News Portal

  • नेपालमा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु

    हिमालीसंचार संवाददाता
    २६७ पटक

    काठमाडौं–  कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ ।काठमाडौंमा ७ जना, कास्कीमा ५ जना, सुनसरीमा २ जना, इलाम, झापा, सप्तरी, ललितपुर, दोलखा, मकवानपुर, चितवन, तनहुँ, गुल्मी र रोल्पाका १/१ जनाको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालहरुले जानकारी दिएका छन् ।चुलाचुली नगरपालिका– ६ इलामकी ८४ वर्षकी महिलाको विराटनगरको नोबेल शिक्षण अस्पतालमा बुधबार मृत्यु भएको छ । स्वास प्रश्वासमा समस्या आएपछि कात्तिक १८ गते अस्पताल भर्ना भएकी उनमा सोही दिन संक्रमण पुष्टि भएको थियो ।

    दमक नगरपालिका–३झापाका ६४ वर्षका पुरुषको विराटनगरको नोबेल शिक्षण अस्पतालमा बुधबार विहान मृत्यु भएको छ । कोरोना संक्रमण भएपछि कात्तिक १२ गते अस्पताल भर्ना भएका उनमा दमको समस्या थियो ।राजविराज नगरपालिका– २सप्तरीका २८ वर्षका पुरुषको बुधबार विहान ११ बजे साइकृष्ण मेडिकल कलेजको आइसोलेसनमा मृत्यु भएको छ । कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएका उनी गजेन्द्रनारायण सिंह अस्पतालका ल्याबमा काम गर्ने कर्मचारी हुन् ।

    इटहरी उपमहानगरपालिका–६सुनसरीकी ९ वर्षकी बालिकाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबार मृत्यु भएको छ । कात्तिक १७ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई कात्तिक १८ गते भर्ना गरिएको थियो ।धरान उपमहानगरपालिका–१सुनसरीकी ६१ वर्षकी महिलाको बुधबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । असोज ३० गते कोरोना संक्रमण पुष्टि भएकी उनी कात्तिक ५ गते अस्पताल भर्ना भएकी थिइन् । स्वासप्रश्वासमा समस्या देखिएकी उनी उच्च रक्तचापको बिरामी थिइन् ।

    वौद्धकाठमाडौंका ७१ वर्षका पुरुषको बुधबार मृत्यु भएको छ । निमोनिया र मुटुको समस्या भई कात्तिक १५ गते अस्पताल भर्ना भएका उनमा कात्तिक १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी उच्च रक्तचाप, मधुमेह र मिर्गौला रोगी थिए ।कागेश्वरी मनहरा नगरपालिकाकाठमाडौंका ४९ वर्षका पुरुषको कात्तिक १८ गते मृत्यु भएको छ । कात्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएका उनमा निमोनिया र मुटुको समस्या देखिएपछि कात्तिक १७ गते अस्पताल भर्ना भएका थिए । उनमा मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या थियो ।

    कीर्तिपुरकाठमाडौंका ८२ वर्षका पुरुषको बुधबार मृत्यु भएको छ । कात्तिक १८ गते अस्पताल भर्ना भएका उनमा सोही दिन संक्रमण पुष्टि भएको थियो ।काठमाडौंकी ५२ वर्षकी महिलाको कात्तिक १८ गते मृत्यु भएको छ । निमोनिया भएपछि कात्तिक ११ गते अस्पताल भनाए भएकी उनमा कात्तिक १८ गते नै संक्रमण पुष्टि भएको हो ।सामाखुशीकाठमाडौंकी ८६ वर्षकी महिलाको कात्तिक १८ गते मृत्यु भएको छ । कात्तिक १७ गते निमोनिया र मुटुको समस्या भई अस्पताल भर्ना भएकी उनमा सोही दिन संक्रमण पुष्टि भएको थियो ।

    गैरीधाराकाठमाडौंकी ७१ वर्षकी महिलाको कात्तिक १८ गते मृत्यु भएको छ । निमोनिया भई कात्तिक १५ अस्पताल भर्ना भएकी उनमा सोही दिन संक्रमण पुष्टि भएको थियो । उनमा उच्च रक्तचाप, मिर्गौला रोग र मुटुरोग थियो ।कीर्तिपुरकाठमाडौंकी ८२ वर्षकी महिलाको बुधबार मृत्यु भएको छ । कात्तिक १७ गते अस्पताल भर्ना भएकी उनमा कात्तिक १७ गते संक्रमण पुष्टि भएको थियो । उनमा उच्च रक्तचापको समस्या थियो ।

    गोदाबरीललितपुरका ८७ वर्षका पुरुषको कात्तिक १७ गते मृत्यु भएको छ । कात्तिक ४ गते संक्रमण पुष्टि भएका उनी कात्तिक १७ गते अस्पताल भर्ना भएका थिए ।बिगुदोलखाका ७७ वर्षका पुरुषको बुधबार मृत्यु भएको छ । निमोनिया भई कात्तिक १२ गते अस्पताल भर्ना भएका उनमा कात्तिक १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।मकवानपुरका ५७ वर्षका पुरुषको कात्तिक १७ गते मृत्यु भएको छ । कात्तिक ४ गते कोरोना संक्रमण पुष्टि भएका उनी निमोनिया भएपछि कात्तिक १० गते अस्पताल भर्ना भएका थिए ।

    राप्ती नगरपालिका–१०चितवनकी ३९ वर्षकी महिलाको बुधबार विहान भरतपुर अस्पतालमा मृत्युभएको छ । कात्तिक १५ गते स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी उनमा कात्तिक १७ गते संक्रमण पुष्टि भएको थियो ।पोखरा महानगरपालिका–३२कास्कीकी ४२ वर्षकी महिलाको कात्तिक १८ गते राति ११ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । कात्तिक १६ गते संक्रमण पुष्टि भएको उनमा निमोनिया, मिर्गौला रोग र हाइपरटेन्सनको समस्या भएको थियो ।

    पोखरा महानगरपालिका–२६कास्कीका ७३ वर्षका पुरुषको बुधबार विहान ७ः२५ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएका उनमा निमोनियाको समस्या थियो ।पोखरा महानगरपालिका–२५कास्कीका ५२ वर्षका पुरुषको बुधबार विहान साढे ७ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । उनमा कात्तिक १५ गते संक्रमण पुष्टि भएको थियो । उनमा पनि निमोनियाको समस्या देखिएको थियो ।

    पोखरा महानगरपालिका– १६कास्कीका ५९ वर्षका पुरुषको मंगलबार राति ११ बजे चरक मेमोरियल अस्पताल पोखरामा मृत्यु भएको छ । उनमा कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।पोखरा महानगरपालिका– १६कास्कीका २८ वर्षका पुरुषको मंगलबार विहान मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ । उनमा कात्तिक १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

    ब्यास नगरपालिका– ४तनहुँका ७० वर्षका पुरुषको बुधबार पौने १ बजे पोखराको चरक अस्पतालमा मृत्यु भएको छ । उनमा कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।मेवाङरोल्पा घर भएकी पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको कोरोना संक्रमणका कारण काठमाडौंको नर्भिक अस्पतालमा बुधबार विहान मृत्यु भएको छ । कात्तिक १३ गते दाङको गोर्खा अस्पतालमा भर्ना भएकी उनमा कात्तिक १४ गते संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या बढ्दै गएपछि हेलिकप्टरबाट कात्तिक १४ गते नै काठमाडौं ल्याइएको थियो । उनी माइस्थेनिया नामको रोगबाट पीडित थिइन् ।

    गुल्मीदरबार गाउँपालिका–६गुल्मीका ८५ वर्षका पुरुषको बुटवलको कोरोना विशेष अस्पतालमा मंगलबार साँझ मृत्यु भएको छ । कात्तिक १३ गते संक्रमण पुष्टि भएका उनी सोही दिन अस्पताल भर्ना भएका थिए । उनी उच्च रक्तचापको बिरामी थिए ।

    प्रतिकृया दिनुहोस्

    यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न परिपत्र

    काठमाडौं। गृहमन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले पनि कानूनी...

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal