News Portal

=== गजल ===

हिमाली संचार संवाददाता
८०५ पटक

पहाड तराईका छुट्टाछुट्टै होली, अचम्म लाग्छ
नेताका भाषण र झुट्टा ती बोली, अचम्म लग्छ

छोराले किन्दछ चस्मा, र आइफोन प्रियालाई
आमाको शरिरमा थोत्रो चोली, अचम्म लाग्छ

कर्मचारी छन् ठेलमठेल, सबै कार्यालयहरुमा
भन्छन् आज हुँदैन आउ भोलि, अचम्म लाग्छ

हुन्न बिकास भौगोलिक परिवेशले, भन्दै देश लुटे
बिजुली निकाल्न देखेनन् खोली, अचम्म लाग्छ

मौलायो देशमा हत्या, हिंसा, तस्करी र भ्रष्टाचार
बिउँझेको छैनन् अनुगमन टोलि, अचम्म लाग्छ।।

~ संगीता पौडेल “स्मृति”
अन्नपूर्ण गाउँपालिका – २ कास्की
हाल : युरोप

प्रतिकृया दिनुहोस्

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...