News Portal

बर्दियामा बाघको आक्रमणमा परी १ जनाको ज्यान गयो, अर्का घाइते

हिमाली संचार संवाददाता
६६५ पटक

कमल पन्थी
बर्दिया : बढैयाताल गाउँपालिका—२ सितापुरमा घाँस काटिरहेको समय आइतबार साँझ बाघले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । प्रहरी उपरीक्षक सुरेन्द्र मैनालीका अनुसार बाघको आक्रमणबाट सोही ठाउँका ७१ वर्षीय चन्द्र बहादुर शाहीको उपचारको क्रममा मृत्यु भएको छ । शाहीलाई उपचारका लागि नेपालगन्ज स्थित शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक मैनालीले बताए ।

बाघले शाहीको घाटी र छातीमा आक्रमण गरेको थियो । बाघको आक्रमणबाट सोही ठाउँका विजय बुढा क्षेत्री घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । भारतीय सीमावर्ती क्षेत्र कर्तनियाघाट वन्यजन्तु आरक्षको घना जङ्गल भएकोले बाघ बढैयाताल गाउँपालिकाको सितापुर गाउँमा पसेर आतङ्क मच्चाएको आशंका स्थानीयले गरेका छन् । बाघ अझै गहुँबारीमा भएकाले स्थानीयवासी आतंकित भएका छन् ।

बाघबाट थप क्षति नहोस् भन्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको छ । बाघलाई धपाउन वा डार्ट(बेहोस) गर्न बर्दिया राष्ट्रिय निकुञ्जलाई स्थानीयले आग्रह गरेका छन्। प्रहरी उपरीक्षक मैनालीले उक्त गाउँका बासिन्दालाई घर बाहिर ननिस्कन आग्रह गरिएको बताए । त्रासले गाउँ सुनसान भएको स्थानीयले बताए । घटनास्थल सदरमुकाम गुलरियाबाट करिब १८ किमी पूर्व दक्षिणमा पर्दछ ।

प्रतिकृया दिनुहोस्

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...