News Portal

प्रहरी उपरीक्षक राठौरले समाते अबैध हुण्डी, बने प्रंशसाको पात्र

हिमाली संचार संवाददाता
६९१ पटक

अमित साह
बिरगंज ०७, २०७६ माघ : जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले १ करोड, ९६ लाख ५९ हजार, २ सय ४४ रुपैयाको हुण्डीका कारोवारीलाई प्रकाउ गरी कारवाही गराउनु भएको छ।

२०७६ साल जेठ २० गते देखी पर्सा जिल्लामा हाजिर भएका प्रहरी उपरीक्षक राठौरको कमाण्डमा खटिएको प्रहरीटोली बीरगंज नगरक्षेत्रको बिभिन्न स्थानहरुबाट श्रोत खुल्न नसकेका अबैध हुण्डीको रकम सहित ३६ जनालाई प्रकाउ गरी कारवाही प्रक्रिया अगाडी बढाएको जिल्ला प्रहरी कार्यलय पर्साको तथ्यांगले देखाएको छ।

प्रहरी उपरीक्षक राठौरको पर्सा जिल्लामा सक्रियताले गर्दा भन्सार छली अबैध तरिकाले चोरी पैठारी गरी बीरगंज तर्फ वा बीरगंजबाट भारतको रक्सौलतर्फ लुकाई छिपाई लगीरहेको अवस्थामा ७ करोड, २४ लाख, ७२ हजार, ५ सय ९५ रुपैया बराबरको तस्करीको समान नियन्त्रणमा लिई बीरगंज भन्सार कार्यलयमा पठाएको छ।

पर्सा प्रहरीले सुचनाको आधारमा वा गस्ती गर्दे रहेको बखतमा भन्सार छली गरी ल्याईरहेका २६ जनालाई तस्करहरुलाई नियन्त्रणमा लिई कारवाही समेत भएको छ। पर्सा जिल्लामा बिभिन्न मुद्धामा फरार रहेका ३०६ जना अपराधलाई प्रहरीले प्रकाउ गर्ने सफल भएको छ।

पर्सा जिल्ला अदालतबाट दोषी ठहर कैद र जरिवाना भएका ३०६ जना फरार अपराधीलाई प्रहरी उपरीक्षक राठौरको कमाण्डमा खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा लुकीछिपी बस्दै आएको बखतमा अपराधीहरुलाई प्रकाउ गरी कारवाही गराएको पर्सा जिल्ला अदालतको तथ्यांकले देखाएको छ।

प्रहरीले फरार भएका अपराधीहरुसंगबाट ६८ लाख, २२ हजार, २ सय ६६ रुपैया अदालतमा बिगो असुल गराएको पर्सा जिल्ला अदालतका कर्मचारीले बताएका छन। प्रहरी उपरीक्षक राठौरको ९ महिना भित्रमा नेपाल सरकारको राजस्वमा बुद्धी गराउन सफल भएका छन।

पर्सा जिल्लामा थौरै समयमा राजस्व बुद्धी गराउने पहिलो एसपी राठौर भएको बीरगंजवासीहरुको भनाई रहेको छ। उनले आफनो प्रहरी संगठन भित्र पनि प्रहरीमा सुधार ल्याएका छन।

एसपी राठौरले हरेक महिनामा प्रहरीसंग मासिक बैठक गरी अन्तरक्रिया कार्यक्रम समेत गरेको र जिल्लामा शान्ति सुरक्षाको अनुभुती दिलाउनका प्रहरी उपरीक्षक राठौरले प्रहरी अधिकुतहरुलाई निर्देशन दिने गर्नुभएको छ।

जिल्ला प्रहरी कार्यलय पर्साको संयुक्त आयोजनामा लैगिक हिसां तथा महिला हिंसा न्युनीकरण सम्बन्धी पर्चा पम्पलेट बितरण, बेबि नियन्त्रण बिषयमा हरेका महिना अन्तरक्रिया कार्यक्रमको आयोजना समेत गरीएको छ।

प्रहरी उपरीक्षक राठौरले प्रहरी ऐन बिपरीत कार्य गरेका एक दर्जन भन्दा बढी प्रहरीहरुलाई कारवाही समेत गर्नुभएको छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...