News Portal

ठेकेदार भागेपछि पुल निर्माण अलपत्र

हिमाली संचार संवाददाता
४४६ पटक

खाँदबारी : संखुवासभा र भोजपुर जोड्ने लम्सुवा घाटको पुल निर्माणको काम छाडेर ठेकेदार भागेपछि पुल निर्माण कार्य अलपत्र परेको छ। स्वच्छन्द निर्माण कम्पनीले २०६७ सालमा निर्माण सुरु गरिएको पुल निर्माणको काम अहिले ठप्प भएको छ । विभिन्न कारण देखाउँदै तीन वर्षअघि बीचमै काम छाडेर ठेकेदार भागेपछि पुल निर्माण अलपत्र बनेको हो ।

२०७२ असोजमा निर्माण सम्पन्न हुनुपर्ने १ सय ६७ मिटर लामो यो पुलमा ६ वटा पिलर आधा मात्रै उठाइएको छ । सडक विभागको बेवास्था र ठेकेदारको लापरवाहीले पुल निर्माण कार्य २० प्रतिशत मात्र भएको छ। पुलको जमिनमुनिको पिलर बिल निर्माण गर्ने क्रममा १२ मिटरमै चट्टान भेटिएको भन्दै ठेकेदारले काम छाडेको छ ।

लम्सुवा घाटमा पुल निर्माण अलपत्र भएपछि ७० हजार बढी स्थानीयले सास्ती खेप्नु परेको षडानन्द नगरपालिकाका सुरेश भण्डारीले बताए । शिलान्यास भएको ८ वर्षमा पुल निर्माण २० प्रतिशत मात्र हुनु सडक विभाग नै दोषी भएको भण्डारीको भनाइ छ ।

लम्सुवा घाटको पुल निर्माण नहुदाँ जोखिम मोलेर काठको डुंगाबाट अरुण नदी वारपार गर्नु परेको भोजपुरका चन्द्रबहादुर श्रेष्ठको भनाइ छ । उनले भने, ‘पुल हामी नहुँदा दैनिक उपभोग्य सामाग्री समेत महँगो शुल्क तिर्नु परेको श्रेष्ठको गुनासो छ ।

यता षडानन्द नगरपालिकाका नगर प्रमुख वीरबल राईले पुल निर्माणका लागि संघीय र प्रदेश सरकारसँग पहल भइरहेको बताए । स्थानीय सरकारका तर्फबाट गर्नुपर्ने काम कुनै कसर बाँकी नभएको बताए । २०६७ मा तत्कालीन उपप्रधान तथा भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदारले पुलको शिलान्यास गरेका थिए । पुल निर्माणको ८ वर्ष बित्दा ७ वटा पिलर मात्र ठड्याइएको छ ।

तीन वषभित्र निर्माण सम्पन्न गर्ने गरी स्वच्छन्द निर्माण कम्पनीले २०६७ साल असार २५ गते सम्झौता गरे पनि पिलर राख्ने खाल्डो खन्ने क्रममा चट्टान भेटिएको भन्दै ठेकेदारले काम छोडेको छ। लामो समय निर्माण कार्य रोकिएपछि डिजाइन परिर्वतनका लागि समय पनि थपिएको थियो । पुल अहिलेसम्म नबन्दा स्थानीय सास्ती भोग्न परेको छ ।

भोजपुर र संखुवासभा आवतजावत गर्ने स्थानीय हिउँदको समयमा जोखिम मोलेर डुङ्गाको सहाराबाट अरुण वारपार गर्छन् भने वर्षातको समयमा अढाई घण्टाको बाटो घुमेर सतिघाट वा तुर्केपुल बाट वारपार गर्नु परेको छ । ८ वर्ष अगाडि सम्झौता भएको पुलको अहिलेसम्म २० प्रतिशत मात्र काम सम्पन्न भएको छ । १६ करोड ६३ लाखको लगानीमा निर्माण हुन लागेको पुल अहिले अलपत्र अवस्थामा छाडिएको छ । राजधानीदैनिकबाट

प्रतिकृया दिनुहोस्

जेनजी युवालाई उपसभापति विश्वप्रकाशको प्रश्न– विद्रोपपछि कुन दल परिवर्तन भयो?

काठमाडौं, ७ फागुन – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले मोरङ–१, केराबारीमा बिहीबार आयोजित चुनावी...

समस्या समाधानपछि मात्र निर्वाचनमा जानुपर्ने राप्रपाको धारणा

काठमाडौं, ७ फागुन – राष्ट्रिय प्रजातन्त्र पार्टी ले पूर्वराजा ज्ञानेन्द्र शाह द्वारा सार्वजनिक गरिएको हालैको...

आज २०८२ साल फागुन ७ गतेको राशिफल

आज फागुन ७, २०८२ ( फेब्रुअरी १९, २०२६) को राशिफल यस प्रकार रहेको छ:  मेष...

रास्वपा सरकारमा दुई वर्षको बाटो डेढ वर्षमै तयार हुने: बालेन

काठमाडौं, ६ फागुन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले आफ्नो नेतृत्वमा...

बेथिति र बेरोजगारी अन्त्य गर्ने अभियानमा रास्वपा : लामिछाने

काठमाडौं, ६ फागुन — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा मौलाएको बेथिति र बेरोजगारी...