News Portal

  • आज २०७५ साल माघ २१ गते, तदअनुसार २०१९ फेब्रुवरी ४ तारिख सोमबारको राशिफल

    हिमाली संचार संवाददाता
    ४७१ पटक

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४

    मेष – Aries

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    बिग्रिएको सम्बन्ध सुधार्न निकै प्रयत्न गर्नुपर्ला। प्रक्रिया बिग्रनाले काममा बाधा हुन सक्छ। गोपनीयतामा सजग रहँदै प्रयत्न गर्दा विशेष जिम्मेवारी हातलागी हुनेछ। पुरुषार्थी काम गर्दै लाभ उठाउन सकिनेछ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट विशेष सजग रहनुहोला। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। कर्मयोगले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ।

    बृष – Taurus

    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    अरूको समस्याबारे चासो लिँदा आफैंलाई अप्ठ्यारो पर्न सक्छ। स्वास्थ्य कमजोर रहे पनि कामको चाप बढ्नेछ। अरूका लागि समय र अर्थ खर्च गर्नुपर्ला। अप्ठ्यारो समयमा पनि अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ। समय लागे पनि चिताएको काम बनाउन सकिनेछ। स्वास्थ्यका लागि खानपानमा अलि सजग रहनुहोला।

    मिथुन – Gemini

    का, कि, कु, घ, ङ, छ, के, को, ह
    दौडधुपमै समय बित्नेछ भने आँटेको काम समयमा पूरा गर्न नसकिएला। मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ। अध्ययनमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्नेछ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। हुलमुलमा धनमाल जोगाउन सजग रहनुपर्ला। स्वास्थ्यका लागि आराम र खानपानमा विशेष ध्यान दिनुहोला।

    कर्कट – Cancer

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    दिन मनोरञ्जनपूर्ण र उत्साहवर्द्धक रहनेछ। आँटेको काम बन्नाले भौतिक सुविधा बढ्नेछ। साथीभाइको आगमनले काममा हौसला जाग्नेछ। रमाइला ठाउँको भ्रमण गर्ने अवसर जुट्नुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुने समय छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउन सक्छ। सामान्य अर्थ लाभ हुनेछ।

    सिंह – Leo

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    सानो काममा अधिक खर्च हुनाले चिन्ता बढ्नेछ। बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ। अवसरवादीहरूबाट विशेष सजग रहनुहोला। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ। मिहिनेत गर्दा अप्ठ्यारो काम समेत सम्पादन हुनेछ। काम पूरा नभए पनि आंशिक लाभ अवश्य हुनेछ। प्रतिस्पर्धाबाट नयाँ कामको अवसर प्राप्त हुनेछ।

    कन्या – Virgo

    टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ। अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। काममा केही अलमल तथा ढिलासुस्ती हुन सक्छ। अवसर प्राप्त भए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। स्वास्थ्यमा हेलचेक्र्याइँ गर्दा काममा विलम्ब हुन सक्छ।

    तुला – Libra

    र, रि, रु, रे, रो, ता, ति, तु, ते
    महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। मेहनतको फल अरूलाई सुम्पनुपर्ने स्थिति आउन सक्छ। समयमा सहयोग नजुट्दा अवसर फुत्किन सक्छ। काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा दिएको वचनले आफैंलाई अप्ठ्यारो पार्नेछ। अप्ठ्यारो पर्दा मान्यजन तथा अग्रजहरूले मात्र साथ दिनेछन्। अन्त्यमा परिस्थिति अनुकूल बन्नाले नतिजा सकारात्मक हुनेछ।

    बृश्चिक – Scorpio

    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    प्रारम्भमा आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। व्यावहारिक समस्या देखिए पनि हिम्मतले काम लिँदा परिस्थितिलाई अनुकूल बनाउन सकिनेछ। फाइदाका लागि पहिलेका सम्झौता तोड्नुपर्ने हुन सक्छ। अग्रजहरूको सहयोग प्राप्त हुनाले बिस्तारै काम सम्पादन हुनेछन्।

    धनु – Sagittarius

    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    अधैर्य व्यवहारले समस्या निम्त्याउला। फाइदा नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन्। अरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। कामको सन्दर्भमा केही वादविवाद हुन सक्छ। अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। मेहनत गर्दा रोकिएको काम बनाउन सकिनेछ।

    मकर – Capricorn

    भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    रमाइलो दिन छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ।

    कुम्भ – Aquarius

    गु, गे, गो, सा, सि, सु, से, सो, द
    पुरानो समस्या दोहोरिएला। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। समय दिन नसक्दा बन्न लागेको काम रोकिन सक्छ। फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। दिगो आम्दानी हुने काम फेला पार्न सकिनेछ। बलजफ्तीले हानि पुर्याउनेछ भने फाइदाका पछि लाग्दा शुभचिन्तक र नजिकका साथीभाइ टाढिन सक्छन्।

    मीन – Pisces

    दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। चल-अचल धनको उपयोगबाट मनग्गे फाइदा हुनेछ। मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। कृषि, पशुपालन तथा व्यापारमा मनग्गे लाभ हुनेछ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २३ गतेको राशिफल

    आज भदौ २३, २०८२ (सेप्टेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    ‘जेनजी’ पुस्ताको प्रदर्शनलाई कुलमान घिसिङको पनि साथ, जनाए ऐक्यबद्धता

    काठमाडौँ। उज्यालो नेपाल अभियानका अभियन्ता कुलमान घिसिङले सोमबार हुन लागेको ‘जेनजी’ पुस्ताको भ्रष्टाचारविरोधी प्रदर्शनलाई समर्थन...

    जेन जेड आन्दोलनमा दुर्गा प्रसाईं ‘नट अलाउड’

    काठमाडौं, भदौ २२ – भोलि माइतीघरमा हुने जेन जेडको स्वतःस्फूर्त आन्दोलनमा व्यवसायी दुर्गा प्रसाईंलाई सहभागी...

    बालेनले जेन-जी प्रदर्शनलाई समर्थन जनाए

    काठमाडौं, भदौ २२ – सामाजिक सञ्जाल बन्दको विरोधमा काठमाडौंमा भोलि हुने जेएनजी (Zen G) युवा...

    दुर्गा प्रसाईं जेएनजी पुस्ताको आन्दोलनमा सहभागी हुने

    काठमाडौँ, भदौ २२  – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भ्रष्टाचारविरुद्ध भइरहेको आन्दोलनमा साथ दिने भएका छन्।...