News Portal

  • कर्णालीका हिमाली जिल्लामा खाद्यान्न अभाव

    प्रति क्वीन्टल ५ हजार १ सयमा पाइने चामल हाल सदरमुकामबाट गाउँमा पुर्याउँदा करिब १५ हजार पर्ने गर्दछ।

    हिमालीसंचार संवाददाता
    ३७६ पटक

    सुर्खेत – कर्णालीका हिमाली जिल्लाका स्थानीय पालिकाहरुमा खाद्यान्नको अभाव भएको छ। चाडपर्व नजिकिदै गर्दा खाद्यान्नको अभाव भएको हो। ढुवानीको जिम्मा लिएका कम्पनीहरुले समयमानै सम्बन्धीत ठाउँमा खाद्यन्न नपुर्याउँदा खाद्यान्न अभाव सृजना भएको हो।

    कोरोना सक्रमणका कारण भएको लकडाउनमा चीनसँगका सिमा नाका बन्द भएपछि उपल्लो डोल्पामा खाद्यान्न संकट चुलिएको त्यहाँका पालिकाहरुले बताएका छन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चीन हुँदै माथिल्लो डोल्पाका डोल्पोवुद्ध र शे–फोक्सुण्डो गाउँपालिकामा पठाउने खाद्यान्न सिमा नाका बन्द भएकाले ढुवानी हुन नसक्दा संकट चुलिएको हो।

    स्थानीय स्तरमा उत्पादन भएको आलु, उवा र जौ लगायतका स्थानीय खाद्यन्न सकिएको भन्दै त्यहाँका नागरिकहरुले अब विहान बेलुकाको छाक टार्न पनि समस्या भएको बताएका छन्। यस्तो अवस्थामा नागरिकलाई भोकबाट बचाउन सरकारले वैकल्पिक उपाय खोज्नु पर्ने डोल्पोवुद्ध गाउँपालिकाका अध्यक्ष तेम्बा गुरुङले बताउनुयो।

    अध्यक्ष गुरुङका अनुसार सरकारले उपलब्ध गराउँदै आएको प्रति क्वीन्टल ५ हजार १ सयमा पाइने चामल हाल सदरमुकामबाट गाउँमा पुर्याउँदा करिब १५ हजार पर्ने गरेको छ। शे–फोक्सुण्डो गाउँपालिका –८ का अध्यक्ष निमा लामाले आफूहरुले कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढालाई तत्काल हेलिकप्टर मार्फत खाद्यान्न ढुवानी गर्ने व्यवस्था गरिदिन अनुरोध जानकारी दिनुभयो।

    आर्थिक बर्ष ०७७/०७८ मा खाद्य संस्थान केन्द्रिय कार्यालयले मुगुका चारवटै स्थानीय तहका लागि छुट्याएको खाद्यन्न समयमै ढुवानी हुन सकिरहेको छैन्। खाद्य संस्थान मुगु शाखाको ११ हजार क्विन्टल मध्ये सुर्खेतबाट खड्का निर्माण सेवाले ३ सय २० क्विन्टल खाद्यान्न ढुवानी गरेको छ।

    राजापुर र नेपालगंजबाट ढुवानीको जिम्मा लिएको बराल ढुवानी सेवाले हालसम्म ढुवानी गरेको छैनन। खत्याड गाँउपालिकामा रहेको श्रीकोट डिपाको ढुवानीको जिम्मा लिएको शिद्धार्थ ढुवानी सेवा र रातापानी बिक्रि केन्द्रमा ढुवानीको जिम्मा लिएको बराल ढुवानी सेवालेपनी ढुवानी नगरेको बताइएको छ।

    सोरु गाँउपालिकाको सोरुकोट डिपो र कालै बिक्री केन्द्रको ढुवानी जिम्मा लिएको शर्मा ढुवानी सेवालेसमेत ढुवानी गरेका छैनन।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज ३१ गतेको राशिफल

    आज असोज ३१, २०८२ (अक्टोबर १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    दीपक बस्नेतको पहलमा झापाकी असाय आमा जानुका चौधरीको घर निर्माणमा देश–विदेशबाट सहयोग

    कुवेत-झापा कन्काई नगरपालिका–४ मनकामना टोलकी ७५ वर्षीया असाय आमा जानुका चौधरीको जीवनमा नयाँ उज्यालो छाएको...

    ठूलो मान्छे हैन, असल‌ मान्छे बन्नु !

    कमला थापा / २०८२ असोज ३० गते। उक्त भनाइ राजनेता विपी कोइरालाको हो। विपी कार्यकर्ताहरुलाई...

    एमालेको आरोप– सरकारले चुनाव गराउने बाटो छोडेको

    काठमाडौँ, असोज ३० – नेकपा एमालेले वर्तमान सरकार चुनाव गराउने दिशामा काम नगरेको दाबी गरेको...

    महँगो अस्पताल, सस्तो नर्स: नर्स–अस्पताल विवाद गहिरिँदै

    पोखरा, असोज ३० –  गण्डकी प्रदेशका दुई प्रमुख शिक्षण अस्पताल, मणिपाल र गण्डकी मेडिकल, का...