News Portal

~~~ गजल ~~~

हिमाली संचार संवाददाता
८९२ पटक

             ✍️संगीता पौडेल “स्मृति”

मेरो आयु पनि दिन्छु, तिमी नै बाँच्नु प्रिय
मलाई दिने त्यो माया उसैलाई साँच्नु प्रिय

परिवर्तन शिल दुनियाँमा हुँदैन उस्तै सधैं
पलाएका रहरहरु भित्र भित्र खाँच्नु प्रिय

त्यहाँ सारेकी छु, बगैंचामा सुन्दर फुलहरु
चढाउनु देवतालाई रातो गुलाब भाँच्नु प्रिय

प्रेम गर्छु अत्यन्तै, छौ यो हृदयको माझमा
रामले झै अग्नि परिक्षा लिएर जाँच्नु प्रिय

छुट्ने चाहना नै नहुँदा, बाध्यताले छुटायो
बिछ्याइदिएँ छाती तिमी टेकेर नाच्नु प्रिय।।

– अन्नपूर्ण गाउँपालिका – २ कास्की
हाल : युरोप

यो पनि पढ्नुहोस।

=== गजल ===

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

हुम्लामा भारी हिमपात, जनजीवन प्रभावित तर किसान खुसी

हुम्ला, १५ माघ – हुम्लामा लगातार दुई दिनसम्म परेको भारी हिमपातले जनजीवनलाई प्रभावित पारेको छ।...

सुनचाँदीको भाउमा तीव्र वृद्धि, एकैदिन तोलामा २० हजारभन्दा बढी महँगियो सुन

काठमाडौं, माघ १५ – नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ उचाइ लिँदै गएको छ ।...

पश्चिम बंगालमा Nipah भाइरस देखिएपछि नेपालमा सतर्कता कडा

काठमाडौं, माघ १५ – भारतको पश्चिम बंगालमा Nipah भाइरसका केही पुष्टि भएका केसहरू भेटिएपछि दक्षिण...

आज २०८२ साल माघ १५ गतेको राशिफल

आज माघ १५, २०८२ (जनवरी २९, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...