
काठमाडौं – गीतकार प्रकाशकृष्ण ‘बाक्सिला’को एकल शब्द रचना रहेको गीतिसंग्रह ‘जीन्दगीको गीत’ गत शुक्रबार रेडियो सिटी एफएम स्टुडियोबाट लोकार्पण गरिएको छ l
रेडियो कार्यक्रम प्रस्तोता हरिराम पौडेलले सो एल्बमका चर्चित युवा संगीतकार तथा संयोजक सन्तोष दुमी र वक्ता वरिष्ठ गायक तथा संगीतकार सूर्य थुलुङ अथिति रहेको कार्यक्रममा एल्बममा रहेका गीतहरु सार्वजनिक गरेका हुन् l
सार्वजनिक लोकार्पण कार्यक्रममा अथिति सूर्य थुलुङ उपस्थितिमा एलबम लोकार्पण गरिएको थियो l एफएम, फेसबुक लाइभ समेत गरिएको सो कार्यक्रम बिहान ९ देखि १० बजेसम्म १ घण्टा प्रसारण भएको थियो l
सार्वजनिक गीतिसंग्रहमा ‘रातभरी जून रुँदा, हरपल तिमीसँगै बितोस्, त्यही रात एक चोटी, रावा खोला-ताप खोलाको फेदी दोभान, मेरो संसार भत्काएर र रम्दै होलिन् माया मनकी’ बोलका ६ वटा गीत रहेका छन् l
सार्वजनिक दुई वटा गीतमा सन्तोष दुमीको संगीत रहेको छ। अन्य गीतमा कुबेर राई, शान्तिराम राई, विपिन घिमिरे र देवेश राईको संगीत रहेको छ l सार्वजनिक ५ वटा गीतमा कमल दुमी राईको एकल स्वर रहेको छ l एउटा युगल स्वरको गीतमा कमल दुमी र टीका प्रसाईको संयुक्त आवाज रहेको छ।
सार्वजनिक गीतिसंग्रहको पूर्ण अंश संगीतकार सन्तोष दुमीको अफिसियल च्यानल मार्फत युटुवमा राखिएको छ।
गीतकार प्रकाशकृष्ण बिगत लामो समयदेखि हङकङमा छन् । उनी प्रबासमा रहेर पनी साहित्य संगीतको अलावा पत्रकारीतामा समेत आफ्नो उपस्थिति राख्ने गीतकारले आफुले रचना गरेका गीतहरु एफएम मार्फत सार्वजनिक गरेका हुन्।
म्युजिक भिडियो यहाँ
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
