News Portal

  • पोखरा क्रिकेट रंगशाला निर्माण ३ वर्षदेखि अन्यौलमा

    हिमालीसंचार संवाददाता
    १९३ पटक

    कास्की – गण्डकी प्रदेश सरकारको प्रादेशिक अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने बहुप्रतिक्षित योजना तीन वर्षदेखि अन्यौलमा छ। सरकार गठन भएलगत्तै करीव डेढ अर्ब लगानीमा बनाउने भनिएको क्रिकेट रंगशालाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार भएको वर्ष दिन भएपनि हालसम्म टेण्डर प्रक्रिया कहिले अघि बढ्ने भन्ने नै यकिन भएको छैन।

    रंगशाला निर्माणका लागि पोखरा–३३ पशुपतिघाटको १ सय ७४ रोपनी क्षेत्रफलको जग्गा केन्द्र सरकारबाट प्राप्त भइसकेको छ। १८ हजार दर्शक क्षमताको रंगशालामा टी–२०, एक दिवसीय र टेस्ट म्याच खेल्न मिल्ने विभिन्‍न ७ वटा पीच तयार पारिने डीपीआरमा उल्लेख छ।

    मैदानमा ७ वटा पीच, भीभीआईपी, भीआइपी, खेलाडी कक्ष, चेञ्जिङ रुम, मिडिया कक्ष, पार्किङ लगायत संरचना बन्ने जनाइएको छ। सो क्रिक्रेट रंगशाला पोखराको मुख्यबजार देखि १० किलोमिटरको दुरीमा पर्दछ। पोखरामा क्रिकेटका अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्ने मैदानको अभाव छ।

    प्रदेश सरकारको यो रंगशाला निर्माण भए पोखरामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका क्रिकेट प्रतियोगिताको ढोका खुल्ने अपेक्षा गरिएको छ। यद्यपि, हालसम्म काम शुरु नहुँदा योजना सम्पन्न हुनेमा नै आशंका उब्जिएको छ। तर प्रदेश सरकारले यस वर्ष क्रिकेट रंगशालाका लागि दुई करोड रुपैयाँसमेत विनियोजन गरिसकेका कारण केही समयमा नै टेन्डरमा आह्वान गर्ने क्रिकेट संघ कास्कीका अध्यक्ष सन्जयकान्त सिग्देलको भनाइ छ।

    रंगशालाको पश्चिम भागमा सेती नदीले वर्षेनी जग्गा कटान गर्दै आएको र सोको संरक्षणका लागि छुट्टै डीपीआर आवश्यक पर्ने देखिएपछि रंगशाला निर्माण कार्य नै रोकिएको छ। शहरी विकास तथा भवन शाखामार्फत रंगशाला बनाउन अर्थ मन्त्रालयसँग सहमति लिन पहल भइरहेको गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका खेलकुद महाशाखाका सचिव विनोद बहादुर कुँवरले बताए।

    प्रदेश सरकारले भने गत वर्ष तयार गरेको रंगशालाको डीपीआरमा नदी कटान क्षेत्रको संरक्षण कसरी गर्ने भन्ने निर्क्यौल नहुँदा रंगशाला निर्माण कार्य अगाडि बढ्न नसकेको बताएको छ।

    _______

    हामीसँग फेसबुक, ट्वीटर, यूट्यूब तथा इन्स्टाग्राममा जोडिन सक्नु हुनेछ।

         फेसबुकमा जोडीनुहोस :

    प्रतिकृया दिनुहोस्

    लुम्बिनीमा बेथितिको चाङः मुख्यमन्त्रीका प्रेस संयोजकको ‘पत्रिका’लाई प्रदेश सरकारको २० लाख

    बुटवल – सरकार परिवर्तनसँगै लुम्बिनी प्रदेश सरकार बेथितिको पर्याय बन्न बनेको छ। प्रदेशको आर्थिक वर्ष...

    फेसबुकले नाम परिवर्तन गर्दै

    वासिङटन। फेसबुकले कम्पनीलाई रि–ब्रान्ड गर्न अर्को हप्ता नै नयाँ नाम राख्ने तयारी गरेको बताएको छ।...

    राष्ट्रिय जनगणनामा किरात राई एकताको लागि जातिको महलमा ‘राई’ लेखौ- मुकारुङ (भिडियो सहित)

    काठमाडौं – वरिष्ठ लेखक तथा साहित्यकार राजन मुकारुङले राज्यले गर्ने विभेदविरुद्ध बृहत एकता गरी शक्तिशाली...

    महाकालीमा फसेकाहरुलाई उद्धारका लागि समस्या, हेलिकप्टरबाट उद्धार गर्ने तयारी

    काठमाडौं – सुर्खेत महाकाली नदीको बाढीमा फसेका भीमदत्त नगरपालिका–९ मसेट्टीका पाँच जनाको उद्धारको लागि हेलिकप्टर...

    विराटनगर विमानस्थल जलमग्न, सबै उडान बन्द

    विराटनगर – अविरल बर्षाका कारण विराटनगर  विमानस्थलबाट उडान हुने सबै सेवा बन्द भएको छ। विमानस्थल...