News Portal

तत्कालीन एमालेबाट निर्वाचित अध्यक्ष केसीलाई अख्तियारको पत्र

हिमाली संचार संवाददाता
१०८५ पटक

सुर्खेत २३, २०७६ फागुन : अख्तियार दुरपयोग आयोग सुर्खेतले सिम्ता गाँउपालिकाको प्रशासनिक भवन निर्माण गर्दा तोकीएको स्थान भन्दा बाहिरको भू-भागमा अनावश्यक डोजर चलाएर आर्थिक हिनामिना गरेको भन्ने उजुरीका आधारमा सिम्ता गाँउपालिकाका अध्यक्ष कविन्द्र कुमार केसीलाई पत्र काटेको छ।

पातचौर साबिक राकम गाबिसको वडा नम्बर १ गजौडा अन्तर्गत पर्दछ भने अख्तियारको पत्रमा सिम्ता गाउँपालिक वडा नम्बर १ पातचौर भनिएपनी सिम्ता गाँउपालिकाको प्रशासनिक भवन निर्माणस्थल गाउँपालिकाको वडा नम्बर ६ मा पर्दछ।

गाउँपालिका अध्यक्ष केसीले आर्थिक वर्ष २०७५/७६ को युवा उद्यम कार्यक्रमको बजेट युवा उद्यमीहरुलाई नदिएर विभिन्न तालिमको नाममा रकम हिनामिना गरेको अख्तियारले जनाएको छ।

उक्त पत्रमा अनियमितता गरेको भनेर अख्तियारमा उजुर परेपछि हो वा होईन सोको स्पष्टीकरण माग्दै ७ दिन भित्र कागजात पेश गर्न भनेको थियोे। तर शाखा अधिकृत बिनोद सापकोटाद्वारा हस्ताक्षरित पत्र २०७६ फागुन ४ गते गाउँपालिकालाई काटिए पनि सो पत्र गुपचुप राखिएको थियोे।

गाउँपालिकाका अध्यक्ष केसी स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार खड्ग बहादुर पोखरेललाई पराजित गरेर तत्कालीन एमालेबाट बिजयी भएका थिए।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...