News Portal

खोटाङको केपिलासगढी गाउपालिका सिप्तिलि-४ देखि बबु ७ सुङदेलसम्म जाने सडक निर्माण सुरु

“निकट भविष्यमा सिलिचोङ साल्पासम्म जाने लक्ष्य रहेको छ: गाउपालिका”

हिमालीसंचार संवाददाता
८८४ पटक

बाक्सिला – खोटाङ जिल्लाको केपिलासगढी गाउपालिक सिप्तिलि-४ हुदै सुङदेलको बबु-७ सम्मको सडक खण्डको निर्माण कार्य शुरु भएको गाउपालिका अध्यक्ष कृष्ण कुमार राईको नेतृत्वको टोलीले स्थलगत अनुगमन गरेका छन् ।

यस परियोजना अन्तर्गत उपभोक्ता समितिमार्फत माघ १३ गतेदेखि सडक निर्माण सुरु गरिएको हो । विस्तारित सड्क खण्डको निकट भविष्यमा विस्तार गर्दै सिलिचोङ साल्पासम्म लगिने गाउँपालिकको लक्ष्य रहेपनी अहिलेलाई बाक्सिलाको सिप्तिलिदेखि सुङदेलको बबुसम्मको सडक खण्ड शुरु गरिएको हो । 

निर्माणाधिन सडक खण्डको केपिलासगढी गाउँपालिकाका अध्यक्ष कृष्ण कुमार राई, उपाध्यक्ष हिरादेवी वन, प्रमुख प्रशासकीय अधिकृत छविलाल राई लगायतको टोलीले स्थलगत निरीक्षण गरेका हुन्  । अध्यक्ष राईले सामाजिक संजाल मार्फत जानकारी दिदै सो कुरा बताएका हुन् तर अध्यक्ष राईले कति किलोमिटर, कति बजेट विनियोजन भएको कुनै उल्लेख गरेका छैनन्।

सिलिचोङ साल्पा सडक खण्ड विस्तार गर्ने क्रममा धार्मिक दृष्टिकोणले वडा नं.७ सुङदेलको अन्तिम गाउँ दोर्को भन्दा माथीको मुन्दुम विशेष क्षेत्रको संरक्षण गर्दै पदयात्राको लागि विशेष पदमार्ग फराकिलो मार्ग विस्तार गरेर लैजान स्थानीय युवाहरुको जोड रहेको छ।  किरात मुन्दुम र मुल्य मान्यताको आधारमा विकासका रेखाहरु कोर्न सकेमा ऐतिहासिक मुल्य मान्यताहरुको दीर्घकालिन संरक्षण गर्न सकिने स्थानीय युवाहरुको जोड रहेको छ। 

पछिल्लो समय विकासका नाउमा महत्वपुर्ण धरोहरहरुको विनास गरिएको हुनाले हरेक गाउँका महत्वपूर्ण अस्तित्व वोकेका “पाटी पौवा, ढुंगे धारा, चौतारा वरविपल जस्ता आस्थाका धरोहर सांस्कृतिक संरचनाहरु माथी हमला गरी अस्तित्व नामेट भई रहेको छ। यस्ता महत्वपूर्ण आस्था र सांस्कृतिक संरचनाहरुको जगेर्ना गर्न प्रत्येक युवा, जनप्रतिनिधिहरुको दाईत्व हो। धार्मिक सहिष्णुता र अस्तित्वको ख्याल गर्नु पर्ने स्थानीय मुन्दुमवीदहरुको विशेष अनुरोध समेत रहेको छ। 

प्रतिकृया दिनुहोस्

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा, निर्वाचन आयोगमाथि आरोप

काठमाडौं, ६ माघ – नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार हाजिरी...

झापा–५ बाट ओलीको मनोनयन दर्ता

काठमाडौं, माघ ६ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा–५ बाट...

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...