News Portal

  • एनआरएनएका प्रवक्ता र सल्लाहकारलाई हटाउन कार्यसमिति सदस्यको माग

    हिमाली संचार संवाददाता
    ६१५ पटक

    अमेरिका २३, २०२० जनवरी : गैर आवासिय नेपाली संघ एनसीसी अमेरिका (एनआरएनए)का सदस्यहरुले विवादमा परेका प्रवक्ता र सल्लाहकारलाई हटाउनका लागि आकस्मिक वैठक डाक्न महासचिवसंग आग्रह गरेका छन्।

    कार्यसमितिका १५ जनाभन्दा वढी पदाधिकारी विवादमा परेका प्रवक्ता र सल्लाहकार हटाउनुपर्छ भन्ने पक्षमा रहेकोे कार्यसमितिका पदाधिकारीले नै जानकारी दिएको हिमालयखबरले जनाएको छ।

    बर्तमान कार्यसमितिले नियुक्त गरेका प्रवक्ता ओम भट्टराई र सल्लाहकार शिव मल्लले सिधाकुरा नामक नक्कली आईडी बनाएर  अमेरिकामा आफुलाई मन नपरेका व्यक्ति माथि जथाभावी लेख्ने गरेको आरोप लागेपछि एनआरएनए अमेरिका कार्यसमिति सदस्यहरुले प्रवक्ता र सल्लाहकार हटाउन जोडदार माग गरेका हुन्।

    बुधवार प्रशन्न संग्रौलाले सिधाकुरा मार्फत जथाभावी लेख्ने प्रवक्ता भट्टराई र सल्लाहकार मल्ल नै भएको दावी गर्दै फेसबुक मार्फत विवरणहरु सार्वजनिक गरेका थिए।

    तर, प्रवक्ता भट्टराईले भने यसको खण्डन गरेका छन। आफ्नो व्यक्तिगत र सामाजिक प्रतिष्ठामा आंच आउने गरी आरोप लगाईएको दावी गर्दै प्रवक्ता भट्टराईले आरोप लगाउनेलाई तत्काल माफी माग्न भनेका छन। होइन भने कानुनी उपचारका लागि अदालत जाने पनि प्रवक्ता भट्टराईले जनाएका छन।

    सिधाकुरालाई अमेरिकामा विभिन्न व्यक्तिका वारेमा जथाभावी व्यक्तिगत र विवादस्पद कुरा लेख्ने गरेको आरोप पहिल्लै देखि लाग्दै आएको थियो। यसका पिडितले सिधाकुराका संचालकको चरित्रमा प्रश्न उठाउंदै फेसबुक मार्फत त्यही शैलीमा जथाभावी लेखेका पनि थिए।

    सधै विवादलेग्रस्त एनआरएनए अमेरिकामा वुधवार वेलुका देखि समाजिक संजाल र केही अनलाइनमा प्रशन्न संग्रौलाले सार्वजनिक गरेको विवरणका वारेमा टिकाटिप्णी भईरहेको छ। संग्रौलाले के उद्देश्यले यस्ता विवरण सार्वजनिक गरे यो प्रष्ट छैन।

    अमेरिकावाट संचालित अनलाइन इनेप्लिजका विजय थापाले आफ्नो बाइलानमा समाचार लेख्दै अमेरिका जस्तो मुलुकमा नेपालीले मानिसको मल(आची) खाएको भन्दा पनि घृणित काम गरेका छन् भन्ने टिप्पणी गरेका छन।

    उक्त समाचारमा नेपालीले आफूले बोकेको कुसंस्कार अमेरिका भित्र्याएर समाजिक संजाल मार्फत छद्मभेषीको रुपवाट आफ्नै नेपाली दाजुभाईलाई बदनाम, तथानाम गाली गैलौच गर्ने काम गर्दै आएका छद्मभेषी नेपालीको पहिचान भएको समाचारमा उल्लेख छ।

    महासचिवले एक दुई दिन भित्रै आकस्मिक बैठक डाक्ने आश्वासन दिएको अर्का कार्यसमिति सदस्यले वताए। संस्थाको एउटा गरिमा हुन्छ, समाजिक संस्थामा विवादमा मुछिएपछि बाहिर बस्नुनै उचित हुन्छ, ती सदस्यले भने यसरी नै संस्था चलाउने हो भने हामी छि-छि र दुर-दुरको पात्र बन्छौं।

    एनआरएनए अमेरिका पहिले भन्दा कमजोर वन्दै गएको अवस्थामा यस्तो विवाद आएको छ। संस्थाको पक्षमा समाजमा सकरात्मक प्रभाव पार्न अध्यक्षले आफ्नो सहयोगका लागि प्रवक्ता नियुक्त गरेका हुन।

    एनआरएनए कार्यसमितिका सदस्यले महासचिवले आकस्मिक वैठक नडाके वा कार्यसमितिका बहुमत सदस्यले निर्णय कार्यान्वयन नगरे अध्यक्ष सुनिल शाहविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनसम्मको धम्की दिएका छन।

    हामी तीन सय साधारण सदस्यको हस्ताक्षर सहित अध्यक्ष हटाउन विशेष साधारण सभा माग गर्न  सक्छौ कार्यसमिति सदस्यले भने। संस्थाले विज्ञ भेला र साधारण सभाको हुन भन्दा केही महिना अघि यस्तो विवाद आएको हो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

    रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण...

    रास्वपाले छिट्टै सत्ता सम्हाल्ने दाबी : डा. स्वर्णिम वाग्ले

    काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै...

    काठमाडौँमा मेलम्चीको पानी आपूर्ति रोकियो

    काठमाडौँ, कात्तिक २१ – काठमाडौँमा मेलम्ची खानेपानीको आपूर्ति बिहीबारदेखि पूर्ण रूपमा रोकिएको छ। भेण्डर, बाढी...

    सभामुख गाडीविहीन, राप्रपा सांसदले फिर्ता गरेको गाडी फेरि लिए

    पोखरा, कात्तिक २१ – जेनजी आन्दोलनपछि राजीनामाको घोषणासँगै संसद सचिवालयमा फिर्ता गरिएको गाडी फेरि राप्रपा गण्डकीका...

    “माथिल्लो कमाण्डको आदेशमै सबै काम भएको हो” — डीएसपी तिवारी

    काठमाडौं, कात्तिक २१ – भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा संसद भवन परिसरमा...