News Portal

बालकको उपचारमा विसी ग्रुपको आर्थिक सहयोग

हिमाली संचार संवाददाता
६४१ पटक

सुर्खेत – प्यूठान नगरपालिका—८ खप्रेङखोलाका ९ महिने शिशु प्रकाश विश्वकर्माको शरीरभरी घाउ छ । घाउले उनको शरीर पूरै ढाकेको छ । एकहप्ता अघिदेखि घाउ बढ्दै गएको थियो । वैशाखमै डाक्टरले जिल्ला बाहिर लगेर उपचार गराउन सुझाव दिएका थिए । तर, उनका अभिभावकले बाहिर लगेर उपचार गर्न सकेनन् ।

आर्थिक अभावमा शिशुको उपचार हुन नसकेको समाचार सार्वजनिक भएपछि सहयोग जुटेको छ । भवानी छापाखाना सुर्खेतमा मातृ संस्था विसी ग्रुप सुर्खेतको तर्फबाट शिशुको उपचारमा सहयोग रकम हस्तान्तरण गरिएको छ । ग्रुपका तर्फबाट कार्यकारी निर्देशक तथा चेम्बर अफ कमर्स सुर्खेतका कोषाध्यक्ष हिमकुमारी उपाध्यायले शिशुको उपचारमा ५ हजारको चेक हस्तान्तरण गरेकी हुन ।

अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकका कर्णाली व्यूरो प्रमुख ललित बहादुर बुढामार्फत सहयोग रकम शिशुका आफ्न्तलाई प्रदान गरिएको छ । ग्रुपले संकटपूर्ण अवस्थामा मानविय सहयोग, विभिन्न संघ संस्थाहरु मार्फत सामाजिक कार्यमा सहयोग गर्दै आएको छ ।

शिशुको उपचारमा सहयोगीहरु बढ्दै गएपछि प्यूठानबाट थप उपचारका लागि शुक्रबारनै बुटवलको आम्दा हस्पिटलमा प्रारम्भिक उपचार पछि काठमाडौं रिफर गरिएको छ ।

प्रतिकृया दिनुहोस्

एमाले नयाँ नेतृत्वसँगै एकताबद्ध भएर अघि बढ्ने

काठमाडौं, पुष ३ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने बताएका...

जेनजी आन्दोलनको अवसरमा फरार महिला विराटनगरमा पक्राउ

विराटनगर, पुष ३ – काठमाडौंको कारागारबाट फरार भएकी एक महिला मोरङ प्रहरीले विराटनगरबाट पक्राउ गरेको...

सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा विजयी

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल केन्द्रीय...

उपाध्यक्ष निर्वाचित गुरुङको टिप्पणी: सरकारले चुनावको अवस्था नै बिगार्‍यो

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले...

प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेकाका लागि भुजुङ हाइड्रोपावरको आईपीओ खुला

काठमाडौं, पुष ३ – भुजुङ हाइड्रोपावर कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासन प्रक्रिया सुरु गरेको छ।...