News Portal

‘छौरा’ शब्दको अर्थलाई लिएर एमाले सचिव बस्नेत विवादमा, मधेशी समुदायको आपत्ति

२१८ पटक

जनकपुरधाम, ८ माघ – जनकपुरधाममा आयोजित एक राजनीतिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रयोग गरेको ‘छौरा’ शब्दलाई लिएर नेकपा एमालेका सचिव महेश बस्नेत विवादमा परेका छन्। उक्त शब्दलाई बस्नेतले फरक र अपमानजनक अर्थमा व्याख्या गरेको भिडियो सार्वजनिक भएपछि उनको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीको सभालाई सम्बोधन गर्दै बालेनले मैथिली भाषामा ‘मधेशिया छौरा’ भन्ने शब्द प्रयोग गरेका थिए। मैथिलीमा ‘छौरा’ को अर्थ सामान्य रूपमा ‘केटो’ वा ‘छोरो’ हुने भए पनि बस्नेतले यसलाई तोडमोड गर्दै ‘छाउरा’ को अर्थ लगाएको आरोप लागेको छ। स्थानीय समुदायले यसलाई मधेशी जनताप्रति अपमानजनक र असंवेदनशील टिप्पणीका रूपमा लिएका छन्।

घटनापछि सामाजिक सञ्जालमा बस्नेतको टिप्पणीप्रति तीव्र असन्तुष्टि देखिएको छ। धेरैले भाषिक तथा सांस्कृतिक विविधताको सम्मान गर्नुपर्ने भन्दै सार्वजनिक रूपमा माफी माग्न दबाब दिएका छन्। केहीले कानुनी कारबाहीको मागसमेत अघि सारेका छन्।

मधेशी आयोगका पूर्व अध्यक्ष विजय दत्तले खुला पत्र लेख्दै कुनै भाषाको शब्दको अर्थ नबुझी गलत सन्देश दिनु गैरजिम्मेवार व्यवहार भएको बताएका छन्। उनले आवश्यक परे भाषाविद्सँग परामर्श लिन सुझाव दिँदै ‘छौरा’ शब्द सामान्य र सम्मानजनक प्रयोगमा आउने स्पष्ट पारे।

यसैगरी डा. अभिषेकराज सिंहले पनि उक्त विषयमा प्रतिक्रिया दिँदै भाषिक विविधताप्रति संवेदनशील हुनुपर्ने बताएका छन्। धनुषाका स्थानीय लालबाबु साहले भने बस्नेतविरुद्ध साइबर ब्यूरोमा उजुरी दर्ता गर्ने तयारी गरेको जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...