News Portal

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

२११ पटक

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो ४१औँ वार्षिक उत्सव तथा अभिभावक दिवस मनाउन सुरु गरेको छ। विद्यालयले विविध कार्यक्रम सञ्चालन गर्दै वार्षिक उत्सवको औपचारिक सुरुवात गरेको हो।

उत्सवका अवसरमा विद्यालयले आन्तरिक अतिरिक्त क्रियाकलापसँगै हाजिरीजवाफ प्रतियोगिता र हस्तलेखन प्रतियोगिता आयोजना गरेको थियो। कार्यक्रममा पब्लिक माध्यमिक विद्यालय, गणेश माध्यमिक विद्यालय चोप्राहा, पार्वती माध्यमिक विद्यालय फर्साडाँगी, आदर्श माध्यमिक विद्यालय, महालक्ष्मी माध्यमिक विद्यालय दरवेशा, जनता माध्यमिक विद्यालय बहुवान, जनता माध्यमिक विद्यालय आमगाछी, जनता माध्यमिक विद्यालय आमतोला, रत्न माध्यमिक विद्यालय रञ्जनी, त्रिभुवन माध्यमिक विद्यालय गोहीगाडा, जनप्रिय माध्यमिक विद्यालय बबिया तथा प्रगतिशील माध्यमिक विद्यालय दौलतपुरका छात्रछात्राले सहभागिता जनाएका थिए।

हाजिरीजवाफ प्रतियोगितामा जनप्रिय माध्यमिक विद्यालय प्रथम, पब्लिक उच्च माध्यमिक विद्यालय द्वितीय र रत्न माध्यमिक विद्यालय तृतीय भएका छन् भने पार्वती माध्यमिक विद्यालय सान्त्वना स्थानमा परेको छ।

त्यसैगरी अंग्रेजी हस्तलेखन प्रतियोगितामा आदर्श माध्यमिक विद्यालय रंगेलीका चिरञ्जय राजवंशी प्रथम, पब्लिक माध्यमिक विद्यालयकी खुशबु शाह द्वितीय, त्रिभुवन माध्यमिक विद्यालयकी पूजा यादव तृतीय र पार्वती माध्यमिक विद्यालयकी पूजा मल्लिक सान्त्वना भएकी छन्।

नेपाली हस्तलेखन प्रतियोगितामा पब्लिक उच्च माध्यमिक विद्यालयकी खुशबु शाह प्रथम, महेन्द्र माध्यमिक विद्यालयकी कृतिका राम द्वितीय, पार्वती माध्यमिक विद्यालयका भेषराज मल्लिक तृतीय र महालक्ष्मी माध्यमिक विद्यालयकी अस्मिता ताजपुरिया सान्त्वना भएकी हुन्।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना स्थान हासिल गर्ने विद्यालय तथा विद्यार्थीहरूलाई शिल्ड र प्रमाणपत्र प्रदान गरिएको विद्यालयले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...