैभन्दा ठूलो समस्या अर्थशास्त्रको सिद्धान्तलाई नेपालीले बुझ्न नसकेको बताए ।

    ‘अर्थतन्त्रको सूक्ष्म विषयवस्तु समेटिएकाले यो पुस्तकमा पढ्न लायक छ’, उनले भने, ‘घरभित्रै पनि अर्थशास्त्रका विषयमा छलफल जरुरी छ ।’

    नेपाल आर्थिक पत्रकार समाजका अध्यक्ष पुष्प आचार्यले शासन परिवर्तनले मात्रै देश समृद्धि नहुने बताउँदै समृद्धिका लागि मुलुकमा उद्यमशीलताको विकास जरुरी रहेको आवश्यकता औँल्याए ।

    युवा उद्यमशीलताका उत्प्रेरक आकाश श्रेष्ठ, नरोत्तम अर्याल तथा नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुरारी पराजुलीले समृद्ध नेपाल निर्माणका लागि मुलुकमा व्यापार, व्यवसायको विकास तथा विस्तार हुनुपर्नेमा जोड दिए ।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-१५ गते शनिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १५ गते शनिबार इश्वी सन २०२४ अप्रिल २७...

    यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न परिपत्र

    काठमाडौं। गृहमन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले पनि कानूनी...

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal