News Portal

धरानका नवनिर्वाचित मेयर हर्कराज राईले इनरुवमा लिए सपथ, धरानमा फर्केर दिए सपथ

हिमालीसंचार संवाददाता
७२६ पटक

धरान – धरान उपमहानगरपालिका धरानको नवनिर्वाचित नगर प्रमुख हर्कराज राई (साम्पाङ) ले आज सोमबार सपथ ग्रहण लिएका राईले धरान पुगेर १०१ जना नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सपथ ग्रहण दिएका छन् ।

आज विहान सपथ ग्रहण लिन इनरुवा पुगेका नवनिवार्चित नगर प्रमुख राईलाई सुनसरी जिल्ला अदालतका प्रदेश नं. १ न्यायाधीश कैलाश सुवेदीले शपथ ग्रहण गराएका थिए । सपथ ग्रहण लगतै नगर प्रमुख राईले धरान १२ स्थित पब्लिक स्कुलको प्राविधिक भवनमा उपप्रमुखसहित वडाबाट निवार्चित १०१ जना जनप्रतिनिधिहरुलाई सपथ ग्रहण गराए। धरानमा मेयर, उपमेयरसहित १०२ जना जनप्रतिनिधि निवार्चित भएका छन् ।

धरानमा निर्वाचित वडाध्यक्षहरुमा एमालेबाट वडा नं. २ का रमेश राई, वडा नं. ४ का धनबहादुर राई, वडा नं. ५ का मनप्रसाद लिम्बु, वडा नं. ७ का जीवन सुवेदी, वडा नं. ८ का धनबहादुर राई, वडा नं. १० का विवेक राई, वडा  नं. १२ का टंक राई, वडा नं. १३ का नेत्र काफ्ले, वडा नं. १५ का नरेश इङ्वारम, वडा नं.  १९ का पूर्ण लिम्बु गरी १० जना रहेका छन् ।

नेपाली कांग्रसबाट वडा नं. १ का यज्ञमणि आचार्य, वडा नं.  ३ का विद्या शाक्य, वडा नं. ९ का रुपेश आचार्य, वडा नं. ११ का लोकेन्द्र फागो, वडा नं. १६ का मुरारी भट्टराई, वडा नं. १८ का प्रविण राई, वडा नं. २० का पदम लिम्बु गरी ७ जना रहेका छन् । 

त्यस्तै, नेकपा माओवादी केन्द्रबाट वडा नं. १७ का मनोज भट्टराई, राप्रपा हलोबाट वडा नं. १४ का कृष्ण भट्टराई, र स्तवतन्त्र उम्मेदवार रेहेका वडा नं. ६ का भूपेन्द्र भट्टराईलाई नगर प्रमुख राईले सपथ ग्रहण गराएका हुन। 

धरानमा बेथितिविरुद्ध सडक आन्दोलन र संघर्ष गरेर सम्बन्धित सरोकारवालाका नियत माथि प्रश्न गर्दै सुशासन र पारदर्शिताका लागि निरन्तर दबाब दिँदै आएका विद्रोही स्वभावको पहिचान बनाएका सामाजिक अभियन्ता राईले स्थानीय तहको निर्वाचनमा संगठीत प्रमुख दल कांग्रेस र एमालेका उम्मेदवारलाई पराजित गर्दै नगर प्रमुख पदमा निर्वाचित भएका राईले भोली विजयी जुलुसको कार्यक्रम रहेको बताए। 

सपथ ग्रहणका केहि तस्वीरहरुः

 

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...