News Portal

एनआरएनएका प्रवक्ता र सल्लाहकारलाई हटाउन कार्यसमिति सदस्यको माग

हिमाली संचार संवाददाता
६७० पटक

अमेरिका २३, २०२० जनवरी : गैर आवासिय नेपाली संघ एनसीसी अमेरिका (एनआरएनए)का सदस्यहरुले विवादमा परेका प्रवक्ता र सल्लाहकारलाई हटाउनका लागि आकस्मिक वैठक डाक्न महासचिवसंग आग्रह गरेका छन्।

कार्यसमितिका १५ जनाभन्दा वढी पदाधिकारी विवादमा परेका प्रवक्ता र सल्लाहकार हटाउनुपर्छ भन्ने पक्षमा रहेकोे कार्यसमितिका पदाधिकारीले नै जानकारी दिएको हिमालयखबरले जनाएको छ।

बर्तमान कार्यसमितिले नियुक्त गरेका प्रवक्ता ओम भट्टराई र सल्लाहकार शिव मल्लले सिधाकुरा नामक नक्कली आईडी बनाएर  अमेरिकामा आफुलाई मन नपरेका व्यक्ति माथि जथाभावी लेख्ने गरेको आरोप लागेपछि एनआरएनए अमेरिका कार्यसमिति सदस्यहरुले प्रवक्ता र सल्लाहकार हटाउन जोडदार माग गरेका हुन्।

बुधवार प्रशन्न संग्रौलाले सिधाकुरा मार्फत जथाभावी लेख्ने प्रवक्ता भट्टराई र सल्लाहकार मल्ल नै भएको दावी गर्दै फेसबुक मार्फत विवरणहरु सार्वजनिक गरेका थिए।

तर, प्रवक्ता भट्टराईले भने यसको खण्डन गरेका छन। आफ्नो व्यक्तिगत र सामाजिक प्रतिष्ठामा आंच आउने गरी आरोप लगाईएको दावी गर्दै प्रवक्ता भट्टराईले आरोप लगाउनेलाई तत्काल माफी माग्न भनेका छन। होइन भने कानुनी उपचारका लागि अदालत जाने पनि प्रवक्ता भट्टराईले जनाएका छन।

सिधाकुरालाई अमेरिकामा विभिन्न व्यक्तिका वारेमा जथाभावी व्यक्तिगत र विवादस्पद कुरा लेख्ने गरेको आरोप पहिल्लै देखि लाग्दै आएको थियो। यसका पिडितले सिधाकुराका संचालकको चरित्रमा प्रश्न उठाउंदै फेसबुक मार्फत त्यही शैलीमा जथाभावी लेखेका पनि थिए।

सधै विवादलेग्रस्त एनआरएनए अमेरिकामा वुधवार वेलुका देखि समाजिक संजाल र केही अनलाइनमा प्रशन्न संग्रौलाले सार्वजनिक गरेको विवरणका वारेमा टिकाटिप्णी भईरहेको छ। संग्रौलाले के उद्देश्यले यस्ता विवरण सार्वजनिक गरे यो प्रष्ट छैन।

अमेरिकावाट संचालित अनलाइन इनेप्लिजका विजय थापाले आफ्नो बाइलानमा समाचार लेख्दै अमेरिका जस्तो मुलुकमा नेपालीले मानिसको मल(आची) खाएको भन्दा पनि घृणित काम गरेका छन् भन्ने टिप्पणी गरेका छन।

उक्त समाचारमा नेपालीले आफूले बोकेको कुसंस्कार अमेरिका भित्र्याएर समाजिक संजाल मार्फत छद्मभेषीको रुपवाट आफ्नै नेपाली दाजुभाईलाई बदनाम, तथानाम गाली गैलौच गर्ने काम गर्दै आएका छद्मभेषी नेपालीको पहिचान भएको समाचारमा उल्लेख छ।

महासचिवले एक दुई दिन भित्रै आकस्मिक बैठक डाक्ने आश्वासन दिएको अर्का कार्यसमिति सदस्यले वताए। संस्थाको एउटा गरिमा हुन्छ, समाजिक संस्थामा विवादमा मुछिएपछि बाहिर बस्नुनै उचित हुन्छ, ती सदस्यले भने यसरी नै संस्था चलाउने हो भने हामी छि-छि र दुर-दुरको पात्र बन्छौं।

एनआरएनए अमेरिका पहिले भन्दा कमजोर वन्दै गएको अवस्थामा यस्तो विवाद आएको छ। संस्थाको पक्षमा समाजमा सकरात्मक प्रभाव पार्न अध्यक्षले आफ्नो सहयोगका लागि प्रवक्ता नियुक्त गरेका हुन।

एनआरएनए कार्यसमितिका सदस्यले महासचिवले आकस्मिक वैठक नडाके वा कार्यसमितिका बहुमत सदस्यले निर्णय कार्यान्वयन नगरे अध्यक्ष सुनिल शाहविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनसम्मको धम्की दिएका छन।

हामी तीन सय साधारण सदस्यको हस्ताक्षर सहित अध्यक्ष हटाउन विशेष साधारण सभा माग गर्न  सक्छौ कार्यसमिति सदस्यले भने। संस्थाले विज्ञ भेला र साधारण सभाको हुन भन्दा केही महिना अघि यस्तो विवाद आएको हो।

प्रतिकृया दिनुहोस्

रङ्गेलीमा आगलागीबाट तीन घर जलेर नष्ट

रविन्द्र बराल –मोरङको रङ्गेली नगरपालिका–९, फर्साडाँगीस्थित शान्तिटोलमा मंगलबार दिउँसो भएको आगलागीबाट तीन वटा घर जलेर...

आवश्यक परे सवारीमा जोर–बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले थप कडाइका उपायहरू...

पेट्रोलियम पदार्थको आयातमा कर छुट : मूल्य नियन्त्रणका लागि सरकारको कदम

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको बढ्दो मूल्यलाई नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले आयातमा लाग्ने करमा...

डाटा सकिँदा स्वतः रकम नकट्ने व्यवस्था गर्दै नेपाल टेलिकम

काठमाडौं, चैत २४ – नेपाल टेलिकम ले सेवामा सुधार गर्दै डाटा प्याकेज सकिएपछि स्वतः मोबाइल...

रंगेली मालपोत र नापी कार्यालयमा बिचौलिया निषेध

 रबिन्द्र बराल –  मोरङको रंगेली–७ स्थित मालपोत तथा नापी कार्यालयमा बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध...