News Portal

  • तपाईंको आजको राशिफल शेयर गर्नुहोस

    ज्योतिषाचार्य लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४

    हिमाली संचार संवाददाता
    ४४६ पटक

    वि.सं. २०७६ साल कार्तिक २१ गते बिहीबार | सन् २०१९ नोभेम्बर ७ तारीख | नेपाल संवत ११४०


    मेष राशी – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    आम्दानी मनग्य भए पनि आकस्मिक खर्चले धन संग्रहमा बाधा पुग्नेछ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। चिताएका काममा अलि बाधा हुनसक्छ। तापनि प्रयत्न गर्दा ऋणमोचन हुने समय छ। पछिसम्म लाभ हुने काम प्रारम्भ हुन सक्छ। साझेदारीमा पनि फाइदै हुनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। आर्थिक लेनदेनमा सजग रहनुहोला।

    बृष राशी – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

    पुरुषार्थी काम प्रारम्भ हुनेछ। प्रयत्न गर्दा विशेष स्थान प्राप्त हुन सक्छ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। मेहनतले नाम, दाम र इनाम दिलाउनेछ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। नोकरी तथा व्यापार–व्यवसायमा लाग्नेहरूलाई फाइदा होला। रुचिका विषयमा लगानी बढाउने अवसर प्राप्त हुनेछ।

    मिथुन राशी – का, कि, कु, घ, ङ, छ, के, को, ह

    शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। काम देखाएर अरूको सहयोग जुटाउन सफल भइनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। मेहनतले पदीय जिम्मेवारी समेत दिलाउनेछ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्।

    कर्कट राशी – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    समयमै गम्भीर नबन्दा नचिताएको समस्या देखिन सक्छ। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्। हुलमुलमा धनमाल गुम्न सक्छ। खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुनेछ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। आक्षेप लगाउनेहरूसक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। फाइदाका पछि लाग्दा आत्मीय सम्बन्ध बिग्रन सक्छ। उपचारमा खर्च हुने समय छ।

    सिंह राशी – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    बलभन्दा बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। मेहनतले विभिन्न अवसर दिलाउनेछ। समस्याका बीच यात्रा रमाइलो हुनेछ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनाले मन रमाउनेछ। अतिथिका रूपमा मान-सम्मान समेत प्राप्त होला। मनपर्ने वस्तु उपहार प्राप्त हुन सक्छ। वादविवादले समस्या निम्त्याउने देखिएकाले सजग रहनुहोला।

    कन्या राशी – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

    हिम्मतले काम लिँदा मनग्य लाभ हुनेछ। मेहनतले प्रतिस्पर्धाको दौडमा सफलता दिलाउनेछ। भौतिक साधन जुट्नेछन्। बलजफ्ती गरेरै भए पनि चिताएको काम बनाउन सकिनेछ। शत्रु परास्त हुनेछन् भने रोगबाट पनि छुटकारा मिल्नेछ। आवेशलाई नियन्त्रणमा राख्नुहोला, मुद्दा–मामिलामा विजयी भइनेछ। व्यवसायमा मनग्य फाइदा हुनेछ। शत्रु तथा प्रतिस्पर्धीसँग भने सम्झौता गर्नुपर्ला।

    तुला राशी – र, रि, रु, रे, रो, ता, ति, तु, ते

    कामले उत्साह जगाउनेछ। सुखद समाचार सुन्न पाइनेछ। स्वास्थ्य सबल रहनेछ। अवरोध बिस्तारै समाप्त हुनेछ। अध्ययनमा राम्रो प्रगति हुनेछ। हिम्मत गर्दा आफ्नै प्रतिभाले फाइदा दिलाउनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। तर महत्वाकांक्षा भने पूरा नहुन सक्छ। साइनो गाँस्नेहरूले व्यवहारमा अप्ठ्यारो पार्न सक्छन्, सतर्क रहनुहोला।

    बृश्चिक राशी – तो, ना, नि, नु, ने, नो, या, यि, यु

    समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ। परिस्थितिको बन्धनले पनि स्वतन्त्रतामा बाधा पुर्याउला। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुपर्ला। आवेशको निर्णयले समस्या निम्त्याउने हुँदा व्यवहारमा सजग रहनुपर्ला। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। बुद्धिको उपयोग गर्दा काम काम सम्पादन हुनेछ।

    धनु राशी – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

    हिम्मतले काम बनाउन सकिनेछ। मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। नयाँ काम प्रारम्भ हुनेछ भने आम्दानी बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। सहयोगीहरू जुट्नेछन् भने पहिले दुश्मनी गर्नेहरू पनि मित्र बन्नेछन्।

    मकर राशी – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

    द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। वादविवादले आँटेका काममा बाधा पुर्याउने हुँदा सजग रहनुपर्ला। अरूको वचन टाल्न नसक्दा दु:ख पाइनेछ। तर मिहिनेत गर्दा आयआर्जनका स्रोत बढ्नेछन्। पहिलेका कमजोरी सुधार्ने अवसर प्राप्त हुनेछ। बोलीको भरमा काम सम्पादन हुनेछ। पठन–पाठनमा राम्रै प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने अवसर जुट्नेछ।

    कुम्भ राशी – गु, गे, गो, सा, सि, सु, से, सो, द

    पहिलेको सफलताले महत्त्वाकांक्षा बढाउनेछ। विभिन्न अवसर पनि आउनेछन्। तर हठात् निर्णय गर्दा समस्या देखिन सक्छ। खानपान र भेटघाटको अलमलले चिताएका काममा बाधा पुग्न सक्छ। तापनि मिहिनेत गर्दा दिगो काममा जग बसाउने अवसर जुट्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम हातपार्ने सौभाग्य प्राप्त हुनेछ।

    मीन राशी – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

    आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। समय दिन नसक्दा काम बिग्रन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। शुभचिन्तकहरू समेत टाढा हुनेछन्। धेरै लगानीपछि कममात्र फाइदा हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आज २०८२ साल असार १७ गतेको राशिफल

    आज असार १७, २०८२ (जुलाई १, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एनआरएनए बेल्जियमद्वारा बद्री र गौरीको अवैधानिक पत्र खारेज, अगष्ट १७ मा साधारणसभा

    काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमले अवैधानिक भइसकेको बद्री केसी र गौरीराज जोशीले पठाएको पत्रलाई...

    सामाजिक सञ्जाल दुरुपयोगविरुद्ध एलिनाको कडा कदम : चारजनाविरुद्ध साइबर ब्युरोमा उजुरी

    काठमाडौं, असार १६ – गायिका एलिना चौहानले सामाजिक सञ्जालमार्फत अश्लील र आपत्तिजनक व्यवहार गर्नेहरूको विरुद्धमा...

    महिलाको अश्लील भिडियो बनाएर बेच्ने युवक पक्राउ

    काठमाडौं, असार १६ — अश्लील फोटो तथा भिडियो तयार पारेर बेचबिखनमा संलग्न एक युवकलाई प्रहरीले...

    काठमाडौँ महानगरमा बजेट विवाद चुलिदैँ : प्रवक्ता मानन्धर फेरि मेयर बालेनको कित्तामा

    काठमाडौं, असार १६ – राजधानीको काठमाडौँ महानगरपालिकामा समयमै नयाँ आर्थिक वर्षको बजेट ल्याउन नसक्दा आन्तरिक...