News Portal

  • मेरो देश

    हिमाली संचार संवाददाता
    ६९७ पटक

    – चक्र राना

    गुराँस फुल्ने लेकहरु लालुपाते पाखाभरी
    सजियका हिमचुचुरा ताल अनि झरनाका निरझरी
    झ्याउँकिरी कराईरहने पहाडका ति थातथलाहरु
    आहा ! कस्तो सुन्दर जन्मदेश मेरो खुशी मुटुभरी
    खहरे खोला मेघसरी गर्जी आउँनै बर्षा ऋतुमास पनि
    बाघ, भालु चित्तल गैडा डाँफे बस्ने हिमाल पहाड र तराईका बास पनि
    प्रकृतिका छटाले भरिएको मेरो देश सजाएको छु मुटुभरी
    हट्ने छैन कहिल्यै मनमुटुबाट यो मेरो देश म जहाँ मेटिए पनि।

    जनक, बुद्ध सीता अनि अरनिको बलबाहु
    जन्मे यहि देशमा सदा अमरत्व पाइकन
    म गाउछु यिनीहरुकै बयान देशमा अरु जन्माउँन
    मेटिदै गरेको अस्तित्व सदा सदाका लागि अन्माउँन।

    चन्द्रसुर्य झण्डा हाम्रो सदा माथि उठेको छ
    वीर सपुतको रगतले सदा यसलाई सिचेको छ
    गंगालाल, धर्म भक्त, शुक्रराज र दशरथचन्द्र
    कम्ती कहाँ छन् भिमसेन, भक्ति अनि बलभद्र।

    जय नेपाल जय नेपाली जय जय जय
    देशभक्त सबैलाई फेरी पनि जय
    शहिदको बलिदानलाई सदा सदा जय
    जन्मदिने मेरी आमा नेपाल आमा जय।।

    सुर्खेत,अवलचिङ, धरम पोखरा

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २८ गतेको राशिफल

    आज कार्तिक २८, २०८२ (नोभेम्बर १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गगन थापाको आत्मालोचना : “देउवालाई सभापति बन्न दिनु मेरो राजनीतिक भूल थियो”

    काठमाडौं, कार्तिक २७ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति...

    रंगेलीमा दुई युवक लागूऔषधसहित पक्राउ

    मोरङ, कार्तिक २७ – रंगेली नगरपालिका–४ मा सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट (बीओपी) ले लागूऔषधसहित...

    रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु

    बुटवल, कार्तिक २७ — सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

    सुधन गुरुङको चेतावनी: ‘माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं

    काठमाडौँ, कार्तिक २७ — “हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं,” नेपालका संस्थापक भनेर चिनिने...