News Portal

मेरो देश

हिमाली संचार संवाददाता
७९१ पटक

– चक्र राना

गुराँस फुल्ने लेकहरु लालुपाते पाखाभरी
सजियका हिमचुचुरा ताल अनि झरनाका निरझरी
झ्याउँकिरी कराईरहने पहाडका ति थातथलाहरु
आहा ! कस्तो सुन्दर जन्मदेश मेरो खुशी मुटुभरी
खहरे खोला मेघसरी गर्जी आउँनै बर्षा ऋतुमास पनि
बाघ, भालु चित्तल गैडा डाँफे बस्ने हिमाल पहाड र तराईका बास पनि
प्रकृतिका छटाले भरिएको मेरो देश सजाएको छु मुटुभरी
हट्ने छैन कहिल्यै मनमुटुबाट यो मेरो देश म जहाँ मेटिए पनि।

जनक, बुद्ध सीता अनि अरनिको बलबाहु
जन्मे यहि देशमा सदा अमरत्व पाइकन
म गाउछु यिनीहरुकै बयान देशमा अरु जन्माउँन
मेटिदै गरेको अस्तित्व सदा सदाका लागि अन्माउँन।

चन्द्रसुर्य झण्डा हाम्रो सदा माथि उठेको छ
वीर सपुतको रगतले सदा यसलाई सिचेको छ
गंगालाल, धर्म भक्त, शुक्रराज र दशरथचन्द्र
कम्ती कहाँ छन् भिमसेन, भक्ति अनि बलभद्र।

जय नेपाल जय नेपाली जय जय जय
देशभक्त सबैलाई फेरी पनि जय
शहिदको बलिदानलाई सदा सदा जय
जन्मदिने मेरी आमा नेपाल आमा जय।।

सुर्खेत,अवलचिङ, धरम पोखरा

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...