News Portal

  • बाँकेकि क्यान्सर पीडित सीमा मगरको उपचारमा समस्या, सहयोगको अपील !

    हिमालीसंचार संवाददाता
    ८८४ पटक

    बिजय मल्ल/नेपालगन्ज – बाँकेको कोहलपुर नगरपालिका-१ कौशिलानगरकी क्यान्सर पीडित सीमा सिरिस मगरलाई आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ। ४ वर्षअघि शल्यक्रिया गरि फालेको पाठेघरमा मासु पलाएपछि पुनः शल्यक्रिया गर्नुपर्ने देखिएपछि यतिबेला सीमालाई आर्थिक समस्या परेको हो।

    भरतपुर क्यान्सर अस्पतालमा उपचाररत सीमा आर्थिक अभावका कारण जिवन र मरणको दोसाँधमा पुगेकीछन्। पाठेघर क्यान्सर भएको थाहा पाएपछि उपचारका लागि सीमाको परिवारले घरजमिन बेचेर १८ लाख खर्च गर्यो तर, केही समयपछि शल्यक्रिया गरेको ठाउँमा मासु पलाएपछि आफन्त र साहुमहाजनबाट ऋण गरेर करिब १५ लाख खर्च भइसकेकोछ।

    सिरिसलाई एकपटक किमो दिंदा २५ हजार रुपैयाँ खर्च लाग्ने भएपनि स्वास्थ्य बीमा गराएका कारण एकपटक किमो दिंदा १५ हजार पर्ने गरेको सीमाका छोरा प्रेम सिरिस मगर बताउँछन्।

    उनका अनुसार थप ४ पटकसम्म किमो दिनुपर्ने चिकित्सकहरुले बताएका छन् तर, क्यान्सर पीडित आमाको उपचारमा लाखौं खर्च भएपछि यतिबेला आर्थिक अभावका कारण आमाको उपचार गराउन समस्या परेको उनले बताए।

    घरखेत बेचेर र आफन्तको सहयोगमा यसअघि ६ पटकसम्म किमो दिइसकेको सीमाको उपचार गराउँदा अहिलेसम्म ३३ लाख रुपैयाँ सकिएको र डाक्टरहरुले उपचार गराइरहे निको हुने बताएको उनका छोरा प्रेमले बताए।

    कोरोना भाइरस संक्रमण महामारिका बेला बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट सीमालाई ६ पटक किमो दिइसकेकोछ। रुटिङ्ग चेकअपका लागि भदौ १४ गते भरतपुर पुगेका सीमालाई चिकित्सकले थप किमो दिइ शल्यक्रिया गरि फालेको पाठेघरमा पलाएको मासु फाल्न पुनः शल्यक्रिया गर्नुपर्ने र शल्यक्रिया पश्चात आमा निको हुने बताएको छोरा प्रेमले जानकारी दिए।

    आमाको उपचारका लागि आर्थिक सहयोग याचाना गर्दै उनले भने –‘बाँकी रहेको किमो र शल्यक्रियाका लागि आर्थिक समस्या परेकोछ, आमाको उपचारका लागि घरबार बिहीन भएका छौ। ‘थोरैथोरै भए पनि सबैले सहयोग गरे आमाको उपचार हुनेथियो र आमा बाँच्नुहुन्छ। आर्थिक अभावकै कारण आमाको शल्यक्रिया हुन सकेको छैन।

    उपचार गराउने ईच्छा हुँदा हुँदै पनि मृत्युको मुखमा गएकी आमालाई हेरेर बस्नुको विकल्प छैन। परिवारको आर्थिक अवस्था कमजोर भएकाले थप उपचारका निम्ति समस्या भोगिरहेको सिरिस परिवारलाई कौशिलानगरकै एभरेष्ट युथ क्लबले यसअघि ३५ हजार र केही रासन सहयोग गरेको थियो।

    आर्थिक अवस्था कमजोर भएकाले आमाको उपचारका लागि सहयोग गरिदिन उनका छोरा प्रेमले अपील गरेका छन्। उनको उपचारमा आर्थिक सहयोग गर्न चाहनेले सीमा सिरिसको नाममा मुक्तिनाथ विकास बैंक कोहलपुर शाखाको खाता नम्बर १२०२१६००५५७६३१०००००१ मा रकम पठाउन सक्नेछन्। वा, छोरा प्रेमको मोबाइल नम्बर +९७७९८२२४०७८९४ मा सम्पर्क गर्न सकिनेछ।

    प्रतिकृया दिनुहोस्

    यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न परिपत्र

    काठमाडौं। गृहमन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले पनि कानूनी...

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal