News Portal

बर्दियामा बाघको आक्रमणमा परी १ जनाको ज्यान गयो, अर्का घाइते

हिमाली संचार संवाददाता
६५५ पटक

कमल पन्थी
बर्दिया : बढैयाताल गाउँपालिका—२ सितापुरमा घाँस काटिरहेको समय आइतबार साँझ बाघले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । प्रहरी उपरीक्षक सुरेन्द्र मैनालीका अनुसार बाघको आक्रमणबाट सोही ठाउँका ७१ वर्षीय चन्द्र बहादुर शाहीको उपचारको क्रममा मृत्यु भएको छ । शाहीलाई उपचारका लागि नेपालगन्ज स्थित शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक मैनालीले बताए ।

बाघले शाहीको घाटी र छातीमा आक्रमण गरेको थियो । बाघको आक्रमणबाट सोही ठाउँका विजय बुढा क्षेत्री घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । भारतीय सीमावर्ती क्षेत्र कर्तनियाघाट वन्यजन्तु आरक्षको घना जङ्गल भएकोले बाघ बढैयाताल गाउँपालिकाको सितापुर गाउँमा पसेर आतङ्क मच्चाएको आशंका स्थानीयले गरेका छन् । बाघ अझै गहुँबारीमा भएकाले स्थानीयवासी आतंकित भएका छन् ।

बाघबाट थप क्षति नहोस् भन्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको छ । बाघलाई धपाउन वा डार्ट(बेहोस) गर्न बर्दिया राष्ट्रिय निकुञ्जलाई स्थानीयले आग्रह गरेका छन्। प्रहरी उपरीक्षक मैनालीले उक्त गाउँका बासिन्दालाई घर बाहिर ननिस्कन आग्रह गरिएको बताए । त्रासले गाउँ सुनसान भएको स्थानीयले बताए । घटनास्थल सदरमुकाम गुलरियाबाट करिब १८ किमी पूर्व दक्षिणमा पर्दछ ।

प्रतिकृया दिनुहोस्

चन्द्र थापा धादिङ प्रतिनिधि सभा–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस

धादिङ — नेपाली कांग्रेस धादिङले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया अघि बढाएको...

मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय फूलखर्कमा विद्यार्थीहरूलाई ट्र्याकसुट वितरण

धादिङ– मिति २०८२ साल मंसिर २८ गते श्री मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय, फूलखर्कमा आयोजना...

एमाले उपमहासचिव ज्ञवाली भृकुटीमण्डपबाट रुँदै फर्किए, केवल केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं, १ पुष – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा नाम...

एमाले महाधिवेशन: मतदान सुरु, भोलि दिउँसो नयाँ नेतृत्व सार्वजनिक हुने

काठमाडौँ, पुस १ –  नेकपा एमालेको नेतृत्व छनोटका लागि मंगलबार अपराह्न ४ बजेदेखि भोटिङ सुरु भएको...

धनगढीमा समाचार संकलनका क्रममा पत्रकारमाथि दुर्व्यवहार, कारबाहीको माग

धनगढी, पुस १ – धनगढीमा समाचार संकलन गरिरहेकी पत्रकार रमा चन्दमाथि भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार...