News Portal

छाउ प्रथा विरुद्धको सन्देशमुलक नाटक “कठै तिन मास्टर” प्रदर्शनी

हिमाली संचार संवाददाता
८८९ पटक

काठमाडौ : छाउ प्रथा विरुद्ध सन्देश दिने उद्देश्यले निर्माण गरिएको नाटक “कठै ! तिन मास्टर” बुधबार राजधानीमा प्रदर्शन गरिएको छ।

विजयराज आचार्यको कथामा आधारित तथा पुष्पराज अवस्थीद्वारा निर्देशित उक्त नाटक राष्ट्रिय बाल नाटक महोत्सव २०७६ का अवसरमा कुञ्ज थीएटर, बानेश्वर काठमाडौंमा भब्यताका साथ मञ्चन भएको हो।

कैलालीको अत्तरियास्थित एभरेष्ट एकेडमीको प्रस्तुति रहेको नाटक नेपाली समाजमा जरा गाडेर बसेको छाउ प्रथाले मान्छेको जीवनमा पारेको असरसँग सम्बन्धित रहेको एभरेष्ट एकेडमीका प्रिन्सिपल स्माइल चौधरीले बताए।

चौधरीका अनुसार खास गरेर सुदूरपश्चिमका पहाडी जिल्लाहरुबाट बसाइ सरेर तराईंका जिल्लामा आइसके पछि पनि धर्म र संस्कारका नाममा महिनावारी हुँदा कसरी महिलाहरुलाई प्रताडित गरिन्छ भन्ने बारेमा नाटक केन्द्रित छ।

“कठै तिन मास्टर” राष्ट्रिय स्तरमै अभिनय गरेको बालबालिकाहरुको यो पहिलो अनुभव हो। नाटकमा आस्था भट्ट आशिका पन्डित, सन्तु भट्टराई, नेहा सिंह, प्रान्जल गुरागाँई, करन थापा, हेमन्त भट्ट र सुदिप जोशीले कलाकारका रुपमा अभिनय गरेका थिए। बालबालिकाको अभिनयले दर्शकहरु भावबिव्हल भएका थिए।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...