News Portal

घट्यो सुनचाँदीको मूल्य

२१६ पटक

काठमाडौं, ८ माघ — अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ बिहीबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको दरअनुसार आज सुन प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ, जुन बुधबारको तुलनामा २ हजार ९ सय रुपैयाँ कम हो।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको गिरावटको असर नेपाली बजारमा पनि परेको हो। अन्तर्राष्ट्रिय बजारमा हाल सुन प्रतिऔंस करिब ४ हजार ८ सय अमेरिकी डलर आसपासमा कारोबार भइरहेको छ, जसका आधारमा स्थानीय बजारमा मूल्य समायोजन गरिएको जनाइएको छ।

चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिन प्रतितोला ५ हजार ९ सय २० रुपैयाँ पुगेको चाँदी आज ५० रुपैयाँले घटेर ५ हजार ८ सय ७० रुपैयाँमा झरेको छ। व्यवसायीहरूका अनुसार चाँदीको मूल्य पनि बुधबार ऐतिहासिक उच्च विन्दुमा पुगेको थियो।

अन्तर्राष्ट्रिय बजारको उतारचढावसँगै घरेलु बजारमा दैनिक रूपमा मूल्य समायोजन हुँदै आएको र त्यसको असर सुनचाँदीको कारोबारमा देखिएको हिमाली संचारका संवाददाताले जनाएका छन्।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...