News Portal

यात्रुबाट जफत गरीएका बहुमुल्य बस्तु सरकारले लिलामी गर्दै

हिमाली संचार संवाददाता
५२० पटक

काठमाडौं : सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुबाट जफत गरेको विभिन्न मालवस्तु लिलामी गर्न सूचना निकालेको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले २ करोड ७ लाख मूल्य बराबरका वस्तुको लिलामी प्रक्रिया अघि बढाएको हो । लिलामी गर्न लागिएका समानमा रक्सीदेखि क्रिकेट ह्यान्ड ब्यागसम्म छन् ।

स्मार्ट वाच १५८३ थान, कार्बन जम्बो मोबाइल के ९ १९८० थान, कार्बन के ८८ मोबाइल ४०० थान, ड्रोन क्यामेरा ३ थान, लिथियम व्याट्री ३६० थान छन् । यस्तै विभिन्न मितिमा जफत भएका ३१७ बोत्तल, ४६९ बोत्तल, ५८४ बोत्तल, ८४१ बोत्तल, २६५ बोत्तल विभिन्न ब्राण्डका रक्सी रहेका पनिलिलामी सूचीमा छन् ।

विभिन्न ब्राण्डमा ह्वीस्की १७५ बोत्तल र अन्य ब्राण्डका रक्सी २६६ बोत्तल ३४ बक्सा चुरोट (१७००० बट्टा) पनि छन् । यस्तै टे्रकिङ गुड्स ११४० जोर जुत्ता, आइफोन सिक्स र आइफोन सिक्स प्लस २६ थान, यार्सागुम्बा ७२६ ग्राम, मोटर ट्रान्सर्फमर ३ पीस र ईएफटी पिओस थर्मल ५०० थानको समेत लिलामीमा छ ।

१५० थान क्रिकेट हृयाण्ड व्यागसमेत लिलामी गर्न लागिएको छ । फागुन ६ गतेसम्म रित पुगेको निवेदन दिनेहरुले बढाबढ लिलामीमा भाग लिन पाउनेछन् । चुरोट मदिराको लिलामीका लागि अन्तशुल्कको इजाजत लिएको थोक बिक्रेता अनिवार्य गरिएको छ । यस्तै भ्याट चुक्ता गरेको प्रमाणपत्र पनि हुनुपर्नेछ ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...

शिक्षामा पर्याप्त बजेटको मागसहित विश्वव्यापी कार्यसप्ताह सुरु

काठमाडौं, वैशाख ७ — शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने मागसहित नेपालमा ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह’ सुरु...

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...