News Portal

कम्युनिस्टका चरित्रबारे पुष्पकमल दाहालका अभिव्यक्ति

हिमाली संचार संवाददाता
३४५ पटक

काठमाडौँ — नेकपा अध्यक्ष पुष्पकमल दाहालले केही दिनयता सत्तामा गएपछि कम्युनिस्टहरु आफ्नो आदर्शबाट विचलित हुने गरेको इतिहास र प्रसंग सुनाउँदै आएका छन् । यसका लागि दाहालले अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलन विघटनको इतिहास खोतल्ने गरेका छन् ।

सत्तामा गएपछि कम्युनिस्ट नेताहरुमा बिग्रने रोग रहेको, नेताहरु मनोगत हुने गरेको र यसका असरहरु नेपालमा देखिन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनको यो चिन्तामा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीमाथि गम्भीर प्रश्न देखिन्छ।

आफ्नै पार्टी नेतृत्वको झन्डै दुई तिहाई प्राप्त सरकार रहेको बेला पार्टीका कार्यकारी अध्यक्ष दाहालले सत्ता र पार्टीबीच तालमेल नभएको संकेत दिएका छन्। फागुन महिनाकै मात्र कुरा गर्दा दाहालले १ र ९ गते (शुक्रबार) गरी दुईपटक यस विषयमा बोलिसकेका छन्।

प्रधानमन्त्री ओलीले गृह जिल्ला झापा पुगेर (फागुन ४) पुगेर सरकार ढाल्ने षडयन्त्र भइरहेको बताएको केही दिनमा दाहालले सत्तामा गएपछि कम्युनिस्टहरुमा नैतिक, राजनीतिक र सांस्कृतिक भ्रष्टीकरण हुने गरेको अभिव्यक्ति दिए।
पार्टी कार्यालय धुम्बाराहीमा जनआन्दोलन तथा जनयुद्ध दिवसका सहिदहरुको सम्मानमा आयोजित कार्यक्रममा दाहालले भनेका थिए, ‘हाम्रो रोग हामी आफै हो। विरोधीले कहिल्यै पछार्न सकेनन्। आन्दोलन, क्रान्तिमा कम्युनिष्टहरु विजयी भएर आए। तर, सत्तामा पुगेपछि वैचारिक स्खलन र सांस्कृतिक स्खलनको प्रक्रिया, त्यागको ठाउँमा स्वार्थ हाबी हुँदै जाँदा काल त्यही भयो । उनले थप अगाडि भनेका छन्, ‘पहिलो र दोस्रो विश्वयुद्धमा तीन करोड मान्छे मरेर बनाइएको सोभियत संघ उल्टिएर पुँजीपति, साम्राज्यवादीको हातमा गयो। कम्युनिष्ट नेतामा भएको भ्रष्टिकरण, सत्तामा पुगेपछि सत्ता स्वार्थ, अन्धो भएर सबै चिज मनोगत ढंगले विश्लेषण गर्दा दुर्गति व्यहोर्नु पर्यो। हामीले त्यो पक्षमा ध्यान दिनुपर्छ।’

त्यसको एक सातापछि फागुन ९ (शुक्रबार) गते भक्तपुरमा कम्युनिस्ट पार्टीका संस्थापक नेता नारायणविलास जोशी स्मृति प्रतिष्ठानको भवन शिलान्यास कार्यक्रममा दाहालले भने, ‘हिजो मृत्युलाई पनि हाँसीहाँसी सामना गर्न सक्ने मान्छेहरुमा शासन हातमा आइसकेपछि बिस्तारै जनताबाट कटेको जस्तो देखिने गर्छ। पहिलो विश्वयुद्ध र दोस्रो विश्वयुद्धमा झन्डै तीन करोड मान्छे मारिए।
पुँजीपतिहरुले चलाखीसाथ सत्ता लगे। कम्युनिस्टपार्टीको नेतृत्वनै आफ्नो आदर्शबाट च्यूत भएपछि आफैंले आफैलाई सिध्याउने रहेछ। यसो हेर्‍यो भने हाम्रो पनि त्यही नियति त्यतै जाने खतराका संकेतहरु देखियो। अहिले भैसक्यो भन्या हैन। मेरो भनाईलाई बढि नबुझियोस्। तर, संकेत त त्यति राम्रा देखिएनन् नि। आजभोलि यसो घटना हेर्‍याैं मान्छेहरु बिग्रिने–बिग्रनेतिर जस्तो देखिदैं छ।’

लगातार दाहालको यस्तो अभिव्यक्ति किन आएको होला? राजनीतिक विश्लेषक कृष्ण खनाल भन्छन्, ‘दाहालको निशाना बेला–बेला केपी ओलीतिर जान्छ। ओलीले त्यसको प्रतिवाद गरिसकेपछि दाहालले फेरि अर्कोतिर ‘ड्राईभट’ गर्न खोज्छन्। उनीभित्र एउटा छटपटाहट छ, कहिले आफ्नो पालो आउने हो भनेर,’ उनले इकान्तिपुरसित भने, ‘अहिले नेकपाको आन्तरीक स्थितिलाई हेर्ने हो भने हत्पत्ति पार्टीले दाहालाई नेतृत्व स्वीकार गर्लाजस्तो लाग्दैन। त्यसकारण बेला–बेला अत्तालिएका अभिव्यक्ति, असुरक्षाका अभिव्यक्ति हुन्।’

तर, नेकपा स्थायी कमिटी सदस्य युवराज ज्ञवाली भने अध्यक्ष दाहाल पार्टीको नीति, विचार र दृष्टिकोण अनुसार नै बोलेको दाबी गर्छन्। ‘सत्तामा पुग्दा सुविधा भोग, आर्थिक प्रलोभनको कुरामा लगाव बढ्ने खतरा रहन्छ। त्यसकारण यस्ता कुरामा सर्तक हुनुपर्छ भनेर हाम्रो पार्टीको मुल दस्तावेजमा लेखिएको छ।

पछिल्लो केन्द्रीय कमिटीमा आएका दस्तावेजमा पनियी कुरा लेखिएको छ। अध्यक्षले अहिले जे बोल्नु भएको छ, ठिक बोल्नु भएको छ,’ ज्ञवालीले भने, ‘पछिल्ला घटनाक्रम त्यस्तै पनि देखिए। उहाँको अभिव्यक्ति सरकार माथिको आक्रमण होईन। सरकारमा पुग्दा यस्तो प्रवृत्ति देखिन्छ है, यसमा होसियार बन भनेर शिक्षाको रुपमा बुझ्नुपर्छ। सरकारको विरोधको रुपमा हैन।’

राजनीतिक विश्लेषक हरि रोकाको बुझाई केही फरक छ।‘स्पष्ट बहुमतको कम्युनिष्ट सरकार बनिसकेपछि पनि भ्रष्टाचारका धेरै घटना घटेको देखिन्छ। मतलव यो सत्ताले छरेको वितृष्णालाई लिएर उहाँले यस्ता अभिव्यक्ति दिनु भएको होला,’ रोकाले इकान्तिपुरसित भने, ‘तर, त्यसभित्र उहाँ पनि पर्नुहुन्छ नि।यी सबै कुरा रोक्न नीतिगत र सांगठनिक रुपबाट के गर्नुभयो? यस्तो प्रवृत्ति देखा पर्दा पार्टीले किन सामुहिक उत्तरदायित्व पुरा गर्न सकेन भन्ने प्रश्न उहाँसँग पनि जोडिएर आउँछ।’

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...

कुवेतस्थित नेपाली दूतावासको ‘कमेन्ट बन्द’ निर्णयप्रति श्रमिक असन्तुष्टि चुलिँदै

कुवेत– कुवेतस्थित नेपाली दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमा कमेन्ट गर्न नपाउने व्यवस्था लागू गरेपछि त्यहाँ...

गगन थापा भन्छन्: ‘राजीनामा हार स्वीकारेको संकेत होइन’

काठमाडौं, ५ चैत — नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो राजीनामालाई पराजित सोचसँग जोडेर नहेर्न...

कुवेतस्थित नेपाली दूतावासको फेसबुक पेजमा कमेन्ट किन बन्द गरियाे?

काठमाडौँ–  नेपाली दूतावास कुवेतले आफ्नो आधिकारिक फेसबुक पेजमा आउने कमेन्टहरू बन्द गरेपछि यतिबेला उक्त निर्णयबारे...