News Portal

छाउ प्रथा विरुद्धको सन्देशमुलक नाटक “कठै तिन मास्टर” प्रदर्शनी

हिमाली संचार संवाददाता
८३९ पटक

काठमाडौ : छाउ प्रथा विरुद्ध सन्देश दिने उद्देश्यले निर्माण गरिएको नाटक “कठै ! तिन मास्टर” बुधबार राजधानीमा प्रदर्शन गरिएको छ।

विजयराज आचार्यको कथामा आधारित तथा पुष्पराज अवस्थीद्वारा निर्देशित उक्त नाटक राष्ट्रिय बाल नाटक महोत्सव २०७६ का अवसरमा कुञ्ज थीएटर, बानेश्वर काठमाडौंमा भब्यताका साथ मञ्चन भएको हो।

कैलालीको अत्तरियास्थित एभरेष्ट एकेडमीको प्रस्तुति रहेको नाटक नेपाली समाजमा जरा गाडेर बसेको छाउ प्रथाले मान्छेको जीवनमा पारेको असरसँग सम्बन्धित रहेको एभरेष्ट एकेडमीका प्रिन्सिपल स्माइल चौधरीले बताए।

चौधरीका अनुसार खास गरेर सुदूरपश्चिमका पहाडी जिल्लाहरुबाट बसाइ सरेर तराईंका जिल्लामा आइसके पछि पनि धर्म र संस्कारका नाममा महिनावारी हुँदा कसरी महिलाहरुलाई प्रताडित गरिन्छ भन्ने बारेमा नाटक केन्द्रित छ।

“कठै तिन मास्टर” राष्ट्रिय स्तरमै अभिनय गरेको बालबालिकाहरुको यो पहिलो अनुभव हो। नाटकमा आस्था भट्ट आशिका पन्डित, सन्तु भट्टराई, नेहा सिंह, प्रान्जल गुरागाँई, करन थापा, हेमन्त भट्ट र सुदिप जोशीले कलाकारका रुपमा अभिनय गरेका थिए। बालबालिकाको अभिनयले दर्शकहरु भावबिव्हल भएका थिए।

प्रतिकृया दिनुहोस्

पार्टी एकता जोगाउन मध्यमार्ग रोजेको हो : शेखर कोइराला

काठमाडौं, ८ माघ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएका मतभेद र आन्तरिक...

‘छौरा’ शब्दको अर्थलाई लिएर एमाले सचिव बस्नेत विवादमा, मधेशी समुदायको आपत्ति

जनकपुरधाम, ८ माघ – जनकपुरधाममा आयोजित एक राजनीतिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रयोग...

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं, ८ माघ — अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ बिहीबार घटेको छ।...

आज २०८२ साल माघ ८ गतेको राशिफल

आज माघ ८, २०८२ (जनवरी २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

४४ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...