News Portal

  • दिनेश प्रतिस्ठानलाई डिभिजन वनले दियो साढे ११ लाख, चौतर्फी विरोध

    हिमाली संचार संवाददाता
    ४१८ पटक

    २०७७ असार २५, बिहीबार
    सुर्खेत – अवैधरुपमा निर्माण भई काम रोकिएको दिनेश स्मृति प्रतिस्ठानलाई डिभिजन वनले दियो साढे ११ लाख रकम चौतर्फी विरोध भएपछि वीरेन्द्रनगर घन्टाघर नजिक निर्माण स्थगित भएको दिनेश स्मृति प्रस्ठानलाई डिभिजन वन कार्यालय सुर्खेतले साढे ११ लाख रकम भुक्तानी दिएको छ।

    उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा वीरेन्द्रनगर नगपालिकाले आफ्नो क्षेत्राधिकार बाहिर गएर पार्क निर्माणको लागी स्वीकृति दिएको थियो।

    हाल त्यसक्षेत्रमा सामान्य जग निर्माणको काम मात्रै भएको छ। डिभिजन वन कार्यालले दुई पटक गरेर अवैधानिक तरिकाले पार्क निर्माण हुन लागेको संस्थालाई रकम भुक्तानी दिएको छ।

    कार्यालयका प्रमुख गोविन्द्र प्रसाद दाहलको निर्देशनमा काम स्थगित भएको संस्थाको नाममा यही असार २४ गते दुई लाख रकम भुक्तानी दिईएको छ।

    यसअघि कार्यालयले साढे ९ लाख रकम भुक्तानी दिईसकेको थियो। यसरी विधि र प्रकृया नपुराएर क्षेत्राधिकार नाघेर नगरपालिकाले स्वीकृत दिएको संस्थालाई कार्यालयले रकम दिएर जनताको करबाट आएको रकमको दुरुपयोग भएको छ।

    यस्तै नागरिक समाज संस्थाका प्रतिनिधिहरुले यस सम्बन्धि सत्य तथ्य पत्ता लगाउन माग गर्दै आएका छन। उनिहरुले क्षेत्राधिकार नाघ्ने नगरपालिका, डिभिजन वन र प्रतिस्ठानलाई छानविनको दायरामा ल्याउन माग गरेका छन।

    अहिले त्यसक्षेत्रमा लगानी गरेको रकम बालुवामा पानी हाले शरह भएको छ। नगरपालिकाले २०७६ चैत ७ गते वीरेन्द्रनगरमा मुटुमा रहेको जमिन व्यक्तिका नाममा पार्क निर्माण गर्न भन्दै स्वीकत दिएको थियो।

    पार्क निर्माणको काम शुरुभएपछि विभिन्न क्षेत्रबाट यसको विरोध भएपछि नगरपालिकाले काम रोक्न डिभिजन वनलाई निर्देशन दिएको हो।

    पार्क निर्माण विधि र प्रकृया नमिलेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्धा समेत परेको छ भने अहिले त्यो मुद्धा विचारधिन अवस्थामा रहेको छ।

    नगरपालिकाका प्रमुख टिकाराम ढकालले सुर्खेत उपत्यका नगर विकास समितिको लेटरप्याडको दुरुपयोग गर्दै २०७७ जेठ ९ गते पार्क निर्माण सम्बन्धि विभिन्न सर्तहरु सहितको पत्र नगर विकासको बोड बैठक निर्णय नहुदै आफूखुशि दुरुपयोग गरेका थिए।

    यदि कुनै संस्थालाई जग्गा दिनुपरे नगर विकास समितिको बोड बैठकबाट भएका निर्णयलाई संघिय विभागिय मन्त्रालयमा स्वीकृतिको लागी पठाउनुपर्ने कानुनी व्यवस्था रहेको छ।

    हालसम्म नगर विकास समितिको बोडले पुर्णता पाउन नस्कदा कुनै पनि निर्णय गर्ने काम भएको छैन।

    प्रतिकृया दिनुहोस्

    यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न परिपत्र

    काठमाडौं। गृहमन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले पनि कानूनी...

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal