News Portal

यात्रुबाट जफत गरीएका बहुमुल्य बस्तु सरकारले लिलामी गर्दै

हिमाली संचार संवाददाता
४७७ पटक

काठमाडौं : सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुबाट जफत गरेको विभिन्न मालवस्तु लिलामी गर्न सूचना निकालेको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले २ करोड ७ लाख मूल्य बराबरका वस्तुको लिलामी प्रक्रिया अघि बढाएको हो । लिलामी गर्न लागिएका समानमा रक्सीदेखि क्रिकेट ह्यान्ड ब्यागसम्म छन् ।

स्मार्ट वाच १५८३ थान, कार्बन जम्बो मोबाइल के ९ १९८० थान, कार्बन के ८८ मोबाइल ४०० थान, ड्रोन क्यामेरा ३ थान, लिथियम व्याट्री ३६० थान छन् । यस्तै विभिन्न मितिमा जफत भएका ३१७ बोत्तल, ४६९ बोत्तल, ५८४ बोत्तल, ८४१ बोत्तल, २६५ बोत्तल विभिन्न ब्राण्डका रक्सी रहेका पनिलिलामी सूचीमा छन् ।

विभिन्न ब्राण्डमा ह्वीस्की १७५ बोत्तल र अन्य ब्राण्डका रक्सी २६६ बोत्तल ३४ बक्सा चुरोट (१७००० बट्टा) पनि छन् । यस्तै टे्रकिङ गुड्स ११४० जोर जुत्ता, आइफोन सिक्स र आइफोन सिक्स प्लस २६ थान, यार्सागुम्बा ७२६ ग्राम, मोटर ट्रान्सर्फमर ३ पीस र ईएफटी पिओस थर्मल ५०० थानको समेत लिलामीमा छ ।

१५० थान क्रिकेट हृयाण्ड व्यागसमेत लिलामी गर्न लागिएको छ । फागुन ६ गतेसम्म रित पुगेको निवेदन दिनेहरुले बढाबढ लिलामीमा भाग लिन पाउनेछन् । चुरोट मदिराको लिलामीका लागि अन्तशुल्कको इजाजत लिएको थोक बिक्रेता अनिवार्य गरिएको छ । यस्तै भ्याट चुक्ता गरेको प्रमाणपत्र पनि हुनुपर्नेछ ।

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...