News Portal

  • शिक्षकहरु उपभोक्ता समितिमा, स्थानीयलाई हकार्छ गाउँपालिकाको न्यायीक समिति !

    सूर्यज्योति माध्यमिक विद्यालयका शिक्षकहरु तिलकप्रसाद शर्मा, इन्द्रबहादुर राना र चित्रबहादुर खत्री विकास निर्माण, वन उपभोक्ता समूहरुमा बसेका छन्।

    मधुवन विसी २०७६ फागुन २६
    ३८८ पटक
    २०७६ फागुन २६

    सुर्खेत – पूर्वी सुर्खेतको सिम्ता गाँउपालिका वडा नम्बर १ स्थित सन्तोलामा रहेको एक विद्यालयमा कार्यरत शिक्षकहरु विभिन्न उपभोक्ता समितिहरुमा बसेको पाइएको छ। सूर्यज्योति माध्यमिक विद्यालयमा कार्यरत ३ जना शिक्षकहरु विभिन्न उपभोक्ता समितिमा बसेको पाइएको हो।

    विद्यालयको कामलाई समेत प्रभावित पारेर शिक्षकहरु लामो समयदेखि उपभोक्ता समितिहरुका विभिन्न पदमा बस्दा विद्यालयको पठनपाठनमा गम्भीर असर परेको छ।

    विद्यालयका शिक्षकहरु तिलकप्रसाद शर्मा, इन्द्रबहादुर राना र चित्रबहादुर खत्री विकास निर्माण, वन उपभोक्ता समूहरुमा बसेका छन्। शिक्षक शर्मा विभिन्न पाँचवटा उपभोक्ता समितिको पदमा बसेका छन्। उनी सीमा साल्झरी खानापनी योजना उपभोक्ता समितिको अध्यक्ष, तारकुला सिचाईँ कुलो उपभोक्ता समितिको अध्यक्ष, औलझ्यामा सामुदायिक वन समितिको उपाध्यक्ष, सूर्यज्योति कृषि सहकारीको अध्यक्ष र काँक्रेतरा सिचार्इँ कुलोको अध्यक्ष हुन्।

    पाँच वटा समितिमा बस्दा उनले आफ्नो मूल पेशा शिक्षणलाई कम प्राथमिकता दिएको स्थानीयहरु बताउँछन्।

    यो पनि पढ्नुहोस।

    तत्कालीन एमालेबाट निर्वाचित अध्यक्ष केसीलाई अख्तियारको पत्र

    यसैगरी विद्यालयका निमित्त प्रधानध्यापकसमेत रहेका इन्द्रवहादुर राना पनि दुईवटा उपभोक्ता समितिको पदाधिकारी छन्। उनी सुन्तोला सामुदायिक वन उपभोक्ता समितिको कोषाध्यक्ष र टाटे सिचाईँ कुलो निर्माण समितिको सचिव हुन्।

    अर्का शिक्षक चित्रबहादुर खत्रीपनि तीन वटा समितिको पदाधिकारी हुन्। उनी राम्री सामुदायिक वन उपभोक्ता समितिको सहसचिव, हाब्रेचुली वन समितिको सदस्य र सिम्तास्तरीय अर्गानिक कृषि समितिको सदस्य हुन्।

    शिक्षकहरु अन्य समितिमा आवद्ध हुन थालेपछि विद्यालयको शैक्षिक गुणस्तर खस्केको स्थानीय अभिभावकहरु बताउँछन्। साथै मूल पेशाभन्दा अन्य पेशामा शिक्षकहरु केन्द्रीत भएपछि आलोचनासमेत हुन थालेको छ।

    सो विद्यालय शिक्षकहरु नहुँदा पटक पटक विद्यार्थीहरु विभिन्न कारणले घाइते हुने गरेका छन्। गत माघमा विद्यालयभित्र विद्यार्थीहरु आपसमा विवाद हुँदा लडेर एक विद्यार्थी घाइते भएका थिए।

    सो विद्यालयमा यही फागुन २० गते कक्षा ६ मा अध्ययनरत तारा विक विद्यालयको छतबाट लडेर घाइते भएको स्थानीय ध्वजबहादुर पोख्रेले बताए। शिक्षकहरु नहुँदा विद्यालयमा अनुशासनहीन कार्य बढेको र पढाई समेत प्रभावित भएको उनले जनाए।

    यस विषयमा आफूले गाउँपालिकाको न्यायिक समितिमा जानकारी गराउँदा कुनै सुनुवाई नभएको उनको भनाइ छ। न्यायिक समितिले उल्टै शिक्षकहरु समितिमा बस्न पाइन्छ भन्दै हकारेको पोख्रेलले बताए।

    यो पनि पढ्नुहोस।

    डोजर काण्ड : गाउँपालिकाका अध्यक्ष केसीको राजीनामा माग

    विद्यालयका निमित्त प्रधानध्यापक समेत रहेका शिक्षक इन्द्रबहादुर रानाले आफू विभिन्न उपभोक्ता समूहमा बसेको स्वीकार गरे। उनले उपभोक्ता समितिमा बसेपनि विद्यार्थीको पठनपाठनमा कुनै वाधा नगरेको दावी गर्दै नियमित शिक्षण गराइरहेको जिकिर गरे।

    गाँउमा उपभोक्ता समितिमा बस्ने अन्य कुनै व्यक्ति नभएकाले स्थानीयको आग्रह अनुसार नै आफू विभिन्न समूहमा बसेको उनको भनाइ छ।

    शिक्षकहरु आफ्नो मूल पेशाभन्दा बाहिर विभिन्न समितिमा बस्न निमलने कर्णाली प्रदेश शिक्षा विकास निर्देशनालयले जनाएको छ।

    निर्देशनालयका निमित्त निर्देशक दीपा हमालले शिक्षकहरु अन्य सार्वजनिक पदमा बस्दा शैक्षिक गुणस्तर नहुने भएकोले बस्न नहुने बताइन्। उनले शिक्षकहरु अन्य पदमा बस्दा विभिन्न खालका समस्या, झमेला आउने भएकाले अन्य पदमा बस्दा शैक्षिक गतिविधि न्यून हुने हुँदा नबस्न आग्रह गरिन्।

    प्रतिकृया दिनुहोस्

    Himalisanchar.com
    Private group · 22,670 members
     

    Join Group

     

    यो Himalisanchar.com सबैको साझा Group हो। यसमा हजुरहरुले ताजा रोचक, ज्ञानवर्दक, नेपाली समाचार पढ्न सक्नुहुनेछ। आफ्ना साथीहरुलाई add गर्न नभुल्नुहोला।

    स्वास्थ्य चौकी भवन खोक्सामा बनाउनुपर्ने माग गर्दै नगरमा डेलिगेसन

    कटारी ।उदयपुरको कटारी नगरपालिका वडा नम्बर २ का स्थानीयले स्वास्थ्य चौकी भवन वडाको खोक्सामा निर्माण...

    छुट्टै संविधान संशोधन दर्ता गर्न राजपाका नेताहरु पुगे संसद सचिवालय

    काठमाडौं – राष्ट्रिय जनता पार्टीका नेताहरु छुट्टै संविधान संशोधन विधेयक दर्ता गर्न संसद सचिवालय पुगेका...

    कोरोना सर्ने डरले एक शिक्षकसहित स्थानीयले भत्काइदिए विद्यालय

    जाजरकोट – भारतबाट आएकालाई विद्यालयको भवनमा राख्न थालेको भन्दै जाजरकोट भेरेका स्थानीयले विद्यालय नै भत्काइदिएका...

    भारतसँग औपचारिक वार्ताको मिति पर्खिरहेका छौं : परराष्ट्रमन्त्री ज्ञवाली

    काठमाडौं – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सीमाका विषयमा भारतसँग औपचारिक वार्ताको प्रतीक्षा गरिरहेको बताएका छन्। शुक्रबार...

    ठोरीमा सीमा विवाद सल्टियो, कुलो विवाद बल्झियो !

    वीरगञ्ज – वीरगञ्ज–ठोरी हुलाकी सडक खण्डअन्तर्गत पर्साको ठोरीस्थित ठुटेखोलाको पुल सञ्चालनमा भारतीय पक्षले फेरि अवरोध...

    हामीसंग इनस्ट्राग्राममा जोडिनुहोस।

    नेपाली राष्ट्रिय गीत | सयौं थुगाँ…

    हिमालीसंचार डटकमको युटुबमा जोडिनुहोस।

    हामीसंग फेसबुकमा जोडीनुहोस।