News Portal

  • दूरसञ्चारमा फड्को मार्दै नेपालः देशभर फोरजी विस्तार, फाइभजी परीक्षण अघि बढ्दै

    हिमालीसंचार संवाददाता
    २५२ पटक

    बसन्त अर्याल
    काठमाडौँ। नेपालमा देशभर फोरजीको विस्तारसँगै फाइभजी परीक्षण तयारी भएको छ। फाइभजी परीक्षणको लागि अनुमति पाएको नेपाल टेलिकमले उपकरण ल्याउने तयारी गरेको हो।

    नेपाल टेलिकमकी निमित्त प्रबन्ध निर्देशक प्रतिभा वैद्यले फाइभजी परीक्षणको लागि आपूर्तिकर्तासँग छलफल भई प्रस्ताव आउने तयारी भइरहेको बताइन्।

    उनले भनिन्, ‘फाइभजी परीक्षणको लागि प्रस्ताव आउँदै छ, आपूर्तिकर्तासँग छलफल भइसकेको छ।’

    फाइभजी परीक्षण गर्दै टेलिकम !

    नेपाल दूरसञ्चार प्राधिकरणले गत चैतमा टेलिकमलाई फाइजभी परीक्षणसम्बन्धी कार्ययोजना पेश गर्न आह्वान गरेको थियो। टेलिकमले फाइभजी सेवा सञ्चालन गर्न उपयुक्त फ्रिक्वेन्सीको सिफारिससहित फाइभजी परीक्षणसम्बन्धी कार्ययोजनासहितको प्रतिवेदन जेठमा प्राधिकरणमा पेश गर्यो।

    प्राधिकरणले फाइभजीलगायत नयाँ प्रविधिको परीक्षणसम्बन्धी कार्यविधि २०७८ तयार भई स्वीकृत गरेको छ। फाइभजी सेवा परीक्षणको लागि नेपाल दूरसञ्चार प्राधिकरणले हाललाई २६ सय मेगाहर्ज ब्यान्डमा परीक्षण गर्न नेपाल टेलिकमलाई स्वीकृति दिएको छ।

    ‘फाइभजी परीक्षणको लागि नयाँ उपकरण आवश्यक पर्छ’, नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले भने, ‘विभिन्न आपूर्तिकर्तासँग छलफल भइरहेको छ। कसका उपकरण खरिद गर्ने फिक्स भएको छैन।’

    नेपाल टेलिकमले उपकरण ल्याई ३ वटा सहरमा फाइभजी परीक्षणको तयारी गरेको छ। फाइभजी परीक्षणको लागि निजी क्षेत्रको ठूलो सेवा प्रदायक एनसेलले अनुमति माग गरेपनि प्राधिकरणले टेलिकमलाई मात्रै दिएको छ।

    फोरजीमा पनि अघि !

    पछिल्लो सार्वजनिक तथ्यांकअनुसार ७ सय १० स्थानीय तहमा फोरजी सेवा पुगिसकेको छ। फोरजी विस्तारमा नेपाल टेलिकमले ६४० नयाँ टावर जडान गरिरहेकोमा ५ सय १ वटा सम्पन्न भएका छन्। जसबाट ४ सय ५१ वटा टावरमार्फत सेवा सञ्चालन भइसकेको छ।

    त्यस्तै, नेटवर्क १ का ३२ सय ९१ उपकरणमध्ये २९ सय ७२ वटा सञ्चालनमा आएका छन्। नेटवर्क २ का ३४ सय ४६ उपकरणमध्ये हालसम्म ३२ सय ६३ उपकरण सञ्चालनमा आएका छन्। फोरजी आयोजना सम्पन्न हुँदासम्म नेपाल टेलिकमका ४५ सय १७ स्थानबाट मोबाइल सेवा सञ्चालनमा आउने नेपाल टेलिकमले उल्लेख गरेको छ।

    नेपाल टेलिकमले फोरजी लाइट सेवा २ फ्रिक्वेन्सी ब्यान्ड बी २० र बी ३ मार्फत प्रदान गरिरहेको छ। बी २० नेपालको विकट भौगोलिक क्षेत्रलाई समेट्न विशेषतः ठूलो क्षेत्रफल सेवा प्रदान गर्न ग्रामीण भेगको लागि उपयुक्त हुनाले ११ सयभन्दा धेरै स्थानमा जडान हुने क्रममा छ।

    फोरजी विस्तार परियोजनाको लागि कोर नेटवर्कको भौतिक प्रगति ९५ प्रतिशत छ। कोर नेटवर्कका सम्पूर्ण उपकरण जडान भई सञ्चालनमा आइसकेको टेलिकमले जनाएको छ।

    टेलिकमले फोरजी आयोजनाअन्तर्गत सञ्चालन भएका नयाँ टावरमा २ जी भ्वाइस थप जडान गर्ने कार्य गरिरहेको जनाएको छ। कुल ७०७ मध्ये हालसम्म २०७ ठाउँमा टुजी भ्वाइस टावर सञ्चालन भएको छ। टेलिकमले फोरजीमार्फत भ्वाइस सेवा विस्तार गरिरहेको छ। उसले १७ मे २०२१ बाट परीक्षण सञ्चालन गरिरहेको उल्लेख गरेको छ।

    मोबाइल ब्रोडब्यान्डको बजार हिस्सा ९८ प्रतिशत
    टेलिफोन मार्केट सेयरमा ९८ प्रतिशत मोबाइल प्रयोगकर्ता छन् भने २ प्रतिशत मात्रै फिक्स लाइन प्रयोगकर्ता छन्। पछिल्लो तथ्यांकअनुसार ब्रोडब्यान्डमा मोबाइल हिस्सा ७४.६३ र फिक्स्ड वायर २४.७७ फिक्स ब्रोडब्यान्ड प्रयोगकर्ता छन्।

    मोबाइल ब्रोडब्यान्डमा नेपाल टेलिकमका १ करोड ९२ लाख ब्रोडब्यान्ड प्रयोगकर्तामध्ये १ करोड १ लाख ६८ हजार र फोरजी प्रयोगकर्ता ७४ लाख मात्रै छन्। एनसेलका ग्राहकमध्ये अधिकांश फोरजी प्रयोगकर्ता रहेको प्राधिकरणको तथ्यांकले देखाएको छ। एनसेलका ८४ लाख ३२ हजार ब्रोडब्यान्ड प्रयोगकर्तामध्ये ६१ लाख ४८ हजार फोरजी र २२ लाख ८३ हजार थ्रिजी प्रयोगकर्ता छन्।

    स्मार्ट सेलका १५ लाख ३७ हजार फोरजी प्रयोगकर्ता रहेको तथ्यांकले देखाएको छ। टेलिफोन सर्भिसमा सेवा प्रदायकको हिसाबले टेलिकमको बजार हिस्सा ५४.२१ प्रतिशत छ भने एनसेलको ४० प्रतिशत बजार हिस्सा छ। स्मार्टसेलको ५.७० प्रतिशत रहेको छ।

    गत आर्थिक वर्षको तथ्यांकसँग तुलना गर्दा टेलिकमको बजार हिस्सा केही बढेको छ। गत आर्थिक वर्ष २०७७/०७८ मा नेपाल टेलिकमको ५२.४७ प्रतिशत, एनसेलको ४१.५७ प्रतिशत, स्मार्ट टेलिकमको ५.९५ प्रतिशत बजार हिस्सा रहेको थियो।

    टेलिफोनमा एनटीसीका ग्राहक सबैभन्दा बढी छन्। गत आर्थिक वर्षसम्म नेपाल टेलिकमका ग्राहक २ करोड ६० हजार रहेकोमा गत कात्तिकसम्म बढेर २ करोड २५ लाख पुगेका छन्।

    त्यस्तै, एनसेलका गत असारसम्म १ करोड ६३ लाख ग्राहक रहेकामा कात्तिकसम्म १ करोड ६६ लाख ५८ हजार पुगेका छन्। स्मार्ट सेलको असारसम्म २३ लाख ३७ हजार हजार ग्राहक रहेकोमा कात्तिकसम्म २३ लाख ६७ हजार रहेका छन्।

    प्रतिकृया दिनुहोस्

    यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न परिपत्र

    काठमाडौं। गृहमन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले पनि कानूनी...

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal