News Portal

  • नारायण नगरपालिकामा अनियमितताको “दश काण्ड”

    हिमाली संचार संवाददाता
    ३०२ पटक

    २०७७ साउन २०, मंगलबार
    गोविन्द केसी/दैलेख – दैलेखको सदरमुकामस्थित नारायण नगरपालिकामा तिन आर्थिक वर्षभित्र दश वटा योजना तथा कार्यक्रममा अनियमितता भएको जनप्रतिनिधिहरुले खुलासा गरेका छन्।

    आफु निर्वाचित भएर नगरपालिका आए यता जनप्रतिनिधि र कर्मचारीहरुले आफुखुसी नियम ऐन मिचेर अनियमितता गरेको भन्दै जनप्रनिनिधिहरु अख्तियार अनुसन्धान दुरुप्रयोग आयोग समक्ष पुगेका हुन्।

    नगरपालिका वडा नम्वर १ का वडा सदस्य तथा यूवा ब्यवसायी रमेशकुमार केसीले नगरपालिकामा भएको बेथितीबारे संचारकर्मीहरुमाझ सार्वजनिक गरेका हुन्। उनले नगरपालिकामा भएको अनियमितताबारे अख्तियारसम्म पनि पुगेको मुद्दा चलिरहेको बताए।

    काण्ड नम्वर – १
    आर्थिक वर्ष २०७४/०७५ मा नगर ब्यवस्थापनको १ करोड अनियमितता भएको छ। जसमा कम्प्यूटर, प्यापटप खरिद, फर्निचर, पर्दा लगायत रहेको छ। सवै खरिदमा मुल्य बजारभन्दा बढी हालेको श्रोतले जनाएको छ। ८ सय पर्ने पर्दा २ हजारमा भ्याट छोडेर खरिद गरेको वडा सदस्य रमेश केसीले बताए।

    काण्ड नम्वर – २
    बजारमुल्यभन्दा बढी मुल्यमा अनुगमन तथा अन्य प्रयोजनका लागि गाडी भाडाँ लिएको जनाईएको छ। बजारमा तेल नगरपालिकाले हालेर ३ हजारमा गाडी पाईने भएपनि नगर प्रमुखले आफन्तको गाडी ५ हजारसम्म तेल नगरपालिकाले लिएको जनाईएको छ।

    सवारी साधन भाडाँमा लिदा प्रतिष्पर्धा नगराई आफन्तको गाडी महगोंमा सिधा लगेको भन्दै नगरपालिकामा कर्मचारीदेखी जनप्रतिनिधि असन्तुष्टी भएपनि गाडी भाडाँबारे सार्वजनिक भएको हो।

    काण्ड नम्वर – ३
    नगर प्रमुख निर्वाचित भएर आएपनि सुचना ननिकालेर कर्मचारी नियूक्त गरिएको छ। मन्त्रालयले स्थानीय तहले आफै सुचना निकालेर कर्मचारी भर्ना गर्न नपाउने परिपत्र गरेपनि नारायण नगरपालिकामा मेयरले आफुखसी कर्मचारी नियुक्ती गरेका हुन्।

    कार्यालय सहयोगी बाहेक अन्य कर्मचारीको तलव दिन नपाईने अर्को परिपत्र आएपनि कानुनी सल्लाहकार, कम्प्यूटर अप्रेटरदेखी ल्याप टेक्निसियन अन्य कर्मचारीलाई अहिले कार्यालय सहयोगीको नियुक्ती दिएर तलव खुवाएको नगरपालिकाको बार्षिक पुस्तकमा उल्लेख छ। कर्मचारी नियुक्त नियम विपरित आफ्ना नेता कार्यकर्ताका आफन्तलाई गरिएको भन्दै चर्को विरोध समेत भएको छ।

    काण्ड नम्वर – ४
    आर्थिक वर्ष २०७५÷०७६ बजेटबाट दैलेख बजारदेखी श्रीस्थान मोटर बाटो १ करोड ८२ लाख रुपैँया कम काम गरेर भुक्तानी दिएको जनाईएको छ। नाली लगायतका अन्य कामहरु नगरी ग्रावेल गरिएको थियो।

    काण्ड नम्वर – ५
    आर्थिक वर्ष २०७५/०७६ को बजेटबाट सदरमुकामस्थित डेकेन्द्र चौकदेखी गोगनपानी धारासम्म सडक मर्मतमा नगर प्रमुखको निर्देशनमा दुई वटा ठेकेदारलाई (नजिकका कार्यकर्ता) लाई काम दिईएको थियो। एउटा कोटेशनमा ५ लाखको दरले दुईटालाई १० लाख रकम दिईएको थियो। अधुरो काम गरेकै भरमा १० लाख रकम भुक्तानी दिईएको भन्दै नगरपालिकामा विरोध समेत गरिएको थियो।

    काण्ड नम्वर – ६
    शहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतबाट आएको रकम नारायण नगरपालिकाको सहजीकरणमा हुने काम नगरपालिकाले भेला नगरी उपभोक्ता समिति बनाएर एउटा ब्यापारीलाई अध्यक्ष बनाएर ठेक्का दिएको थियो। निर्माण गरिएको सडक नगरपालिका कार्यालयदेखी सरकारी वकिल जाने सडक रहेको छ।

    काण्ड नम्वर – ७
    सदरमुकामस्थित कोतगढीको वालमा स्टेमेन्ट अनुसार नभएको भन्दै नगरपालिकामा उजुरी समेत दिईएको थियो। नगरपालिकाबाट भएको उक्त काम स्टेमेन्टभन्दा बाहिर गएर गरिएपनि भुक्तानी दिईएको छ।

    काण्ड नम्वर – ८
    गत आर्थिक वर्षमा कोभिड (कोरोना भाइरस) सुरु हुँदा चैत्र महिनामै आफुखुसी १३ हजार ५०० देखी ४१ हजारसम्म कर्मचारीलाई निर्णय विना एस्टा सुविधा दिएको छ। काम गर्ने स्वास्थ्य तथा कार्यालय सहयोगीले नपाएको तर, फिल्डमा नखटिएका कर्मचारी पाएको गुनासो गरिएको छ।

    काण्ड नम्वर – ९
    कोरोना भाइरस रोकथाम तथा ब्यवस्थापनमा भएको खर्च अहिलेसम्म सार्वजनिक भएको छैन्। खाद्यान्न खरिद तथा अन्य खर्चहरु पारदर्शी नभएको समाचार पटक पटक सार्वजनिक भएको थियो।

    काण्ड नम्वर – १०
    नगरपालिकाले खरिद गरेको सामानहरु कर्मचारीहरुले घरमा प्रयोग गर्ने गरेका छन्। आफुखुसी कर्मचारीले कार्यालयको सिलिप बनाएर ल्यापटप, मोवाईल लगायत सामान घरमा प्रयोग गर्न दिएको छ। नगरको सम्पूर्ण सामाग्रीहरु कार्यालयमा नभएको तर, विलमा देखीने गरेको नगरपालिका वडा सदस्य केसीले जानकारी दिए।

    त्यस्तै २०७५/२०७६ मा कार्यालय सहयोगी प्रभाकर रेग्मीको नाममा किर्ते हस्ताक्षर गरि भत्ता झिेको पाईएको छ। उनी हप्तादिन लामो तालिममा सहभागीको लागि नाम पठाए पनि सहभागी भएका थिएनन् तर, नगरपालिकामा सहभागी भएको किर्ते हस्ताक्षर गरि पैसा झिकेको थियो तर, नारायण नगरपालिकाका अधिकारीहरुले नगरपालिकाले गरेको काम कार्वाहीप्रति लगाएको आरोप सवै निराधार भएको भन्दै खण्डन समेत गरेको छ।

    प्रतिकृया दिनुहोस्

    यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न परिपत्र

    काठमाडौं। गृहमन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले पनि कानूनी...

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal