News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • दैलेखमा कर्णाली प्रदेश स्तरिय महोत्सब हुँदै

    हिमाली संचार संवाददाता
    ४१३ पटक
    कृष्ण प्रसाद अधिकारी/प्रबिन शाही

    दैलेख : कर्णाली प्रदेश स्तरिय उद्यम, कृषि, पर्यटन तथा औधोगिक व्यापार मेलाको आयोजना गरिने भएको छ । नेपाल उद्योग बाणिज्य महासंघ काठमाण्डौ र दैलेख उद्योग बाणिज्य संघ दैलेखको संयुक्त आयोजनामा दैलेख महोत्सब २०७५ संचालन हुने भएको हो ।

    महोत्सबको प्रारम्भिक चरणहरु पार भएसंगै दैलेख उद्योग बाणिज्य संघ दैलेखमा आयोजित बृहत छलफल कार्यक्रममा दैलेख उद्योग बाणिज्य संघ दैलेखका महासचिव राजेश कुमार हमालले आगामी फागुन १७ देखि २७ गतेसम्म महोत्सब संचालन हुने जानकारी दिनुभयो ।

    महोत्सब तयारी समितिको अध्यक्ष गणेश कुमार श्रेष्ठको अध्यक्षतामा भएको छलफल कार्यक्रममा संघका कार्यवाहक अध्यक्ष कविराज खत्रीले महोत्सबबाट करिब ३९ लाख बराबर कारोवार हुनसक्ने अनुमान गरिएको बताउनुभयो । १६ देखि २० लाखसम्म आम्दानी हुन सक्ने बताउनुहुँदै कार्यवाहक अध्यक्ष खत्रीले महोत्सबका लागि विभिन्न निकायमा प्रश्तावना पेश गरिरहेको जानकारी दिनुभयो ।

    महोत्सब तयारी समिति गठन गरिएको भएपनि महोत्सब मुल समारोह समिति र उप–समितिहरु गठन गर्न बाँकी रहेको उहाँको भनाई छ । महोत्सबबाट आम्दानी भएको रकमबाट जिल्लामा हाटबजार संचालनमा ल्याउने उदेश्य राखिएको कार्यवाहक अध्यक्ष खत्रीको भनाई छ ।

    दैलेख बजारलाई व्यवसायिक केन्द्र बनाउने योजना सुनाउनुहुँदै कार्यवाहक अध्यक्ष खत्रीले महोत्सब अबधीभर जिल्लाका ११ वटै स्थानीय तहको साँस्कृतिक झलकहरु, स्थानीय देखि राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहनुका साथै स्थानीय उद्यमीले उत्पादन गरेको कृषिजन्य बस्तु प्रदर्शनीमा राखिने जानकारी गराउनुभयो ।

    कार्यक्रममा बोल्नुहुँदै नारायण नगरपालिकाका प्रमुख रत्न बहादुर खड्काले जिल्लाको आर्थीक समृद्धि र विकासका लागि मेला महोत्सबले सघाउँ पु¥याउने बताउनुभयो । स्थानीय स्तरको कला संस्कृतिलाई प्राथमिकता दिनुपर्ने बताउँनुहुँदै नगरप्रमुख खड्काले आम दैलेखबासी एकजुट नभएसम्म जिल्ला समृद्ध हुन नसक्ने उहाँको भनाई छ ।

    मेला महोत्सब संचालन गर्दा आयोजक समितिको एकमत हुने पर्ने बताउँदै उहाँले भन्नुभयो ‘सामान्य रुपमा मन नमिलेको झल्को देखियो, विगतमा पनि यस्ता भएका थिए । कार्यक्रममा उहाँले दैलेखको पूर्व देखि पश्चिमसम्म सडक संजालले नजोडिदाँसम्म विकास सम्भव नभएको भनाई छ । मध्यपहाडी राजमार्गबारे गलत प्रचार नगर्न आग्रह गर्नुहुँदै नगर प्रमुख खड्काले महाबु हुँदै हिल्सा जोड्ने सडक दैलेख सदरमुकामबाट लैजानुपर्ने धारणा राख्नुभयो ।

    सोहि अबसरमा उद्योग बाणिज्य संघ दैलेखका पूर्व अध्यक्ष याम बहादुर मल्लले महोत्सब संचालनका लागि जिल्लाका ११ वटै स्थानीय तहको सहयोग आवश्यक रहेको बताउनुभयो । उद्यम कृषि पर्यटन । व्यापार समृद्ध दैलेखको मुल आधार भन्ने मुल नाराका साथ संचालन हुने महोत्सबको तयारी छलफलमा विभिन्न निकायका प्रमुख तथा प्रतिनीधिहरुले सुझावहरु राख्नुभएको थियो ।

    वीरेन्द्रनगर नगरपालिका अन्र्तगत १६ वटा वडाका उपभोक्ता समितिहरुलाई तालिम प्रदान गरिएको छ । नगरभित्रका आयोजनाहरु सहज तरिकाले सम्पन्न हुने उद्देश्यले तालिमको आयोजना गरिएको हो । तालिममा उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन कार्यविधिको बारेमा जानकारी गराइएको थियो । त्यसैगरी योजना सम्झौता, जाँच पास तथा भुक्तानी प्रक्रियाका बारेमा प्रष्ट पारिएको नगरपालिकाका प्रशासकीय अधिकृत दिपेन सुवेदीले जानकारी दिनुभयो । नगरभित्रका चार सय ७९ योजनाका नौ सय ५८ जना तालिममा सहभागी रहेका थिए ।

    गत वैशाखमा उक्त कार्यविधि जारी गरिएको हो । नगरका पाँच लाख भन्दा साना आयोजनाहरु सम्बन्धीत वडा तह र पाँच लाख भन्दा बढिका आयोजनाहरु नगरतहबाट संचालन हुने व्यवस्था गरिएको छ । आयोजनाबाट प्रत्यक्ष लाभान्वित उपभोक्ताहरुको भेलाबाट अधिकतम सहभागितामा सातदेखि ११ जना सदस्यीय उपभोक्ता समिति गठन गर्नुपर्ने व्यवस्था रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

    काठमाडौं। नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज शुक्रबार सुनको मूल्य तोलामा १ हजार ५...

    आज कम्बोडिया जाँदै सभामुख देवराज घिमिरे

    काठमाडौं। सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै छन्। सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११...

    नेपाल एकता पार्टी घोषणा, पृथ्वीपथ र महेन्द्रपथ मूल सिद्धान्त

    काठमाडौं। डा.महेन्द्रजंग शाहको अध्यक्षतामा नेपाल एकता पार्टी घोषणा भएको छ। आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा...

    फर्मासिस्टले अनिवार्य सेतो ‘एप्रोन’ लगाउनुपर्ने

    काठमाडौँ। आगामी पुस ४ गतेदेखि फर्मासिस्टहरूले सेतो एप्रोन लगाएर मात्र औषधि वितरण गर्नुपर्ने अनिवार्य व्यवस्था...

    घुम्ती शिविरबाट ४ सय नेपालीले लिए राहदानी

    क्यानडामा सञ्चालित घुम्ती शिविरबाट क्यानडाका ४ सय नेपालीले लिए राहदानी क्यानडा। क्यानडाको राजधानी ओटावास्थित नेपाली...