News Portal

तत्कालीन एमालेबाट निर्वाचित अध्यक्ष केसीलाई अख्तियारको पत्र

हिमाली संचार संवाददाता
९८३ पटक

सुर्खेत २३, २०७६ फागुन : अख्तियार दुरपयोग आयोग सुर्खेतले सिम्ता गाँउपालिकाको प्रशासनिक भवन निर्माण गर्दा तोकीएको स्थान भन्दा बाहिरको भू-भागमा अनावश्यक डोजर चलाएर आर्थिक हिनामिना गरेको भन्ने उजुरीका आधारमा सिम्ता गाँउपालिकाका अध्यक्ष कविन्द्र कुमार केसीलाई पत्र काटेको छ।

पातचौर साबिक राकम गाबिसको वडा नम्बर १ गजौडा अन्तर्गत पर्दछ भने अख्तियारको पत्रमा सिम्ता गाउँपालिक वडा नम्बर १ पातचौर भनिएपनी सिम्ता गाँउपालिकाको प्रशासनिक भवन निर्माणस्थल गाउँपालिकाको वडा नम्बर ६ मा पर्दछ।

गाउँपालिका अध्यक्ष केसीले आर्थिक वर्ष २०७५/७६ को युवा उद्यम कार्यक्रमको बजेट युवा उद्यमीहरुलाई नदिएर विभिन्न तालिमको नाममा रकम हिनामिना गरेको अख्तियारले जनाएको छ।

उक्त पत्रमा अनियमितता गरेको भनेर अख्तियारमा उजुर परेपछि हो वा होईन सोको स्पष्टीकरण माग्दै ७ दिन भित्र कागजात पेश गर्न भनेको थियोे। तर शाखा अधिकृत बिनोद सापकोटाद्वारा हस्ताक्षरित पत्र २०७६ फागुन ४ गते गाउँपालिकालाई काटिए पनि सो पत्र गुपचुप राखिएको थियोे।

गाउँपालिकाका अध्यक्ष केसी स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार खड्ग बहादुर पोखरेललाई पराजित गरेर तत्कालीन एमालेबाट बिजयी भएका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...