News Portal

हाँस्य टेलिशृङ्खला “बेसारेको मायाजाल” चौथो भाग सार्वजनिक [भिडियो सहित]

हिमाली संचार संवाददाता
१००६ पटक

आरपी ढुंगेल

१४ अक्टोबर २०१९ युएई : युएईमा कार्यरत नेपाली कलाकारहरुको उदाहरणीय प्रयासमा साप्ताहिक रूपमा प्रसारण भइरहेको हाँस्य टेलिशृङ्खला “बेसारेको मायाजाल”को चौथो भागले दशै विशेष विसयवस्तु समेटेको छ।

अघिल्ला भागभन्दा अझ स्तरीय शृङ्खला तयार पारेको बेसारेको मायाजालको समुहले चौथो भागलाई नेपालीहरुको महान पर्व विजया दशमीको सन्दर्भलाई जोडेकाे छ।

गरिब नेपालीले दशैमा के-कस्तो अभावका बिचमा जीवनयापन गरिरहेका छन् ? एक छाक खसीको मासु खान पनि नसक्ने नेपालीहरुको आर्थिक दुरावस्तालाई यो भागमा कलाकारहरुले जीवन्त अभिनयमार्फत दर्शाउने प्रयास गरेका छन्।

धनी र गरिवबीच सहयोग र समन्वय हुनुपर्ने कुरा प्रतीकात्मक साथै हास्यशैलीमा शृङ्खलामा समावेश गरिएको छ। चाडपर्वमा हुने विकृती र सामाजिक विसङगतीलाई पनि यो भागमा रमाइलो पाराले प्रस्तुत गरिएको छ।

यो शृङ्खलामा पनि अभिनय गर्ने कलाकारहरुले आफ्नो प्रस्तुतिकरणमा जिवन्तता दिने र हास्यलाई सन्देशमुलक रूपमा पेस गरेका छन्।

नयाँ सोच र शैलीमा निर्माण गर्ने हास्य टेली शृङ्खला “बेसारेको मायाजाल” को पहिलो भाग अगस्ट २९ मा सार्वजनिक भएको थियो। यसलाई निरन्तरता दिने क्रममा दर्शकहरूबाट उत्साहजनक प्रतिक्रिया आएको र त्यसले टिमलाई थप उर्जा मिलेको शृङ्खलाका व्यवस्थापक मध्येका कैलाश अर्यालले बताएका छन्।

उर्जावान र क्रिएटिभ युवा समुहले उत्पादन गरेको यो हास्य टेलीशृङ्खलाले नेपाली दर्शकहरुको मन जित्ने कुरा निर्माणपक्षको दाबी छ।

बिटुके एसिया युट्युब च्यानलबाट सार्वजनिक भएको शृङ्खलाले धेरै राम्रो प्रतिक्रिया, हौसला र सकारात्मक फिडब्याक पाएका कारण आगामी दिनमा अझ परिस्कृत गरिदै लाने यस शृङ्खलाका कलाकार समेत रहेका लेखक तथा निर्देशक इन्द्र सेन्चुरीले जानकारी दिएका छन्।

पछिल्लो समय नेपालीहरुको लागि रोजगारीको मात्रै कर्मथलो युएई नभएर राम्राराम्रा कलाकार, गायकगायिका, पत्रकार, ब्यावसायीहरु जन्माउने उर्वर भुमी मानिन थालेको छ। अधिकांस नेपालीहरुले आफ्नो रुचिको क्षेत्रमा समर्पित भएर नाम, काम र दाम कमाएको पाइन्छ।

यस्तै माहोलमा युएईमै बसेर बिटुके एशिया च्यानल मार्फत नियमित सार्वजनिक हुने बेसारेको मायाजाल टेलिशृङ्खला पनि एक हुने ब्यवस्थापक अर्यालले बताएका छन्।

युएईको नेपाली सामाजिक जिवनमा पाल्पाली समाजको संस्थापक उपाध्यक्ष समेत रहेर आफ्नो सामाजिक छ्वीलाई उच्च बनाएका अर्याल सिर्जनशील सामाजिक व्याक्तित्व समेत हुन्।

यस शृङ्खलाका लेखक तथा निर्देशक साथै लिड रोलमा रहेका इन्द्र सेन्चुरी पनि युएईको नेपाली रंगमन्चमा परिचित कलाकार हुन्। सर्लाही सेवा समाजमा आवद्ध सेन्चुरी यो शृङ्खलामा एक मधेसी मुलको प्रतिनिधि हास्य पात्रको रुपमा देखापरेका छन्।

बिटुके एसिया यस्तो च्यानल धेरै युट्युबरको एउटै थलो भएको हुदा धेरै दर्शकले भरपुर्ण मनोरञ्जन लिन पाउने निर्माणपक्षले बताएको छ। निर्माताहरुका अनुसार ‘बेसारेको मायाजाल’ बिटुके एसिया च्यानलका धेरै कार्यक्रम मध्येको एउटा हो।

यसका संचालकहरुमा बरुण खनाल, कैलाश अर्याल र बिष्णु खनाल रहेका छन्। यो च्यानलले गैर राजनितिक सामाजिक बिषयहरुको उठान गर्ने, मनोरन्जनात्मक कार्यक्रमहरु उत्पादन गर्ने लक्ष्य लिएको छ।

साथै, शिक्षामुलक कार्यक्रम उत्पादन गरी सचेतना बढाउने पनि यो च्यानलको अभिप्राय रहेको छ। सामाजिक उत्तरदायित्व बहन गरी समाज विकासमा योगदान दिने यो समुहले आफ्नो प्रस्तुति हेरेर प्रतिक्रिया दिन सबैलाई अनुरोध समेत गरेको छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...