News Portal

कविता – किर्ना सरकार !

हिमाली संचार संवाददाता
९८५ पटक

       ~ शिव चालिसे

कुनै दिन मेरो किर्ना सरकारले
बिदेशबाट काठको रातो बाकसमा भरिएर आएको
त्यो लासलाई भन्ने छ,
ए लास,रेमिटान्स खुवाउने तेरो शरीर नबाँची यति ठूलो भएर आइस्,तँ भन्सार छलिमा परिस्
तेरो कात्रो भन्सारले लिलामिमा राख्छ!

कुनै दिन मेरो आरिसे सरकारले
बिदेशबाट मैले मेरो परिवारका लागि ल्याएको
मायाको ठूलो पोको देखेर जल्दै भन्ने छ,
ए परदेशी तैले यतिका धेरै माया भरिएको पोका ल्याइछस् कि तँ मायाको भन्सार छलिमा परिस्,
तेरो माया भन्सारले लिलामिमा राख्छ!

कुनै दिन मेरो कालो मन भएको सरकाले
मैले मेरा बच्चाको भबिस्य कोर्ने कलम ल्याउदा भन्नेछ
ए कलमवाला परदेशी,तैले यतिका धेरै बिरोधका अक्षरलेख्ने कालो मसिले भरिएको कलम ल्याइछस्,
तं भन्सार छलिमा परिस् तेरो कलम भन्सारले लिलामि राख्छ!
कुनै दिन मेरो नमक हराम सरकारले
मैले मेरो परिवारका लागि ल्याएको मिठाई देखेर भन्ने छ
ए नमक हराम,नुनिलो समुद्रले अमिल्याएको शरीरले यतिका मिठाई बोक्न सुहाउदैन,
तं भन्सार छलिमा परिस तेरो मिठाई सरकाले लिलामिमा राख्छ
अन्त्यमा,
कुनै दिन मेरो बिदेशी साहुले
चुनाबमा छुटी दियो भने तिमी किर्ना सरकारलाई
म भन्ने छु,ए किर्ना सरकार रगत,पसिना, जवानी सबै खाएर मेरो संसार छली गरेको छौ,तिमी मेरो संसार छलिमा पर्यौ तिम्रो संसार छली म मेरो मत पेटिकामा राख्छु!

हाल : युएई

प्रतिकृया दिनुहोस्

मलंगवामा मतदान अधिकृतको निधन

मलंगवा – सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवा स्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक...

रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

काठमाडौँ। (रास्वपा)बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका किशोरी साह कमलको उम्मेदवारी खारेज गरिएको छ। का...

दुबई र आबुधावी विमानस्थल आंशिक रूपमा सञ्चालनमा

काठमाडौं, फागुन १९ – खाडी क्षेत्रमा जारी तनावका कारण केही समयदेखि अवरुद्ध बनेका Dubai International...

प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ टुंगियो, आदेशको पर्खाइ

काठमाडौं, फागुन १९ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’...

चुनाव नहुने अभिव्यक्ति दिने ज्योतिष चन्द्रागिरीबाट पक्राउ

काठमाडौं, फागुन १९ – २१ फागुनमा निर्धारित निर्वाचन नहुने दाबी गर्दै सार्वजनिक रूपमा अभिव्यक्ति दिएका...