News Portal

  • जुम्लाको खोप्री गाउँलाई तिहारले छोएन !

    हिमाली संचार संवाददाता
    ७६ पटक

    जुम्ला : नेपाली हिन्दू धर्मावलम्बीको दोस्रो महान् पर्व तिहारले नेपालभर रमझम गराउँदा तिला गाउँपालिका–९ जुम्लाको खोप्री गाउँवासीमा भने यो पर्वको कुनै रौनक छैन।

    यतिखेर त्यहाँका समुदायले वर्षेबाली भण्डार गरिसके पनि अहिले उनीहरू चिसोबाट गाईवस्तुलाई जोगाउन घाँसपात जम्मा गर्ने र हिउँदे समयका लागि दाउरा तथा स्याउला सोत्तर जोहो गर्न तल्लिन छन्। निरन्तर आफ्नो काममा तल्लीन उनीहरुको दीपावली गाउँ शहरको जस्तो छैन।उक्त गाउँपालिकाको प्रशासनिक केन्द्रबाट पाँच र जुम्ला सदरमुकामबाट ११ घण्टा पैदलयात्रा गर्नुपर्छ।

    अहिलेसम्म दीपावली गर्ने, देउसी–भैलो खेल्ने कोही पनि त्यहा नपुगेको स्थानीयवासी बलवीर थापाले बताए।

    ‘हामीले आजका दिनसम्म देउसी, भैलीको सगुन कसैलाई दिनसम्म पाएका छैनौं,’ उनले भने, ‘न त्यहाँ अहिलेसम्म देउसी भैलो गएका छन् न त भोट माग्ने राजनीतिक दलका नेताहरु नै आउँछन्।’

    उनको गुनासो थियो ‘प्रकृतिले खोप्रीवासीलाई ठगेकै थियो अझै त्यसमा वर्षमा एक पटक आउने पर्व दीपावलीको मनोरञ्जन साटासाट गर्नसमेत पाउँदैनौं। बाउन्न घरधुरी रहेको हाम्रो अवस्था के छ भन्ने बुझ्नसमेत अहिलेसम्म राज्यका कुनै पदाधिकारी आइपुगेका छैनन्।’

    अर्का स्थानीयवासी कालीबहादुर थापाले भने, ‘हाम्रा निम्ति राज्य चरीको दूतजस्तै भएको छ। सरकार कहाँ छ न हामीलाई थाहा छ, हामी कहाँ छौं न सरकारलाई वास्ता छ।’

    राजनीतिक, सामाजिक र शैक्षिक निकायमा यहाँको मान्छे उच्च पदमा नपुगेकाले आजसम्म आफूहरु उपेक्षित भएको र विकासका हिसाबले पनि पछि पारिएको उनको आरोप थियो।

    सोही स्थान निवासी गोरीकला रावतले पुर्खौंदेखि अन्न उत्पादन र भेडाबाख्रा पालनमै हामीले पसिना बगाएर जीवन गुजारिरहेका छौँ। दीपावलीमा नाच्ने गाउँने भन्ने कुरा आफ्ना लागि धेरै टाढाको विषय भएको बताइन्।

    सोही वडाका वडाध्यक्ष अग्नि बोहोराले खोप्रीगाउँ शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, विद्युत् र सञ्चार सबैमा पछि परेकाले पाँच वर्षभित्र सबै पूर्वाधार जोड्ने योजनाका साथ लागि परेको बताए। यसका लागि स्थानीय सरकारका प्रमुख र स्थानीय समुदाय दुवैको सहयोग चाहिने पनि उनले बताए। रासस

    हामीसंग फेसबुकमा जोडिनुहोस।

     

    हिमाली संचार | हिमाली संसार मिडिया प्रा. लि.
    थप समाचारका लागि हाम्रो वेबसाइट
    https://www.himalisanchar.com

    प्रतिकृया दिनुहोस्

    तपाईको राशिफल : आज वि.सं.२०७५ साल मंसिर ५ गते बुधबार, इश्वी सन् २०१८ नोभेम्बर २१ तारिख

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ...

    मन्त्रीको चाकडी र घुस दिन नसक्ने भन्दै वीरका चिकित्सकले दिए राजीनामा 

    काठमाडौं : वीर अस्पतालका वरिष्ठ न्युरो सर्जन प्रा.डा. ध्रुव अधिकारीले चाकडी र घुस दिन नसक्ने...

    सशस्त्र द्धन्द्धका समयमा गाउँका विवाद मिलाउन तम्सिने प्रचण्ड आफ्ना दुई बुहारी भएको सार्वजनिक गर्न किन डराउछ्न ?

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नैतिकतामाथि प्रश्नचिन्ह खडा...

    रबि लामिछानेले गरे विद्यार्थीको अश्लिल भिडियो बनाएर ब्ल्याकमेल गर्ने प्रोफेसरको पर्दाफास

    काठमाडौं : नेपालका प्रतिष्ठित कलेजहरुमा म्यानेजमेन्ट पढाउँदै आएका भारतीय नागरिक वि.एस. गौतम भनेर चिनिने बोधीसत्व...

    ठगी अभियोगमा जनकपुरबाट दुईजना पक्राउ

    जनकपुर : धनुषामा ठगीको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। धनुषाको जनकपुरधाम उप महानगरपालिका १ बाट...