News Portal

प्रहरी उपरीक्षक राठौरले समाते अबैध हुण्डी, बने प्रंशसाको पात्र

हिमाली संचार संवाददाता
६४८ पटक

अमित साह
बिरगंज ०७, २०७६ माघ : जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले १ करोड, ९६ लाख ५९ हजार, २ सय ४४ रुपैयाको हुण्डीका कारोवारीलाई प्रकाउ गरी कारवाही गराउनु भएको छ।

२०७६ साल जेठ २० गते देखी पर्सा जिल्लामा हाजिर भएका प्रहरी उपरीक्षक राठौरको कमाण्डमा खटिएको प्रहरीटोली बीरगंज नगरक्षेत्रको बिभिन्न स्थानहरुबाट श्रोत खुल्न नसकेका अबैध हुण्डीको रकम सहित ३६ जनालाई प्रकाउ गरी कारवाही प्रक्रिया अगाडी बढाएको जिल्ला प्रहरी कार्यलय पर्साको तथ्यांगले देखाएको छ।

प्रहरी उपरीक्षक राठौरको पर्सा जिल्लामा सक्रियताले गर्दा भन्सार छली अबैध तरिकाले चोरी पैठारी गरी बीरगंज तर्फ वा बीरगंजबाट भारतको रक्सौलतर्फ लुकाई छिपाई लगीरहेको अवस्थामा ७ करोड, २४ लाख, ७२ हजार, ५ सय ९५ रुपैया बराबरको तस्करीको समान नियन्त्रणमा लिई बीरगंज भन्सार कार्यलयमा पठाएको छ।

पर्सा प्रहरीले सुचनाको आधारमा वा गस्ती गर्दे रहेको बखतमा भन्सार छली गरी ल्याईरहेका २६ जनालाई तस्करहरुलाई नियन्त्रणमा लिई कारवाही समेत भएको छ। पर्सा जिल्लामा बिभिन्न मुद्धामा फरार रहेका ३०६ जना अपराधलाई प्रहरीले प्रकाउ गर्ने सफल भएको छ।

पर्सा जिल्ला अदालतबाट दोषी ठहर कैद र जरिवाना भएका ३०६ जना फरार अपराधीलाई प्रहरी उपरीक्षक राठौरको कमाण्डमा खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा लुकीछिपी बस्दै आएको बखतमा अपराधीहरुलाई प्रकाउ गरी कारवाही गराएको पर्सा जिल्ला अदालतको तथ्यांकले देखाएको छ।

प्रहरीले फरार भएका अपराधीहरुसंगबाट ६८ लाख, २२ हजार, २ सय ६६ रुपैया अदालतमा बिगो असुल गराएको पर्सा जिल्ला अदालतका कर्मचारीले बताएका छन। प्रहरी उपरीक्षक राठौरको ९ महिना भित्रमा नेपाल सरकारको राजस्वमा बुद्धी गराउन सफल भएका छन।

पर्सा जिल्लामा थौरै समयमा राजस्व बुद्धी गराउने पहिलो एसपी राठौर भएको बीरगंजवासीहरुको भनाई रहेको छ। उनले आफनो प्रहरी संगठन भित्र पनि प्रहरीमा सुधार ल्याएका छन।

एसपी राठौरले हरेक महिनामा प्रहरीसंग मासिक बैठक गरी अन्तरक्रिया कार्यक्रम समेत गरेको र जिल्लामा शान्ति सुरक्षाको अनुभुती दिलाउनका प्रहरी उपरीक्षक राठौरले प्रहरी अधिकुतहरुलाई निर्देशन दिने गर्नुभएको छ।

जिल्ला प्रहरी कार्यलय पर्साको संयुक्त आयोजनामा लैगिक हिसां तथा महिला हिंसा न्युनीकरण सम्बन्धी पर्चा पम्पलेट बितरण, बेबि नियन्त्रण बिषयमा हरेका महिना अन्तरक्रिया कार्यक्रमको आयोजना समेत गरीएको छ।

प्रहरी उपरीक्षक राठौरले प्रहरी ऐन बिपरीत कार्य गरेका एक दर्जन भन्दा बढी प्रहरीहरुलाई कारवाही समेत गर्नुभएको छ।

प्रतिकृया दिनुहोस्

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा, निर्वाचन आयोगमाथि आरोप

काठमाडौं, ६ माघ – नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार हाजिरी...

झापा–५ बाट ओलीको मनोनयन दर्ता

काठमाडौं, माघ ६ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा–५ बाट...

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...