News Portal

  • पप्पु कन्स्ट्रक्सनको बदमासी, लौकही झुम्का सडक निर्माणमा कमसल सामग्री प्रयोग

    हिमाली संचार संवाददाता
    ४६१ पटक

    प्रदीप मेन्याङ्बो
    सुनसरी : पप्पु कन्ट्रक्सनले बनाइरहेको सडकमा कमसल सामाग्री प्रयोग गरेको भन्दै बराहक्षेत्रका सरोकारवालाहरुले आपत्ति जनाएका छन् । एसियाली विकास बैंकको ८० प्रतिशत र नेपाल सरकारको २० प्रतिशत लगानीमा निर्माणाधीन २२ किलोमिटरको लौकही–झुम्का सडकखण्डमा कम गुणस्तरको सामाग्री प्रयोग गरेको भन्दै स्थानीय सरोकारवालाले आपत्ति जनाएका हुन् । पप्पु कन्ट्रक्सनले उक्त सडक बनाउन ८२ करोड ३२ लाख ५२ हजार ९ सय ५३ रुपैयाँमा ठेक्का पाएको हो ।

    स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग मातहतको ग्रामीण सडक सञ्जाल सुधार आयोजनाले सुनसरीको सिंगिया–रामधुनी–प्रकाशपुर–मधुवन–लौकही बोर्डरसम्म कालोपत्रेसहित सडक विस्तार गर्न पप्पु कन्ट्रक्सनलाई ठेक्का दिएको छ । तर, पप्पु कन्ट्रक्सनले पनि कमिसन लिएर पेटी ठेकेदार कम्पनी भूमि कन्ट्रक्सनलाई दिएको छ ।

    चार वर्षअघिदेखि निर्माण कार्य गरिरहे पनि सडक किनारमा राखिएको बोर्डमा भने २०७५ चैत २० गते सम्झौता गरिएको उल्लेख छ । यो वर्षको चैत महिना आउन अझै दुइ महिना छ । पाँच वर्षभित्र निर्माण कार्य सकिने बताइएको उक्त सडक निर्माणको सम्झौता कहिले गरेको हो कतै खुलेको छैन ।

    सरकारसँगको सम्झौता जे भएपनि उक्त सडक निर्माण गर्दा कन्ट्रक्सनले बालुवा लगाएर पहिलो चरणको फिलिङ् गर्ने काम गरेकाले आपत्ति जनाएको बराह नगरपालिकाका प्रमुख निलम खनालले बताए । उनले भने, ‘सडक निर्माणमा पप्पुले पुरै बदमासी गरेको देखियो । माटो ल्याएर फिलिङ गर्नुभन्दा बालुवा सस्तो भएपछि बालुवा हालेको सडक भत्किन थालेका छन् । मैले यो सडकमा भरेको बालुवा सबै निकालेर माटोले फिलिङ गर्नु पर्ने नत्र काम रोकिदिने चेतावनी दिएको छु ।’

    उनले बराहक्षेत्र नगरपालिका क्षेत्रमा बन्ने सडकको लागत इस्टिमेट र डिजाइन उपलब्ध गराउन पटक पटक ताकेता गर्दा पनि नटेरी आफूखुसी कमसल सामाग्री प्रयोग गरेको बताए । कन्ट्रक्सनले कमजोर सडक बनाएको जानकार प्राविधिक र इन्जिनियरहरुले आफूलाई जानकारी दिएकाले पप्पुले बदमासी गरेको निष्कर्षमा पुगेको बताए ।

    स्थानीयलाई देखाउनका लागि कन्ट्रक्सनले प्रकाशपुर क्षेत्रको सडकबाट करिब ९ लाख रुपैयाँबराबरको बालुवा फालेको तर अन्यत्र बालुवा भरेर सडक निर्माण गरिरहेको स्थानीय मदन अधिकारीले बताए ।‘प्राविधिकहरुलाई यहाँ बनिरहेको सडक देखायौं र कन्ट्रक्सनका ठेकेदारलाई पनि कमसल सामाग्री प्रयोग भएको, बालुवा भरेर सडक बनाएकाले सम्पूर्ण प्रावधिक जानकारी दिन आग्रह गर्दा सरकारबाहेक अरुलाई दिन आवश्यक नभएको भनेर पन्छिए’ उनले भने ।

    बराहक्षेत्र नगरपालिका–९ का वडाध्यक्ष दिपककुमार लिम्बु र १० का वडाध्यक्ष महेन्द्र बहादुर खत्रीले पनि उक्त सडक कमजोर बनिरहेको बताए । उनीहरुले गुनासो निदान समिति संयोजक खेजेन्द्र मगरलगायतले नेपाल सरकारका तर्फबाट विराटनगस्थित सडक डिभिजनबाट आएका इन्जिनियर सुवास राईलाई गुणस्तरहीन काम भएको जानकारी दिएका थिए । खेजेन्द्र आफै पनि सडक निर्माण क्षेत्रका इन्जिनियर हुन् । तर राईले ‘भरेको बालुवा हटाइराख्नु नपर्ने, यसैलाई थप गुणस्तरीय बनाउने’बताएका थिए ।

    कन्ट्रक्सनले सडकका विभिन्न ठाउँमा राखेका होमपाइपहरु फुटेका छन् । ठेकेदार कम्पनीसँग सडक डिभिजनका इन्जिनियर राई र ग्रामीण सडक सञ्जाल सुधार आयोजना प्रमुख शम्भू कार्कीबीचको मिलेमतोमा कमसल सडक बनाइरहेको स्थानीय वडाध्यक्ष, जनप्रतिनिधि, जानकार प्राविधिक र सरोकारवालाहरुले आरोप लगाएका छन् । कान्तिपुर

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २३ गतेको राशिफल

    आज भदौ २३, २०८२ (सेप्टेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    ‘जेनजी’ पुस्ताको प्रदर्शनलाई कुलमान घिसिङको पनि साथ, जनाए ऐक्यबद्धता

    काठमाडौँ। उज्यालो नेपाल अभियानका अभियन्ता कुलमान घिसिङले सोमबार हुन लागेको ‘जेनजी’ पुस्ताको भ्रष्टाचारविरोधी प्रदर्शनलाई समर्थन...

    जेन जेड आन्दोलनमा दुर्गा प्रसाईं ‘नट अलाउड’

    काठमाडौं, भदौ २२ – भोलि माइतीघरमा हुने जेन जेडको स्वतःस्फूर्त आन्दोलनमा व्यवसायी दुर्गा प्रसाईंलाई सहभागी...

    बालेनले जेन-जी प्रदर्शनलाई समर्थन जनाए

    काठमाडौं, भदौ २२ – सामाजिक सञ्जाल बन्दको विरोधमा काठमाडौंमा भोलि हुने जेएनजी (Zen G) युवा...

    दुर्गा प्रसाईं जेएनजी पुस्ताको आन्दोलनमा सहभागी हुने

    काठमाडौँ, भदौ २२  – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भ्रष्टाचारविरुद्ध भइरहेको आन्दोलनमा साथ दिने भएका छन्।...