News Portal

सडक अतिक्रमण गरी निर्माण भएका घर टहरा धमाधम हटाईदै

हिमाली संचार संवाददाता
४६३ पटक
दुर्गा वि.सी.

सुर्खेतको पुर्वि क्षेत्रमा पर्ने सिम्ता गाउँपालिकाकाले सडक अतिक्रण गरि निर्माण गरेका घर टहराहरु हटाएको छ । सुर्खेतको सिमान भेरी पुल देखि जाजरकोटको छेडावजार सम्म ३० मिटर भित्र सडक अतिक्रण गरि निर्माण गरेका घरहरु तत्तकाल हटाउने ३५ दिने सुचना समेत यस अघि टाँस गरेको थियो ।

गाउँपालिकाको उर्दिलाई स्थानीयले कुनै विवाद नगरि घरहरु भत्तकाउने क्रमले तिव्रता पाएको छ । सडक मिचेर वनाएका घरहरु स्थानीयले आफै भत्तकाएका छन् । आफुले ठुलो लगानी गरेर निर्माण गरेको घर आफै भत्तकाउनु पर्दा दुख लागेको राकम पुलवजारकी स्थानीय मनिसा वुढाले वताईन् ।

सडकले यति छिटै हटाउला भन्ने थाहै थिएन । लगानी गरेर घर वनाईयो तर २ वर्षमै घर भत्तकाउनु पर्दा दुख लागको उनको भनाई छ । कुनै विवाद सिर्जना नगरि ३० मिटर भित्र निर्माण गरेका घर टहराहरु स्थानीयले आफै हटाएका छन् । अधिकांसले सडक मिचेर निर्माण गरेका घर हटाएका छन् । सडक अतिक्रणम गरि निर्माण भएका घरहरु गाउँपालिकाको सुचनाको समयावधि भित्र नहटाए गाउँपालिकाले हटाउने र त्यसेको क्षेतीपुर्ति स्वं घर धनिले तिर्ने उर्दि भए पछि स्थानीय आफैले आफ्नो घर भत्तकार अर्को विकल्प खोजेका छन् । विस्थापित कोहि भएका छैनन् भने ।

सडक अतिक्रमण गरेर वनाएका टहरा,घरहरु हटाएका छन् । आफ्नो जग्गा हुदाँ हुदै पनि सडकमै घर वनाएकोले यो समस्या भएको गाउँपालिकाले जनाएको छ । विस्थापित कोहि पनि हुनु भएको छैन् । ३० मिटर भित्र अधिकरण गर्नु भएका स्थानीयले भने अगाडीको सवै भाग हटाउन सुरु गर्नु भएको छ । गाउँपालिकाको यो कदमलाई सवैले सहयोग गरेको अध्यक्ष कविन्द्र कुमार के.सीको भनाई छ । आज नै सजगता अपनाउँदा नागरिकले भोलि गएर ठुलो नोक्सानी व्यहोर्नु नपरोस ।

उक्त सडक खण्ड ३० मिटर कायम भएकोले सडकले गाउँपालिकालाई अतिक्रणम टहरा हटाउन सहयोग गरिदिन गरेको आग्रहलाई हामी सहयोगी वनीदिएको के.सी.को भनाई छ । उक्त क्षेत्रमा पक्की घर निर्माण भएका भए झन ठुलो समस्या निम्तीन्थ्यो । तर खासै पक्की संरचना नवनेकोले कच्ची घरहरु हटाउन सजिलो भएको जनाएको छ ।

करिव करिव पुलवजार देखि गजौडा सम्मको काम धेरै सकिएको छ । अन्य क्षेत्रमा भने हटाउने काम भईरहेको छ । केहि समय पछि सवै अतिक्रमण गरि वनाएका घर टहराहरु खाली हुने सडक चौडा हुने जनाएको छ । त्यस पछि सडक डिभिजनले काम सुरुचारु गर्ने वताएको छ ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...