News Portal

संन्सारी मंन्दिर र काली मंन्दिरमा सेनाका उपरथीद्वारा विशेष पुजा

हिमाली संचार संवाददाता
४७० पटक
रबिन्द्र बराल, मोरङ

माेरङकाे रंगेली नगरपालिका ७ मा रहेको एेतिहासिक तथा पाैराणिक संन्सारी मंन्दिर र काली मंन्दिरमा शनिबार नेपाली सेना ईटहरी ब्यारेकका पृतनापति उपरथी श्री समिर शाही, सुर्य दल गणका थलाहाका गणपति प्रमुख सेनानी रघुनाथ पौडेल, सह सेनानी राजु थापा लगायतले मंन्दिरमा विशेष पुजा गरेका छन ।

बिराटनगर देखि २२ किलोमिटर पुर्वमा चिसाङ खाेलाकाे बगरमा रहेको साे मंन्दिरमा अहिले भक्तजनहरुकाे घुईचाे लाग्ने गरेको छ। राणाकाल भन्दा अगाडि देखि साे स्थानमा माता देवीकाे वासस्थान रहेको बुढापाकाहरु बताउछन् । मन्दिरमा निकै पुरानो रुख मुनि देविकाे बाँस रहेको पाईन्छ ।

साे मन्दिरमा अाफुले चाहेको मनकामना पूरा गर्ने
भक्तजन हरुकाे ठुलाे घुईचाे लाग्ने गरेको छ। त्यति मात्रै हाेइन त्यहाँ भाकल गरेको ९० दिन भित्र मनाेकामना पूरा हुने त्यहाँका पुजारी बताउछन । त्यसैगरी रंगेली नगरपालिका ७ काे मुख्य बजारमा रहेको ऐतिहासिक तथा पाैराणिक धार्मिक स्थलकाे रुपमा रहेको काली मंन्दिरकाे महिमा समेत उत्तिकै छ ।

राणाकालमा उक्त काली मंन्दिर सदरमुकाम सार्ने वेलामा राणाहरुले कालीकाे मुर्ति लग्नका लागि चार चाेटा हात्तीको प्रगाेय गरेता पनि साे मुर्ति उखालेर लैजान न सके पछि राणाहरुले बिराटनगरमा नयाँ कालीकाे मुर्ति स्थापना गरेकाे बुढापाकाहरु बताउँछन् ।

मन्दिर बनाउने क्रममा कालीकाे मुर्तिलाई उक्त स्थान बाट अलिकति अलगाेे गर्ने प्रयास गर्दा समेत साे स्थानमा सर्पहरु निस्कन थाले पछि पुनः साेहि स्थानमा मुर्ति राखिएको पुरानै ठाउँमा राखिएको छ। अहिले पनि साे मन्दिरमा राणाहरुले दिएकाे गजुर, घन्टी र १०८ अाेटा दियो मंन्दिर राखिएको छ।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...