News Portal

डोजर काण्ड : गाउँपालिकाका अध्यक्ष केसीको राजीनामा माग

हिमाली संचार संवाददाता
७५८ पटक

सुर्खेत २५, २०७६ फागुन : स्थानीय तहमा भ्रष्टाचार मौलाएको जनगुनासो बढिरहेकोबेला सुर्खेतको सिम्ता गाउँपालिका अध्यक्ष कबिन्द्र कुमार केसीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले निकालेको तथ्यांकमा भेरीगंगापछि बढी अनियमितता हुने स्थानीय तहमा सिम्ता गाउँपालिका पर्छ।

अध्यक्ष केसीको संलग्नतामा सिम्ता गाउँपालिकाको प्रशासनिक भवन निर्माण गर्ने भनिएको स्थल पातचौरमा आवश्यकताभन्दा धेरै घण्टासम्म डोजर चलाएर आर्थिक अपचलन गरेको आरोप लागेको छ।

साथै आर्थिक बर्ष २०७५/०७६ को युवा उद्यम कार्यक्रमको बजेट दुरुपयोग गर्दै आसेपासेले सञ्चालन गरिरहेका विभिन्न संस्थालाई दिएको आरोपसमेत लागेको छ।

अख्तियारले स्थानीयको उजुरीका आधारमा छानबिनसमेत थालेको छ। स्थानीय सरकारका प्रमूखविरुद्ध अख्तियारमा मुद्दा परेकाले अध्यक्ष पदबाट राजीनामा दिन माग गरिएको छ।

अख्तियारको उजुरीपछि युवा नेता प्रचण्ड पोखरेल र रवि किरण हमालले गाउँपालिकाका अध्यक्ष केसीले नैतिकताका आधारमा राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्ने माग गरेका छन्।

पोखरेल र हमालद्वारा जारी संयुक्त वक्तव्यमा विधि र पद्धतिलाई मान्ने भए राजीनामा गरेर निष्पक्ष छानबिनको बाटो स्थानीय सरकार प्रमुखले खोल्नुपर्ने उल्लेख गरिएको छ।

पोखरेल र हमालद्वारा जारी वक्तब्यमा गाउँपालिका अध्यक्षले गर्ने सार्वजनिक कार्यक्रम बहिष्कारका लागि आम नागरिकलाई अपील समेत गरेका छन्।

गाउँपालिका अध्यक्ष नजिक रहेका केही व्यक्तिले स्थानीय युवालाई अख्तियारको पत्र सार्वजनिक नगर्न बारम्बार टेलिफोनमा दबाव दिइएको र उनीहरुलाई जागिरको प्रलोभन समेत देखाइएको श्रोतले जनाएको छ।

सिम्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनकबहादुर हमालले समेत उक्त विवाद बाहिर नल्याउन भन्दै ती युवालाई टेलिफोन गरेका थिए। यद्यपी अख्तियारको पत्र अहिले संजालभर भाइरल बनेको छ।

यो पनि पढ्नुहोस।

तत्कालीन एमालेबाट निर्वाचित अध्यक्ष केसीलाई अख्तियारको पत्र

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...