News Portal

  • २४ घण्टामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु

    हिमालीसंचार संवाददाता
    २८४ पटक

    काठमाडौं – पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ।ललितपुर र चितवनका २/२ तथा काठमाडौं, भक्तपुर, धादिङ, काठमाडौं, गुल्मी, रुपन्देही, कास्की, इलाम र सप्तरीका एकएक जनाको मृत्यु भएको हो।

    पाटन, ललितपुरका २८ वर्षीय पुरुषको सशस्त्र प्रहरी अस्पतालमा शुक्रबार मृत्यु भएको छ। २३ असोजमा कोरोना संक्रमण पुष्टि भएका उनी २८ गते अस्पताल भर्ना भएका थियो।

    ललितपुरका ८० वर्षीय पुरषको पाटन अस्पतालमा शुक्रबार मृत्यु भएको छ। २५ असोजमा अस्पताल भर्ना भएका उनलाई २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

    खैरहनी, चितवनका ६८ वर्षीया महिलाको शनिबार चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । निमोनिया र मुटुमा समस्या भएर २४ असोजमा अस्पताल भर्ना भएकी उनलाई २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा मिर्गौलासम्बन्धी रोग समते थियो।

    खैरहनी नगरपालिका-१२, चितवनका ४१ वर्षीय पुरुषको शनिबार भरतपुर अस्पतालमा मृत्यु भएको छ । क्यान्सर रोगबाट पीडित उनलाई २ दिन अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो । उनी वडा नम्बर १२ का वडा सदस्य समेत हुन् ।

    सिनामंगल, काठमाडौंका ६६ वर्षीय पुरुषको शनिबार काठमाडौं मेडिकल कलेजमा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएर २७ असोजमा अस्पताल भर्ना भएका उनलाई २८ गते कोरोना संक्रमण पुष्टि भउएको थियो ।

    इनचो, भक्तपुरका ७० वर्षीय पुरुषको शनिबार होम आइसोलेसनमा मृत्यु भएको छ । उनलाई २९ असोजमा कोरोना संक्रमण संक्रमण पुष्टि भएको थियो ।

    पाँचखाल, काभ्रेका ७३ वर्षीय पुरुषको शुक्रबार राति धुलिखेल अस्पतालमा मृत्यु भएको छ । दमको समस्याबाट पीडित उनलाई मङ्गलबार अस्पताल भर्ना गरिएको थियो ।

    धादिङका ४५ वर्षीय पुरुषको शुक्रबार त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ । उनी २७ असोजमा अस्पताल भर्ना भएका थिए ।

    रेसुंगा नगरपालिका-३, गुल्मीका ५३ वर्षीया महिलाको कोरोना विशेष अस्पताल, बुटवलमा मृत्यु भएको छ । उनी असोज ३० गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी थिइन् ।

    बुटवल उपमहानगरपालिका-८, रुपन्देहीका ४९ वर्षीय पुरुषको कोरोना अस्पताल बुटवलमा मृत्यु भएको छ । २७ असोजमा कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका उनी श्वास्थ्यमा समस्या आएपछि शनिबार अस्पताल भर्ना भएका थिए ।

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएकी पोखरा महानगरपालिका-३, कास्कीकी ५६ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना भएकी उनको साँझ मृत्यु भएको थियो ।

    सूर्याेदय नगरपालिका- १२, इलामकी ८ वर्षीया बालिकाको मृत्यु भएको छ । चार दिन अगाडि कोरोना संक्रमण पुष्टि भएकी उनको दुबै मिर्गौलाले काम गर्न छाडेको थियो ।

    तिरहुत-३, सप्तरीका ५० वर्षीय पुरषको भरतपुर क्यान्सर अस्पतालमा मृत्यु भएको छ ।

     

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-१५ गते शनिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १५ गते शनिबार इश्वी सन २०२४ अप्रिल २७...

    यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न परिपत्र

    काठमाडौं। गृहमन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले पनि कानूनी...

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal