News Portal

खोटाङको केपिलासगढी गाउपालिका सिप्तिलि-४ देखि बबु ७ सुङदेलसम्म जाने सडक निर्माण सुरु

“निकट भविष्यमा सिलिचोङ साल्पासम्म जाने लक्ष्य रहेको छ: गाउपालिका”

हिमालीसंचार संवाददाता
९२९ पटक

बाक्सिला – खोटाङ जिल्लाको केपिलासगढी गाउपालिक सिप्तिलि-४ हुदै सुङदेलको बबु-७ सम्मको सडक खण्डको निर्माण कार्य शुरु भएको गाउपालिका अध्यक्ष कृष्ण कुमार राईको नेतृत्वको टोलीले स्थलगत अनुगमन गरेका छन् ।

यस परियोजना अन्तर्गत उपभोक्ता समितिमार्फत माघ १३ गतेदेखि सडक निर्माण सुरु गरिएको हो । विस्तारित सड्क खण्डको निकट भविष्यमा विस्तार गर्दै सिलिचोङ साल्पासम्म लगिने गाउँपालिकको लक्ष्य रहेपनी अहिलेलाई बाक्सिलाको सिप्तिलिदेखि सुङदेलको बबुसम्मको सडक खण्ड शुरु गरिएको हो । 

निर्माणाधिन सडक खण्डको केपिलासगढी गाउँपालिकाका अध्यक्ष कृष्ण कुमार राई, उपाध्यक्ष हिरादेवी वन, प्रमुख प्रशासकीय अधिकृत छविलाल राई लगायतको टोलीले स्थलगत निरीक्षण गरेका हुन्  । अध्यक्ष राईले सामाजिक संजाल मार्फत जानकारी दिदै सो कुरा बताएका हुन् तर अध्यक्ष राईले कति किलोमिटर, कति बजेट विनियोजन भएको कुनै उल्लेख गरेका छैनन्।

सिलिचोङ साल्पा सडक खण्ड विस्तार गर्ने क्रममा धार्मिक दृष्टिकोणले वडा नं.७ सुङदेलको अन्तिम गाउँ दोर्को भन्दा माथीको मुन्दुम विशेष क्षेत्रको संरक्षण गर्दै पदयात्राको लागि विशेष पदमार्ग फराकिलो मार्ग विस्तार गरेर लैजान स्थानीय युवाहरुको जोड रहेको छ।  किरात मुन्दुम र मुल्य मान्यताको आधारमा विकासका रेखाहरु कोर्न सकेमा ऐतिहासिक मुल्य मान्यताहरुको दीर्घकालिन संरक्षण गर्न सकिने स्थानीय युवाहरुको जोड रहेको छ। 

पछिल्लो समय विकासका नाउमा महत्वपुर्ण धरोहरहरुको विनास गरिएको हुनाले हरेक गाउँका महत्वपूर्ण अस्तित्व वोकेका “पाटी पौवा, ढुंगे धारा, चौतारा वरविपल जस्ता आस्थाका धरोहर सांस्कृतिक संरचनाहरु माथी हमला गरी अस्तित्व नामेट भई रहेको छ। यस्ता महत्वपूर्ण आस्था र सांस्कृतिक संरचनाहरुको जगेर्ना गर्न प्रत्येक युवा, जनप्रतिनिधिहरुको दाईत्व हो। धार्मिक सहिष्णुता र अस्तित्वको ख्याल गर्नु पर्ने स्थानीय मुन्दुमवीदहरुको विशेष अनुरोध समेत रहेको छ। 

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...